२०८३ बैशाख १३

दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन उग्र बनेको छ । युवाहरूले  दमक नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । 

आन्दोलन उग्र बनेसँगै उनीहरु दमक नगरपालिकामा रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका हुन् । 

सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको थियो । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

Read More

जेनजी युवाको मृत्युप्रति स्तब्ध छु, उनीहरुका माग तत्काल सम्बोधन गरियोस्: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीको आन्दोलनमा सहभागी युवाको मृत्यु भएको प्रति दुख व्यक्त गर्दै स्थित थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपुर्वक ठोस कदम चाल्न आग्रह गरेका छन् । 

प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन्-  

आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।

जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्। 

Read More

जेनजी प्रदर्शनमा एक जनाको मृत्यु, दुई पत्रकारसहित दर्जनौं घाइते

काठमाडौं । जेनजीको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु भएको छ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको हो। साथै ७०÷८० जना घाइते अहिले पनि अस्पतालमा उपचाररत रहेको अस्पतालले जनाएको छ। मृतकको परिचय भने खुल्न सकेको छैन ।

यसैबीच, प्रदर्शनको क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका उमेश कार्की प्रदर्शनस्थलमा फोटो खिच्ने क्रममा घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।

Read More

रास्वपाले आकस्मिक रुपमा बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाले आज दिनको ४ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन्  ।

बैठकमा जेनजी आन्दोलन बारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलन संसद भवनमा प्रवेश गरेपछि अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।   

Read More

जेनजी आन्दोलनले भन्यो: घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु

काठमाडौँ । जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ । सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।  

प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ । 

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए ।  बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो । युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए ।  त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए । प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो । प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका छन् ।

अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।   

Read More

जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १: १५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधबार अपराहन्न १: १५ बजे बस्ने जानकारी दिएको छ ।

आज बानेश्वर क्षेत्रमा भएको जेनजीको आन्दोलनका कारण संसद भवन क्षेत्र तनावग्रस्त बनेपछि बैठक स्थगित भएको हो । आन्दोलनमा उत्रिएका युवाहरु संसद भवन भित्र पसेका थिए भने प्रहरीले उनीहरुलाई रोक्न पानीको पोहोरा, अश्रुग्यास, रबरको गोली र हवाई फायर समेत गरेको थियो ।

Read More

राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा  आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेका हुन् ।

यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । 

Read More

जेनजी आन्दोलनलाई समर्थन गर्दै नारायणकाजी भन्छन्: राजनीतिलाई सफा गर्नु जरुरी छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई समर्थन गर्दै राजनीतिलाई सफा गर्नु जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै श्रेष्ठले जेनजी आन्दोलनले भ्रष्ट , स्वार्थी , स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त हुँदै र देशलाई त्यसबाट मुक्त गर्दै लोकतन्त्र ,सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।    

उनले भनेका छन्- 

जेनजी पुस्ताले संघीय राजधानी काठमाण्डौं लगायत देशका विभिन्न भागहरुमा सुशासन ,समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता सहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आज देखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्ष प्रति समर्थन गर्दछु । मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि हो ।त्यसकालागि निजी स्वार्थ  केन्द्रित व्यक्तिवादी ,स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्ति लाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ ।त्यसैले मैले भन्दै आएको छु ,राजनीति सफा गरौं र देश बदलौं ।जेन जी आन्दोलनले भ्रष्ट , स्वार्थी , स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त हुँदै र देशलाई त्यसबाट मुक्त गर्दै लोकतन्त्र ,सुशासन र समृद्धि को पक्षमा गुणात्मक  योगदान पुर्याउन सफल हुनेछ आशाका साथ शुभकामना व्यक्त गर्दछु ।

Read More

जेनजी आन्दोलनले बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौँ । काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । जेनजीको प्रदर्शन संसद भवन भित्र प्रवेश गर्न खोजेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । माइतीघरबाट बानेश्वर पुगेको युवाहरुको प्रदर्शनले प्रहरीको बेरिकेड तोडेर संसद भवन भित्र प्रवेश गर्न खोजेको छ । प्रहरीले युवाहरुलाई रोक्न प्रहरीले पानीको पोहोरा, अश्रुग्यास र हवाई फायर गरेको छ ।

संसद भवनको चारै तिरको सडकमा युवाहरु रहेका छन् भने प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ । प्रहरीले संसद भवन भित्र प्रवेश गरेका केहि युवालाई बाहिर निकालेको छ ।

यसैबीच अवस्था तनावग्रस्त बनेपछि बानेश्वर क्षेत्रमा काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म रहेको छ ।

Read More

क्यान्सरविरुद्धको खोप विकासमा रुसलाई ठुलो सफलता

काठमाडौँ । रुसले क्यान्सर उपचारमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । देशको नयाँ एमआरएनए-आधारित खोप ‘एन्टरोमिक्स’ ले पूर्व-क्लिनिकल परीक्षणहरूमा शत प्रतिशत प्रभावकारिता र सुरक्षा देखाएको जनाएको छ ।

रुसको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजी केन्द्र र रूसी विज्ञान प्रतिष्ठानको एन्जेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजिले संयुक्त रूपमा यो खोप विकास गरेका छन् । यस खोपको क्लिनिकल परीक्षण ४८ स्वयंसेवकहरूसँग सुरु गरिएको थियो। यी परीक्षणहरू जुन १८ देखि २१ सम्म सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा घोषणा गरिएको थियो ।

यो खोप क्यान्सरसँग लड्न मात्र सक्षम छैन, तर भविष्यमा क्यान्सर रोक्नको लागि ठूलो कदम पनि हुन सक्ने बताइएको छ । संघीय चिकित्सा र जैविक एजेन्सी (एफएमबिए) ले यो खोप अब क्लिनिकल प्रयोगको लागि तयार छ ।

एफएमबिएका प्रमुख भेरोनिका स्कभोर्ट्सोभाका अनुसार, एन्टरोमिक्स एक एमआरएनए-आधारित खोप हो जुन विशेष रूपमा प्रत्येक बिरामीको लागि तिनीहरूको व्यक्तिगत आरएनएको आधारमा डिजाइन गरिनेछ ।

यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ जसले गर्दा यसले क्यान्सर कोषहरूलाई चिन्न र नष्ट गर्न सक्छ । यो खोप ट्युमर घटाउन र तिनीहरूको वृद्धि रोक्न अत्यन्त प्रभावकारी साबित भएको छ ।

विशेष कुरा के हो भने बारम्बार प्रयोग गर्दा पनि कुनै गम्भीर साइड इफेक्ट नदेखिएको र यसलाई केमोथेरापी र विकिरण जस्ता उपचारहरू भन्दा फरक बनाउने बताइएको छ ।

कोलोरेक्टल क्यान्सर (आन्द्राको क्यान्सर) को उपचार गर्न एन्टेरोमिक्सको पहिलो संस्करण विकसित गरिएको छ । यस बाहेक, वैज्ञानिकहरू ग्लियोब्लास्टोमा (मस्तिष्कको क्यान्सर) र मेलानोमा (छालाको क्यान्सर) को लागि खोपको अन्य संस्करणहरूमा काम गरिरहेका छन् । अब क्लिनिकल परीक्षणहरू सफलतापूर्वक सम्पन्न भइसकेको छ, खोप नियामक स्वीकृतिको पर्खाइमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यदि स्वीकृत भएमा, एन्टेरोमिक्स विश्वको पहिलो व्यक्तिगत एमआरएनए क्यान्सर खोप बन्न सक्छ । यो खोपले रूसमा मात्र नभई विश्वभर हजारौंको जीवन बचाउन सक्छ र क्यान्सर उपचारमा नयाँ युग सुरु गर्न सक्ने बताइएको छ ।

Read More