२०८३ जेष्ठ २

स्थानीय व्यवसाय समुदायको मेरुदण्ड: कोका-कोलाको नयाँ अभियान ‘लोकल्ली योर्स’ सार्वजनिक

काठमाडौं । कोकाकोला कम्पनीले नेपालका स्थानीय समुदाय र साना व्यवसायीको सम्मान गर्दै ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ।

अभियानमार्फत टोल–छिमेकमा वर्षौंदेखि पसल, रेष्टुरेन्ट र साना व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूको योगदानलाई भिडियो कथामार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। अभियानले दैनिक जीवनमा स्थानीय व्यवसायीले निभाउँदै आएको भूमिका, उनीहरूको संघर्ष, अनुभव र सामुदायिक सम्बन्धलाई उजागर गरेको छ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले स्थानीय व्यवसायहरू समुदायको मेरुदण्ड भएको उल्लेख गर्दै ५० वर्षभन्दा बढी समयदेखि नेपाली जनजीवनसँग जोडिएका व्यक्तिहरूको सम्मान गर्न अभियान ल्याइएको बताइन्।

त्यसैगरी बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानले ले साना व्यवसायीहरूले स्थानीय अर्थतन्त्र र सामाजिक सम्बन्धलाई बलियो बनाएको बताए।

अभियानमा सहभागी व्यवसायीहरूले पनि कोका–कोला नेपाली खानपान संस्कृति र दैनिक जमघटको अभिन्न हिस्सा बनिसकेको अनुभव साझा गरेका छन्। कम्पनीका अनुसार ‘लोकल्ली योर्स’ अभियानले स्थानीय उद्यमशीलता, संघर्ष र सामुदायिक गौरवका प्रेरणादायी कथालाई उजागर गर्ने उद्देश्य राखेको छ।