1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

एन्फाको बार्षिक बजेट पारित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक बर्ष २०८२-८३ का लागि बजेट पारित गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमितिको बैठकले आर्थिक बर्ष २०८२-८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको हो ।

त्यस्तै बैठकले आर्थिक बर्ष २०८१-८२ को संघको लेखा परिक्षण प्रतिवेदन पारित गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।