२०८३ बैशाख १३

जलेको घरको पीडा भुल्दै गोल्छाको प्रतिबद्धता: रोजगारी र लगानीबाट देश बनाउने अभियान जारी रहन्छ

काठमाडौँ । उधोगपति शेखर गोल्छाले जेनजी आन्दोलनका नाममा भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् ।
सामाजिक संजालमा आगोले जलेको गेट (ढोका) को तस्विर हाल्दै गोल्छाले यस्तो बताएका हुन् । तर आफु र आफ्नो परिवार निरास वा विचलित भने नभएको गोल्छाले बताएका छन् । आन्दोलनका क्रममा गोल्छाको उद्योग र निजी निवासमा समेत तोडफोड तथा आगजानी भएको थियो ।

उनले भनेका छन्-
देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् ।

केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।

अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस्