काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह को परिवार यतिबेला पर्यटकीय शहर पोखरा मा अवस्थित छ। शुक्रबार उनीहरू परिवारसहित पोखराको बाराहीघाट क्षेत्रमा रहेको ३१ पार्क होटल परिसरभित्र सञ्चालित छु मी चाइनीज रेस्टुरेन्ट मा भोजनका लागि पुगेका थिए।
पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह सहितको शाही परिवारको उपस्थितिले उक्त रेस्टुरेन्टमा विशेष माहोल सिर्जना भएको बताइएको छ। होटल व्यवस्थापनका अनुसार उनीहरूको आगमनले शुक्रबार अपराह्नलाई झनै यादगार बनाएको थियो।
होटलले जारी गरेको प्रतिक्रियामा शाही परिवारलाई आत्मीय र गुणस्तरीय सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरिएको छ। “हामीले उहाँहरूलाई उत्कृष्ट भोजन अनुभव दिन सकेकोमा गर्व महसुस गरेका छौँ,” होटल स्रोतले जनाएको छ।
भोजनपछि पूर्वराजा शाहले रेस्टुरेन्टको सेवा, आतिथ्यता र समग्र वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए। उनले पोखराको आतिथ्य संस्कृतिको प्रशंसा गर्दै यस्ता गुणस्तरीय सेवाले नेपालको पर्यटन क्षेत्रलाई अझ माथि उठाउन योगदान पुर्याउने धारणा राखेको होटलका एक कर्मचारीले जानकारी दिए।
अंशुवरा ग्रुपको लगानीमा सञ्चालित उक्त होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा उत्कृष्ट चिनियाँ परिकारका लागि परिचित मानिन्छ। पछिल्ला वर्षहरूमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्च प्रोफाइल भ्रमणले पोखराको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।



