1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

वार्म अप खेलमा नेपाली महिला टिम आयरल्याण्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । 

आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाली महिला टिमले १९ ओभरमा अल आउट हुदै १०१ बनाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।