२०८३ बैशाख १३

जेनजीको आन्दोलनप्रति माधव नेपालको समर्थन, दमनको घोर भर्त्सना

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रणविरुद्ध जेनजी पुस्ताको आन्दोलन भड्किएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार जेनजी पुस्ताको आन्दोलनमा प्रहरी दमन बढ्दा ठुलो क्षति हुन पुगेको छ । त्यसपछि पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाललमा युवाहरूका जायज मागहरूप्रति पूर्ण समर्थन रहेको भन्दै निहत्था युवामाथि गरिएको सरकारी दमन र ज्यादतिको घोर भर्त्सना गरेका छन् ।

नेपालले दमनमा परी निधन हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलित अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थितिलाई थप भड्किन नदिन तथा जनधनको थप क्षति हुन नदिन वार्ता एवम् संवादको माध्यमद्वारा युवाहरूका जायज मागहरू पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Read More

इटहरीमा कर्फ्यु आदेश जारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ । प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

Read More

रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी

बुटवल । रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। रुपन्देहीमा पनि जेनजीको आन्दोलनमा उग्र हुदै तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एक सय मिटरसम्म चार किल्ला तोकिएको छ । त्यस्तै बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो ।

Read More

जेनजी आन्दोलनमा रक्तपात: १४ को मृत्यु, घाइतेहरूको संख्या १२३ बढी

काठमाडौं। यो समाचार अपडेट गर्दासम्म जेनजी आन्दोलनका क्रममा १४ जनाले ज्यान गुमाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १४ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।

घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।

हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।

Read More

जेनजी प्रदर्शनमा घाइते भएकालाई केएमसी अस्पतालमा निशुल्क उपचार

काठमाडौं। जेनजीको आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले निशुल्क उपचार गर्ने भएको छ ।

आज काठमाडौंमा जेनजीले गरेकोको आन्दोलनमा सायौं घाइते भएका छन् ।

‘हाल काठमाडौंका विभिन्न स्थानमा जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ अस्पतालले जनाएको छ ।

Read More

जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा २ जना,  केएमसी असपताल र शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ । 

प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

थप विवरण आउनेक्रममा रहेको छ ।

Read More

जेनजी आन्दोलन: कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए।

Read More

नेप्से ३५.९९ अंकले घट्यो, ५ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२० कम्पनिका एक करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २४ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

पोखरामा पनि कर्फ्यु आदेश

पोखरा । पोखरामा पनि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिनको २ बजेदेखि अर्को आदेश नभएसम्म पोखरामहानगरको शहिद चोक आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो । आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

Read More

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ ।

जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि प्रहरीले गोली चलाउदा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रदर्शनमा तीनजना पत्रकारलाई समेत गोली लागेको छ । घाइतेहरूको अहिले सिभिल अस्पताल, ट्रमा अस्पताल, केएमसी अस्पताललगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

जेनजीको आन्दोलनले बन्द गरिएको सामाजिक सञ्जाल बोल्न सरकारमाथि दबाब बढेको छ भने सत्तारुढ दल नेपाली कांग्रेसले पनि सरकारलाई सामाजिक सञ्जाल सुचारु गराउन दबाब दिएको छ ।

Read More