२०८३ बैशाख १३

एन्टिफा समूहलाई ट्रम्पले राखे ‘आतंकवादी’ संगठनको सूचीमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी) लाई ‘आतंकवादी’ संगठनको रूपमा तोकेका छन् ।

एन्टिफाका सदस्यहरू वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरू नव-नाजीवाद, नव-फासीवाद, सेतो सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति-दक्षिणपन्थी विचारधाराहरूको विरुद्धमा बोल्छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्- ‘म खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई प्रमुख आतंकवादी संगठनको रूपमा तोक्दैछु भनेर घोषणा गर्न पाउँदा खुसी छु । म एन्टिफालाई आर्थिक सहयोग गर्नेहरूलाई उच्चतम कानुनी मापदण्ड र नियमहरू अन्तर्गत अनुसन्धान गर्न पनि सिफारिस गर्नेछु ।’

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यस समूहको निरन्तर विरोध गरेका थिए । समूहसँग सम्बन्धित धेरैले विश्वास गर्छन् कि तिनीहरूको उत्पत्ति १९२० र १९३० को दशकमा युरोपेली फासीवादी शक्तिहरू विरुद्धको आन्दोलनको समयमा भएको थियो । पश्चिम जर्मन अराजकतावादीहरूदेखि शीतयुद्धको युगसम्म, एन्टिफाको विचारधारालाई स्वीकार गर्नेहरूले विरोध प्रदर्शनमा कालो लुगा लगाउँछन् ।

प्रहरी वा प्रदर्शनकारीहरूबाट चिनिनबाट बच्न, तिनीहरू प्रायः आफ्नो अनुहार मास्कले छोप्छन् वा हेलमेट लगाउँछन् ।

एन्टिफा प्रदर्शनकारीहरूले रूढिवादी अति-दक्षिणपन्थी कार्यक्रमहरू र राजनीतिज्ञहरूले भाग लिने कार्यक्रमहरूमा बाधा पुर्‍याउने प्रयास गर्छन् ।

Read More

निर्वाचित सरकार हटाएर अनागरिक सत्ता ल्याइयो, संविधानको चीरहरण भयो अब वाम शक्तिहरू एक हुनैपर्छ: बादल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरुबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार स्थापित गरिएको टिप्पणी गरेका छन् ।

बुधबार जलेर ध्वस्त भएको पार्टी कार्यालयको निरीक्षणमा पुगेका बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन पनि गरिएको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, अहिले यो लोकतन्त्रलाई जसरी अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक भनेको चाहिँ संसद् हो । संसद्लाई विघटन गरिएको छ । नागरिकहरुले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, विघटन गरिएको छ । अहिले अनागरिक सरकार स्थापित गरिएको छ । यो असंवैधानिक कदमहरुको हाम्रो पार्टीले विरोध गरिराखेको छ ।’

साथै, उनले नेकपा (माओवादी केन्द्र) सहित विचार र राजनीतिक कार्यदिशा मिल्ने सबै वामपन्थी दलहरु एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए । उनले आफ्नो पार्टी एमालेको नीति पनि वामपन्थी एकता नै हरेको बताए । नेता बादलले भने, ‘वामपन्थीहरुको ध्रुवीकरण हुनुपर्छ । माओवादीमात्रै होइन, विचार मिल्ने, राजनीतिक कार्यदिशा मिल्ने, सबै वामपन्थी दलहरु एकतावद्ध हुनुपर्छ भन्ने पार्टीको नीति रहँदै आएको छ ।’

नेता बादलले पार्टीको बैठक बसेर अहिले भइरहेको सबै परिघटनाहरुको गम्भीर रुपमा समीक्षा हुने पनि बताए ।

Read More

अब नयाँ ढंगले अघि बढ्ने संकल्प हामीले गरेका छौं, संविधान दिवसलाई मृतकप्रति सहानुभूतिको रूपमा मनाउछौं: योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्व मन्त्री योगेश भट्टराईले पार्टीले संविधान दिवसलाई विधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संविधान दिवसलाई लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउन संकल्प गर्ने दिनको रुपमा उल्लेख गरे हुन् ।

‘अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं। पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउनेछौं । साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो। असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं,’– उनले भने ।

नेता भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको पनि बताए । उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको पनि दाबी गरे ।

साथै, जेन–जी आन्दोलनको क्रममा देशभरको क्षतिको विवरण आफूहरुले लिइरहेको नेता भट्टराईले बताए । एमाले पार्टी कार्यालयमा पनि क्षति भएको, संरचना, कागजात र गाडीहरू पनि जलेको उनले बताए । यस्तो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

Read More

कामना सेवाले डाक्यो वार्षिक साधारणसभा, १०% बोनस र ५.७८% नगद लाभांश प्रस्ताव

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले असोज २४ गते १९औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्नेगरी सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शनमा साधारणसभा बोलाएको हो ।

बैंक सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको सो प्रस्ताव साधारणसभाले पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पारित गर्नेछ।

लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Read More

च्याम्पियन्स लिगमा लिभरपुलको विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा एन्ड्रू रोबेर्टसन, मोहमद सलाह र भिर्गिल भान डाइकले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि मार्कस लियोरेन्टेले दुई गोल गरेका थिए ।

Read More

नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र हुदैछ: सिके राउत

काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन ११ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् ।

पार्टीका उपाध्याक्ष अब्दुल खानसहित ६ जना नेताहरूले राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम दिएपछि राउतले यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा ध्यान नदिन र यस विषयमा छलफल बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।     

राउतले भनेका छन्- 
फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई-तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ ।

त्यसैले अरूले जे-जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं । हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तैयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचन पछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ । 

Read More

मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध

पोखरा । मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

विहिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर  स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

Read More

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीसहित चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु भएको बताएका छन् ।

यो घटना प्रहरीले एक घटनाको अनुसन्धान गरिरहेका बेला भएको बताएका छन् ।

गोलीकाण्डका कारण नजिकैको स्प्रिङ ग्रोभ क्षेत्र (लगभग २,५०० मानिसहरूको छिमेक) मा रहेका विद्यालयहरू अस्थायी रूपमा निलम्बित गरिएका छन् र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

विद्यालय प्रशासनले पछि गोलीकाण्डले विद्यालयलाई असर नभएको बताएको छ ।

Read More

कालिगण्डकी करिडोर अवरुद्ध

बागलुङ । बागलुङको कालिगण्डकी करिडोरमा सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

गएराती बागलुङको जैमुनी नगरपालिका-८ छिस्तीस्थित कालिगण्डकी करिडोरमा सडकभन्दा माथिबाट ढुङगामाटो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको जनाएको छ ।

Read More

शेख हसिनासहित उनको परिवारका सदस्यलाई मतदान गर्न रोक

काठमाडौँ । बंगलादेशमा आगामी वर्षको फेब्रुअरीमा आम चुनाव हुने तय भएको छ । देशभर तयारी तीव्र पारिएको छ ।

यसैबीच, बंगलादेश निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र (एनआईडी) लक गरेको छ, जसले गर्दा उनी आगामी फेब्रुअरी २०२५ को आम चुनावमा मतदान गर्नबाट बञ्चित हुने भएकी छन् । निर्वाचन आयोगले एनआईडी कार्ड भएकाहरूले विदेशबाट मतदान गर्न नपाउने भएका छन् । 

मिडिया रिपोर्टहरूका अनुसार हसिनाकी बहिनी शेख रिहाना, छोरा सजीब वाजेद जोय र छोरी साइमा वाजेद पुतुलको मतदाता कार्ड पनि निष्कृय बनाइएको छ ।

यसका साथै, रिहानाका छोराछोरी, उनका ससुरा र हसिनाका पूर्व सुरक्षा सल्लाहकार मेजर जनरल तारिक अहमद सिद्दीकी र उनको परिवारलाई पनि मतदान गर्नबाट रोक लगाइएको थियो । यस सम्बन्धमा, निर्वाचन आयोगले न्यायबाट बच्न विदेश भागेकाहरूले आफ्नो एनआईडी कार्ड सक्रिय भए पनि मतदान गर्न सक्ने बताएको थियो ।

हिंसात्मक विद्यार्थी आन्दोलन पछि शेख हसिनाको सरकार अगस्ट ५, २०२४ मा ढालिएको थियो, जसले गर्दा उनी भारत भाग्न बाध्य भए । यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हाले र शेख हसिना र अन्य नेताहरू विरुद्ध गम्भीर आरोपहरूको अनुसन्धान गर्न पार्टी गतिविधिहरू स्थगित गरेका थिए ।

शेख हसिना बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा अनुपस्थितिमा मुद्दाको सामना गरिरहेकी छिन्, जहाँ उनी जुलाई २०२४ को आन्दोलनमा मानवता विरुद्धको अपराधको आरोपमा दोषी ठहरिएकी छिन् । त्यसैले, धेरैजसो वरिष्ठ अवामी लिग नेताहरू अहिले भूमिगत वा निर्वासनमा छन्, किनकि हिंसात्मक समूहहरूले शेख हसिनाका बुबा र बंगलादेशका संस्थापक पिता शेख मुजीबुर रहमानको घर सहित उनीहरूको घर र सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए ।

Read More