२०८३ बैशाख १४

जेनजीलाई बालेनको आग्रह: संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्

काठमाडौँ । बालेन शाहले संसद विघटन हुनुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै यो आन्दोलन नितान्त रुपमा जेनजीको भएको र हत्यारा प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका छन् ।

बालेन अब सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्दै त्यसअघि संसद विघटन हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्-  
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो ।

प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला । तर याद रहोस्, वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।