२०८३ बैशाख २३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए । 

सरकारले उनीहरुलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरुले राजीनामा दिएका हुन् ।

Read More

इन्धन आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

सरकारले मध्यपूर्वमा जारी युद्धका कारण सातामा दुई दिन बिदा दिने यसअघि नै निर्णय गरिसकेको छ बहने इन्धनको संकट बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल गरिरहेको बताइएको छ । 

Read More

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरेको हो । डेपुटी गभर्नरका लागि दुईवटा पद खाली रहेपनि  मन्त्रिपरिषद् बैठकले आज एक जना मात्र नियुक्त गर्ने निर्णय गरेको हो ।

डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो ।

Read More

धुरन्धर- २ को कमाई हजार करोड पार, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्म धुरन्धर- २ कमाईको नयाँ किर्तिमान बनाउने क्रम रोकिएको छैन ।

मार्च १९ मा सिनेमाघरमा रिलिज भएको यस फिल्मले हजार करोडभन्दा बढी कमाई गरिसकेको छ । फिल्मको कलेक्सन बढ्दै गइरहेको बेला तेस्रो साताको सप्ताहन्त पछि फिल्मको कलेक्सनमा गिरावट आएको छ । सोमबार यो फिल्मले करिब १० करोड कमाई गरेको छ ।

फिल्मले पहिलो साता (आठ दिन) मा ६७४.१७ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले दोस्रो हप्तामा, २६३.६५ करोड कमाई गरेको थियो । तेस्रो सातामा फिल्मले शुक्रबार २०.२५ करोड, शनिबार २४.२५ करोड र आइतबार २७.२५ करोड कमाई गरेको थियो । योसहित फिल्मले अहिलेसम्म कुल १०१९.५७ करोड कमाई गरेको छ ।

त्यस्तै फिल्मले विदेशमा पनि शानदार कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले विदेशमा ३९३.५ करोड भारु कमाई गरेको छ ।

धुरन्धर- २ ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ। यसअघि, यो स्थान धुरन्धर- २ को पहिलो भागले राखेको थियो, जसको शीर्षक धुरन्धर थियो । धुरन्धरको भारतीय कलेक्शन ८९५.९६ करोड भारु थियो । धुरन्धर- २ एक हजार करोडभन्दा बढी कमाउने पहिलो फिल्म हो । 

Read More

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Read More

मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरिएको हो ।

नयाँ मर्यादाक्रम अनुसार मन्त्रिपरिषद्को मर्यादाक्रमको तेस्रो स्थानमा यसअघि गृहमन्त्री सुदन गुरुङलाई राखिएकोमा अब परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ । त्यस्तै चौथो स्थानमा उर्जमन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ भने गृहमन्त्री गुरुङलाई पाँचौं स्थानमा राखिएको छ ।

त्यस्तै यसअघि पुछारमा रहेकी महिला मन्त्री सीता बादीलाई आठौ स्थानमा राखिएको छ भने श्रममन्त्री दिपक कुमार साहलाई १५औं स्थानमा राखिएको छ ।

Read More

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितमा आधारित सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने धनुषा घर भएका ५१ वर्षीय जिवन कुमार ठाकुर र २७ वर्षीय निहाल ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनीहरूमध्ये जिवन कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ भने निहाललाई प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

Read More

डिसहोमको कर्मचारी भन्दै ठगी गर्ने तीन जना व्यक्ति पक्राउ

काठमाडौं । डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका-३ बस्ने दोलखा घर भएका २२ वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।

काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी केहि समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षको रिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमा पारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको  छ ।

Read More

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।

बैठक केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन । 

Read More