काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा बुधबार राजधानी काठमाडौंमा सम्पन्न गरेको छ।
टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजित सभामा बैंकका शेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान विवरण तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
साधारण सभामा बैंकको वित्तीय अवस्था, संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा आगामी रणनीतिबारे समेत छलफल भएको थियो। बैंक व्यवस्थापनले पछिल्लो वर्षमा हासिल गरेका उपलब्धि र आगामी योजनाबारे शेयरधनीलाई जानकारी गराउँदै पारदर्शिता र सुशासनमा बैंकको प्रतिबद्धता दोहोर्याएको छ।
२५ वर्षे यात्रालाई सफलतापूर्वक पार गर्दै आएको कुमारी बैंकले आगामी दिनमा पनि आधुनिक बैंकिङ सेवा विस्तार गर्दै ग्राहक तथा शेयरधनीको विश्वास अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।




