काठमाडौँ । नेपाली काँग्रेसले डडेल्धुराबाट नैनसिंह महरलाई टिकट दिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले सातपटक चुनाव जितेको डडेल्धुरामा यस पटक महगरले टिकट पाएका छन् । देउवाले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले देउवा निकट महरलाई टिकट दिएको हो । महर नेविसंघका पुर्व अध्यक्ष हुन् ।




