काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।
पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।
ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए । त्यस्तै ओमान;लाई अल आउट गर्नेक्रममा पाकिस्तानका सैम आयुब, सुफियान मुक्वीन र फाहीम अशरफले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले सर्बाधिक ६६, सहिबजादा फरहानले २९ र फखर जमानले २३ रन बनाएका थिए । त्यस्तै ओमानका बलर शाह फैसल र आमिर खानले ३-३ विकेट लिएका थिए ।
यो जितपछि पाकिस्तानको समुह ए मा २ अंक भएको छ । अब एशिया कप अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ ।




