२०८३ बैशाख १३

माउन्टेन इनर्जीको नाफामा १३४% छलाङ, विद्युत बिक्रीबाट ऐतिहासिक आम्दानी

काठमाडौँ, २९ साउन। माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो खुद नाफा १३४ प्रतिशतले बढाएर ६२ करोड ९० लाख रुपैयाँ पुर्‍याएको छ।

अघिल्लो वर्ष यो नाफा २६ करोड ८९ लाख थियो।

यो वृद्धिमा विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी, ८ करोड बीमा दाबी भुक्तानी प्राप्ति, र ब्याज खर्च घटेर २४ करोड ४३ लाखमा सीमित हुनुजस्ता कारण मुख्य रह्यो ।

कम्पनीको सञ्चालन मुनाफा ८९ करोड २१ लाख पुगेको छ, चुक्ता पुँजी २ अर्ब ६० करोड र रिटेन अर्निङ १ अर्ब ३५ करोड रहेको छ। प्रति शेयर आम्दानी २४.१७ रुपैयाँ र नेटवर्थ १५२.११ रुपैयाँ पुगेको छ।

मिस्ट्रीखोला (४२ मेगावाट) र ताँदीखोला (५ मेगावाट) हाइड्रो परियोजनाबाट नियमित उत्पादन भइरहेको छ, र कम्पनी २०७८/७९ देखि लगातार लाभांश वितरण गर्दै आएको छ।