२०८३ बैशाख २३

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी तथा अन्य मध्यम वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने बागमती प्रेदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश,मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

‘मुस्ताङ गोल्ड’ मदिरामा भेटियो अखाद्य वस्तु, उत्पादकलाई २ लाख जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ ।

सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्व फेला परेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रा. लि.ले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Read More

भृकुटीमण्डपमा शुक्रबारदेखि नेपाल इलेक्ट्रिक-इलेक्ट्रोनिक्स प्रदर्शनी, सय कम्पनी सहभागी

काठमाडौँ । नेपाल इलेक्ट्रिक, पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण यही भदौ १३, १४ र १५ गते राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबिसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा हुने यस प्रदर्शनीमा देशी–विदेशी कम्पनीका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् ।

यस प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल शौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाका रूपमा रहनेछन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ्गका सामग्री, तार, केबुल, कन्डक्टर, अत्याधुनिक स्विच, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय उपकरण, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रयोजनका प्रविधि लगायतका उत्पादन प्रदर्शित गरिनेछ ।

आयोजकका अनुसार, मुलुकमा बढ्दो जलविद्युत उत्पादनको खपत बढाउँदै आर्थिक सबलीकरणमा योगदान पुर्‍याउने र ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । यसले विद्युत तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास, आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सहजीकरण तथा प्रवर्द्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस प्रदर्शनी अन्तर्गत दशैंको अवसरलाई लक्षित गरी ग्राहकले एकै ठाउँमा विभिन्न कम्पनीका उत्पादन अवलोकन तथा खरिद गर्न सक्नेछन् । यसले सर्वसाधारणलाई सहज, सुलभ तथा नयाँ प्रविधियुक्त विद्युतीय उपकरण छनोट गर्ने अवसर प्रदान गर्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यवसायिक अवसर सृजना गर्नु, नविनतम उपलब्धि आदानप्रदान गर्नु तथा उपभोक्तामा ऊर्जा खपतको व्यवस्थापनबारे सचेतना फैलाउनु यस प्रदर्शनीको लक्ष्य रहेको आयोजकले बताएका छन् ।

Read More

प्रधानमन्त्रीको चीन भ्रमण कार्यतालिका सार्वजनिक, मन्त्री र विपक्षी नेतासहितको बलियो प्रतिनिधि मण्डल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री यही अगष्ट ३०मा चीन जाने भएका हुन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन जान लागेका हुन् ।

भ्रमणको क्रममा चीनमा रहँदा विश्वका विभिन्न नेताहरुसँगपनि प्रधानमन्त्री ओलीले भेट्ने जनाईएको छ । यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा एससिओ प्लस समिटलाई सम्बोधन गर्ने जनाईएको छ ।

प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा प्रथम महिला राधिका शाक्यपनि सहभागी हुनेछिन् । यस्तै, शिक्षामन्त्री रघुजी पन्त र पर्यटनमन्त्री बद्री पाण्डेपनि भ्रमण दलमा हुने जनाईएको छ । प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडापनि सहभागी हुनेछन् ।

यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका सांसद छविलाल विश्वकर्मापनि भ्रमणमा दलमा सामेल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको टोली आगामी सेप्टेम्बर ३ तारिखमा नेपाल फर्कने कार्यतालिका छ ।

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्दै

काठमाडौँ । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दुई टी-२० खेल खेल्दैछ ।

नेपाली क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्न लागेको हो । आज हुने पहिलो खेल बिहान ५: ४५ देखि शुरु भएको छ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

यस अघि नेपालले मंगलबार क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

आजको खेल पछि नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

Read More

भदौ १२ गते बिहिबार, बिशेष यी राशिहरुको हुदैछ आज भाग्य उदय

आज २०८२ भदौ १२ गते विहिबार ई.सं. २०२५ अगस्त २८ नेपाल सम्बत ११४५ ञलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष पञ्चमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शुक्ल योग, बालव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ३१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज ऋषिपञ्चमी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ । कमाएको केही अंश साथीभाइ, भाइबहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ ।

Read More

सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम

काठमाडौं । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा भदौ ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले बताए । तर, सूचीकरण गरेमा सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

Read More

जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु

काठमाडौँ । भारतको जम्मू कश्मीरको रियासी जिल्लामा रहेको माता वैष्णो देवी धाम जाने बाटोमा भारी वर्षाका कारण पहिरो गएको छ ।

दुर्घटनामा ३२ जना भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिले राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

वैष्णो देवी मन्दिर जाने बाटोमा रहेको अर्धकुँवारी गुफा मन्दिरको इन्द्रप्रस्थ भोजनालय नजिकै पहिरो गएको छ। त्रिकुटा पहाडमा रहेको मन्दिर मार्गको ठूलो भाग भग्नावशेषले ढाकिएको छ। भग्नावशेषमुनि धेरै मानिसहरू दबिएको हुन सक्ने आशंका गरिएको छ। सेना र प्रशासन राहत तथा उद्धार कार्यमा संलग्न छन् ।

जम्मू कश्मीरमा निरन्तर वर्षाले बाढी र पहिरोको अवस्था सिर्जना गरेको छ । जम्मूमा ओभरब्रिज भत्किएका छन्, बिजुलीका तार र मोबाइल टावरहरूमा क्षति पुगेको छ भने तीन पुलमा क्षति पुगेको उल्लेख छ । मंगलबार श्री माता वैष्णो देवी मार्गमा पहिरो गएपछि यात्रा रोकिएको छ ।

२०१४ (११ वर्ष) पछि, मंगलबार यस क्षेत्रमा यस्तो पानीको विनाश देखिएको बताइएको छ । अविरल बर्षाले जम्मू डिभिजनका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन् भने प्रभावित क्षेत्रका सयौं मानिसहरू सुरक्षित स्थानहरूमा शरण लिएका छन् ।

जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग जम्मूदेखि रामबनसम्मका लगभग १२ स्थानमा पहिरोका कारण बन्द रहेको छ । चक्की पुल पठानकोटमा बाढी जस्तो अवस्थाका कारण जम्मू, उधमपुर, कटरा जाने १८ वटा रेलहरू रद्द गरिएका छन् ।

Read More

फिल्म ‘कन्यादान’ को घोषणा

काठमाडौँ । ‘रङ्गेली’ फेम निर्देशक अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘सोल्टिनी’ रिलिजभन्दा अगाडी नयाँ फिल्मको निर्माण घोषणा गरेका छन्…

राज्य व्यवस्था समितिको सभापतिमा निर्वाचित न्यौपानेले लिइन् शपथ

काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति कांग्रेस सांसद इश्वरी न्यौपाने निर्वाचित भएकी छन् । एकल उम्मेदवारी परेको न्यौपानेलाई…