२०८३ बैशाख १३

अफ्रिकी देश मौरिटानिया नजिकै डुङ्गा पल्टिँदा ४९ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

काठमाडौँ । अफ्रिकी देश मौरिटानियाको तट नजिकै डुङ्गा डुब्दा ४९ जनाको मृत्यु र करिब सय जना बेपत्ता भएका छन् ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार गस्ती टोलीले १७ जनालाई उद्धार गरेको छ । अहिलेसम्म ४९ जनाको शव निकालिएको छ भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ ।

उद्धार गरिएका व्यक्तिहरूले डुङ्गामा सेनेगल र गाम्बियाका नागरिकहरू सहित लगभग १६० जना रहेको बताएका छन् । स्थानीय प्रहरीले पनि मृत्यु हुनेको संख्या पुष्टि गरेको छ ।

दुर्घटना राति अबेर भएको थियो जब डुङ्गामा सवार आप्रवासीहरूले मौरिटानियाको राजधानी नौआकचोटबाट ८० किलोमिटर उत्तरमा रहेको शहरको बत्ती देखेपछि उनीहरु डुङ्गामा एक छेउमा झुकेपछि डुङ्गाको सन्तुलन बिग्रिएर पल्टिएको बताइएको छ ।

Read More

मधेशदेखि कर्णालीसम्म एकीकृत समाजावदी निकै बलियो छ, ०८४ मा मधेशको पहिलो शक्ति बन्छ: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ०८४ को निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।

उनले एकीकृत समाजावदी कुनै शक्तिसँगपनि विलिन नहुने दाबी गरे । पार्टीनिकट प्रेस संगठन समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा पार्टीको बलियो उपस्थिति रहेको भन्दै सबैले मेहनत गरे नतिजापनि राम्रो आउने दाबी गरेका हुन् । अध्यक्ष नेपालले भने,‘अब २०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेको जिल्लामा अरू पार्टीलाई एक्लै पराजित परेका पनि छन्। कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ भन्दैछौं। सुदूरपश्चिममा पनि त्यस्तै छ। हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, मधेश प्रदेशले पनि त्यही भन्दैछ।’

सो क्रममा उनले एमालेबाट विद्रोह गरेर आफूले औचित्य पुष्टि गरिसकेको पनि दाबी गरे । संविधान जोगाउनेदेखि निरंकुशतालाई पराजित गरेको भन्दै उनले एमाले फुटाएर कुनै गल्ती नगरेको दाबी गरे ।

Read More

फिल्म ‘शिवांश: च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने

काठमाडौं । फिल्म ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।

कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर–१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् ।

चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

Read More

जापानी प्रधानमन्त्रीसँग बुलेट ट्रेनको यात्रामा मोदी

काठमाडौँ । जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी उन्नत बुलेट ट्रेनमा यात्रा गरेका छन् । मोदीले जापानका प्रधानमन्त्री शिगेरु इशिबासँग रेल यात्रा गर्दै मियागी प्रान्तको सेन्दाई पुगेका थिए । 

यस क्रममा मोदीले भारतीय रेल चालकहरूलाई पनि भेटे । जापानको पूर्वी रेलवेले उनीहरूलाई तालिम दिइरहेको छ । उनीहरूले भारतमा चल्ने बुलेट ट्रेनहरू चलाउने तालिम लिइरहेका छन् ।

मोदीले शुक्रबार १५औं भारत-जापान शिखर सम्मेलनमा भाग लिएका थिए । यस क्रममा दुई देशबीच १५० सम्झौतामा हस्ताक्षर भएको थियो । 

जापानपछि मोदी दुई दिने भ्रमणमा चीन जानेछन् । आइतबार उनी एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् । यसबाहेक मोदीले चिनियाँ राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनलाई भेट्ने बताइएको छ ।

Read More

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्य गर्न सिंहलाई कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

Read More

सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन शुरु

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ।

कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरुथालेको हो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।

आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो । ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइइइ ) २०८१ असोज ८ गते स्वीकृत भएको थियो।

त्यस्तै, ऊर्जा मन्त्रालयको विद्युत विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त भएको थियो । भौगोलिक दृष्टिले यो परियोजना वाग्मती प्रदेश, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित छ ।  परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा रहेको छ। पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ ।

डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ । नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ।

यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाटघण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाटघण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

कम्पनीको प्राथमिक सेयर निष्कासन आइपिओको प्रक्रिया अगाडी बढिसकेको छ छ र नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको कम्पनिले जनाएको छ ।

Read More

लुम्बिनी सांस्कृतिकका नगर प्रमुख मुसलमानको निधन

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ ।

७२ वर्षीय मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो । मुसलमान गत निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा विजयी भएका थिए ।

मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवार निकटले जानकारी दिएका छन् ।

Read More

गुडविल सोसाइटीद्वारा मच्छर प्रभावित क्षेत्रमा झुल वितरण

विरगंज । मच्छरको कारण स्वास्थ्य समस्या बढ्दै गएको भन्दै गुडविल सोसाइटी संस्थाले ३० नम्बर वडामा ५० थान मच्छरदानी (झुल) वितरण गरेको छ ।
स्थानीयवासीहरूबाट लगातार मच्छरको कारण विभिन्न स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि तत्काल राहत स्वरूप मच्छरदानी वितरण गरेको सोसाइटीले जनाएको छ । वडाध्यक्ष जितेन्द्र यादवको उपस्थितिमा वडाबासीलाई मच्छरदानी वितरण गरिएको थियो ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जद, सदस्य किसन पटेल, शाहनवाज, सुहैब, सलाउद्दिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीर, आमिर लगायतका पदाधिकारी तथा सामाजिक कार्यकर्ता उमर अन्सारी र अली हसनको सहभागिता रहेको थियो।

कार्यक्रममा वडाध्यक्ष यादवले समाजमा देखिएको यस्ता समस्या समाधानमा स्थानीय संस्था तथा युवाहरूको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे। उनले जनस्वास्थ्यसँग सम्बन्धित समस्यामा यस्ता सहयोगले समुदायलाई राहत मिल्ने बताउँदै अन्य संस्थालाई पनि सामाजिक उत्तरदायित्व पूरा गर्न आह्वान गरे ।

Read More

साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाललाई २४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको हो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

Read More

अमेरिकालाई एआई चिप्स निर्माणमा चुनौती दिदै चीन

काठमाडौँ । अमेरिका र चीनबीच एआई चिप्सको युद्ध चलिरहेको छ । दुबै देशहरूले यस प्रतिस्पर्धामा एकअर्कालाई अगाडि बढाउन विभिन्न योजनाहरू बनाइरहेका छन् ।

हालै अमेरिकाले एनभिडियालाई चीनमा चिप्स पठाउन रोकेको थियो, त्यसपछि उसले एच२० चिप्स पठाउन अनुमति दियो, तर यो त्यति प्रभावकारी देखिएको छैन । त्यसैले चीनले आफैंले यसलाई लिन अस्वीकार गर्यो । अब चीनले अमेरिकासँग व्यवहार गर्न नयाँ रणनीति बनाएको छ, जसमा हुवावे र डीपसीकको सहयोग लिइने बताइएको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार चीनका धेरै कम्पनीहरू पहिले नै अर्को पुस्ताको एआई चिप्स बनाउने काममा लागेका छन् । कम्पनीहरूले बनाउने चिप्स डीपसीक नामक स्टार्टअपको प्यारामिटर अनुसार हुनेछन् । हुवावेका नयाँ उत्पादनहरू डीपसीकको मापदण्ड पूरा गर्न सक्षम रहेको भनिएको छ । डीपसीकले हालै आफ्नो मोडेलहरूमा एफपी ८ डाटा ढाँचा प्रयोग गर्ने बताएको थियो, यसले चिप्सको शक्ति बढाउनेछ ।

चीनमा तीन नयाँ कारखानाहरू निर्माण भइरहेका छन्, जसले हुवावेको लागि एआई चिप्स बनाउनेछ । यी मध्ये एउटा कारखानाले यस वर्षको अन्त्यमा काम गर्न थाल्नेछ । बाँकी दुई कारखानाहरू आगामी २ वर्षमा सुरु हुनेछन् । कारखानाहरूको स्वामित्व कसको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । ह्वावेले आफैंले कुनै पनि कारखाना सुरु नगरेको बताएको छ । यद्यपि, ह्वावेले यसबारे धेरै जानकारी दिएको छैन ।

चीनले यो मात्र गरिरहेको छैन, एआई चिप्स बाहेक, यसले मेमोरी चिप्सको उत्पादन पनि बढाइरहेको छ । हाल, मेमोरी चिप बजार सामसुङ, एसके हाइनिक्स र माइक्रोन जस्ता कम्पनीहरूले कब्जा गरेको छ । यी कम्पनीहरू अमेरिकाका हुन्, तर आफ्नो प्रभुत्व समाप्त गर्न, चीनले आफ्नो कम्पनी सीएक्सएमटी बाट एचबीएम ३ मेमोरी चिप्सको नमूना तयार पारेको छ । यी एनभिडियाको मेमोरी चिप्स भन्दा केवल एक पुस्ता पछाडि छन् ।

चीनका धेरैजसो कम्पनीहरूले अझै पनि एनभिडिया चिप्स प्रयोग गरिरहेका छन् । डीप सिकले हाल चिनियाँ चिप्सको सानो स्तरमा परीक्षण गरेको छ । तर यदि चिनियाँ चिप्सले डीपसिकको मापदण्डहरू पूरा गर्न सफल भए भने, भविष्यमा स्थिति परिवर्तन हुन सक्छ । एक लगानीकर्ताले आवश्यकताले आविष्कारलाई जन्म दिन्छ भन्दै सिलिकन भ्याली कम्पनीहरूले यो गर्दैनन् किनभने तिनीहरूसँग एनभिडियाको उन्नत चिप्स सजिलै उपलब्ध छन् ।

Read More