काठमाडौं । नेपालकै अग्रणी मोबाइल ब्रान्ड सामसङले यस दशैंलाई थप उल्लासपूर्ण बनाउन नयाँ उपभोक्ता अभियान “दिन दिनै दशैं” सुरु गरेको छ। सेप्टेम्बर १ देखि सेप्टेम्बर २८, २०२५ सम्म लागू हुने यो अफर अन्तर्गत सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्।
यस अफरमा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको Serial Number टाइप गरी Samsung Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ।
अफर अनुसार, प्रत्येक दिन एक भाग्यशाली विजेताले रु. १ लाख मूल्य बराबरको भाटभटेनी शपिङ भौचर प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १० हजारको शपिङ भौचर पाउनेछन्। यसरी २८ दिनसम्म हरेक दिन ११ जना विजेताले उपहार जित्ने अवसर पाउने हुँदा, चाडपर्व तयारीमा रहेको ग्राहकलाई यो अफर उपयोगी हुने देखिन्छ।
MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “दिन दिनै दशैं” मार्फत सामसङले आफ्ना ग्राहकलाई चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने तथा जीवनमा थप मूल्य थप्ने लक्ष्य लिएको हो।
विजेताको Serial Number घोषणा सामसङका आधिकारिक फेसबुक पेजहरू Smart Plaza Nepal र IMS Nepal मा गरिनेछ। अफर सामसङका आधिकारिक विक्रेता र ई–कमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ।
सामसङले यस अभियानमार्फत हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने परम्परालाई निरन्तरता दिएको जनाएको छ।




