२०८३ बैशाख १३

गोदावरीमा एमालेको विधान भीडन्त, नेताहरू उत्रिए मैदान अवलोकनमा

काठमाडौँ, २२ साउन। नेकपा (एमाले) को विधान महाधिवेशन नजिकएसँगै तयारी पनि तिव्र पारिएको छ।

आज कार्यावाहक अध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा नेताहरुले विधान महाधिवेशन हुने हलको निरीक्षण गरेका छन् । आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा रहेको सनसराई हलमा हुने दोस्रो विधान महाधिवेशनको लागि आज नेताहरुले हलको अवलोकन गरेका हुन् ।

हल अवलोकनको लागि कार्यवाहक अध्यक्ष पोखरेलसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत पुगेका थिए । विधान महाधिवेशनको लागि हलमा तयारी धमाधम भैरहेको नेताहरुको प्रतिक्रिया छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सनराईज हलको निरीक्षण गर्ने बताईएको छ ।