२०८३ बैशाख १३

नेपाल बैंक र अल्फा हेल्थबिच सम्झौता, कर्मचारी र ग्राहकलाई ल्याब र औषधिमा बिशेष छुट

काठमाडौँ, १९ साउन। नेपाल बैंक लिमिटेडका कर्मचारी र सेवाग्राहीलाई अब स्वास्थ्य सेवा लिन सहज र सुलभ हुने भएको छ ।
बैंक र काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. बीच सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भए सगै स्वास्थ्य सेवा लिन सुलभ भएको हो ।

सम्झौता अनुसार, बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले ल्याब परीक्षण, होम डेलिभरी सेवा र औषधी खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट पाउने छन् । अल्फा हेल्थ केयरले प्याथोलोजी सेवामा निःशुल्क होम डेलिभरी सेवा प्रदान गर्नुका साथै, ग्राहकले प्रयोगशालाका विभिन्न सेवाहरू र औषधीमा छुटसहित स्वास्थ्य सेवा लिन सक्नेछन् ।

शुक्रबार सम्पन्न सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरको तर्फबाट ल्याब निर्देशक डा. आभाष कोइराला ले हस्ताक्षर गरेका छन् ।

यसबाट बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्ने विश्वास बैंकले लिएको छ ।