२०८३ बैशाख १३

फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको हो । 

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले अञ्जिलालाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ]गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।’ ओस्कारमा सहभागी हुन ‘अञ्जिला’सँगै ‘गुन्यो चोलो’का निर्माताले पनि आवेदन दिएका थिए ।

मिलन चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । यसमा एञ्जिला स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् भने उनीसँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुनिल थापा लगायतको पनि अभिनय रहेको छ ।

Read More

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ ।  बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार ९ सयले घटेर तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ३० रुपैयाले घटेर २५२० रुपैयाँ कायम भएको भएको छ । यसअघि बुधबार तोलामा २५५० रुपैयाँमा कारोबार भएको थियो । 

Read More

संसद भवनभित्रको वाणिज्य बैंक शाखाबाट ५ करोड र १८ किलो सुन लुटियो: गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले हालैको जेन-जी आन्दोलनका क्रममा संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटिएको बताएका छन् ।

शुसान्त प्रधानद्वारा प्रस्तुत पोडकास्टमा बोल्दै गभर्नर पौडेलले आन्दोलनका कारण बैंक तथा वित्तीय क्षेत्रमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै भने, “एक ठाउँमा चाहिँ अलि सिरियस लुटपाट भएको छ, त्यो चाहिँ संसद भवनभित्र भएको राष्ट्रिय वाणिज्य बैंकको अफिस हो। त्यहाँबाट करिब ५ करोड रुपैयाँ क्यास र १८ किलो जति सुन लुटिएको छ।”

उनले आन्दोलन सुरु हुनु अघि नै नेपाल राष्ट्र बैंकमाथि पनि आक्रमण हुन सक्ने सम्भावना बारे चेतावनी दिएका थिए। तर भाग्यवश राष्ट्र बैंकको थापाथली र बालुवाटारस्थित मुख्य भवनहरूमा भने कुनै क्षति नभएको जानकारी दिए। “लक्कीली, त्यहाँका भवनहरू सुरक्षित रहन सके, जबकि वरिपरिका धेरै घर र संरचना ध्वस्त भए,” उनले भने।

गभर्नर पौडेलका अनुसार आन्दोलनकै क्रममा मुलुकभर ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको थियो। उनका अनुसार अधिकांश शाखा सरकारी कार्यालय वा व्यापारिक कम्प्लेक्सभित्र रहेका कारण आक्रमणको लक्ष्य बने। भरतपुरमा त एक एटीएम मेसिन नै उठाएर लगिएको भए पनि त्यसबाट पैसा निकाल्न भने आक्रमणकारी असफल भएको उनले बताए।

यस्तो कठिन परिस्थिति बीच पनि नेपाल राष्ट्र बैंकले आपतकालीन तयारी तथा बिजनेस कन्टिन्युटी प्लान सक्रिय गर्दै बैंकिङ र डिजिटल भुक्तानी प्रणालीलाई अवरुद्ध हुन दिएन। पौडेलका शब्दमा, “मलाई ठूलो डर थियो कि एटीएममा पैसा सकियो भने वा डिजिटल भुक्तानी प्रणाली रोकियो भने जनतामा अभाव बढ्ने मात्र होइन, लुटपाट पनि चर्किन्थ्यो। तर हाम्रो टिमले जोखिम मोलेरै भए पनि प्रणाली निरन्तर चलाइराख्यो।”

उनले भदौ २३ गतेको घटनापछि बैंकर्स एसोसिएसनका प्रमुखलाई सम्पर्क गरी कर्मचारीहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको पनि सुनाए। विशेषगरी महिला तथा परिवार भएका कर्मचारीलाई यथाशीघ्र घर पठाउने व्यवस्था मिलाउन आग्रह गरिएको उनको भनाइ छ।

गभर्नर पौडेलले आन्दोलनले मुलुकको वित्तीय प्रणालीमा गम्भीर चुनौती खडा गरे पनि बैंकिङ क्षेत्रले देखाएको तत्परता र आपतकालीन व्यवस्थापन क्षमताले ठूलो संकट टार्न मद्दत गरेको दाबी गरे।

Read More

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवामा थप कदम चालेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ।

बैंकका अनुसार, इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा गई फारम भरेपछि आफ्नै मोबाईल एपमार्फत भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन्। यस कार्डमार्फत फोनपे नेटवर्कमा रहेका कुनै पनि क्युआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने सुविधा हुनेछ।

भर्चुअल क्रेडिट कार्डको न्यूनतम क्रेडिट सीमा रु. १० हजार र अधिकतम रु. १ लाख रहनेछ। भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज रकम प्रयोग गर्न सक्नेछन्। साथै, हिसाब राफसाफ गर्दा १० प्रतिशत वा पुरै १०० प्रतिशत रकम भुक्तानी गर्ने विकल्प पनि उपलब्ध हुनेछ।

गरिमा विकास बैंकले यस सेवा भौतिक कार्ड नभई मोबाइल एपमार्फत भर्चुअल रूपमा उपलब्ध हुने भएकाले यो सुविधा थप सुरक्षित र सहज हुने विश्वास व्यक्त गरेको छ। बैंकले यसलाई नविनतम डिजिटल अनुभवका रूपमा प्रस्तुत गरेको छ।

हाल बैंकले देशभर १२५ शाखा, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ। साथै, डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैंकले बताएको छ।

Read More

नेप्सेमा नकारात्मक सर्किट, कारोबार २० मिनेट स्थगित

काठमाडौँ । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक नकारात्मक सर्किटमा पुगेको छ। यस कारण आजको शेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।

आज बजार खुलेको केही समयमा नेप्से परिसूचक १०७.०४ अंक घटेर नकारात्मक सर्किटमा पुगेको हो। यस घटबढले लगानीकर्तामा अस्थिरता सिर्जना गरेको छ।

Read More

सिंहदरबारमा पाँच वटा दमकल पठाएको दाबी गर्दै महानगर प्रहरीको जवाफ: आरोप होइन, यथार्थ हेर

काठमाडौँ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा दमकल नपठाएको भन्ने कुरा गलत रहेको बताएका छन् ।

आज बिहिबार पत्रकार सम्मेलन गरी उनले महानगरले आगलागी नियन्त्रणका लागि सक्दो प्रयास गरेको बताएका हुन् । उनले आफूहरुले सुरक्षाको प्रत्याभूतिको आधारमा बाटो क्लियर होस् भनेर केही समय पर्खिएको स्वीकार गरे महानगर प्रहरी प्रमुख पाण्डेले दमकलमात्रै नभएर विभिन्न हस्पिटलमा रहेका घाइतेहरुको उपचार र खानपिनको व्यवस्थालगायत कुरामा कुनै समस्या नहोस् भन्ने हिसाबले आफूहरु खटिएको बताए ।

‘महानगरले दमकल पठाएन भन्ने कुरा चाहिँ यो गलत कुरा हो । हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा, दमकल आफैं सुरक्षित हुनुपर्छ र बाटो क्लियर होस् भन्ने हिसाबले चाहिँ हामीले पर्खिएका थियौं । नेपाली सेनासँग पटक–पटक समन्वय गरेर हामीले दमकल परिचालन गरेको हो । दमकलमात्रै होइन कि विभिन्न हस्पिटलमा रहेका घाइतेहरुको उपचार, उहाँहरुलाई खानपिनको व्यवस्था लगायत कुरामा पनि हाम्रो प्रहरी राखेका थियौं । कुनै समस्या नहोस् भन्ने हिसाबले हाम्रो प्रहरी खटिइएका थिए,’– उनले भने ।

उनले सिंहदरबारमा महानगरले पाँचवटा दमकल परिचालन गरेको पनि जानकारी गराए । सिंहदरबार र अदालत साझा सम्पत्ति भएकाले आफूहरुको प्राथमिकतामा परेको पनि उनले बताए । सिभिल अस्पताल, मोडेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङलगायतका अस्पतालमा विरामीको लागि रगतको अभाव नहोस् भनेर पनि आफूहरुले प्रहरी पठाएको उनले बताए ।

Read More

नक्कली फुटबल टिम बनेर जापान प्रवेश गर्न लागेका २२ पाकिस्तानी पक्राउ

काठमाडौँ । पाकिस्तानले जापानमा नक्कली फुटबल खेलाडी बनेर प्रवेशको गर्ने २२ जनालाई पक्राउ गरेको छ । उनीहरूले नक्कली पाकिस्तान फुटबल टोलीको जर्सी लगाएका थिए ।

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीका अधिकारीहरूले जापानी अधिकारीहरूले ठगी पत्ता लगाएको र पछि उनीहरूलाई देश निकाला गरेको बताएका छन् ।

एजेन्सीका अनुसार ती व्यक्तिहरूले पाकिस्तान फुटबल महासंघसँग सम्बन्धित रहेको र विदेश मन्त्रालयले जारी गरेको कथित रूपमा नक्कली नो अब्जेक्सन सर्टिफिकेट भएको दाबी गरेका थिए ।

सोधपुछको क्रममा, जापानी अध्यागमन अधिकारीहरूलाई शंका लागेपछि सम्पूर्ण टिमलाई पाकिस्तान फिर्ता पठाइएको थियो । जियो न्यूजको रिपोर्ट अनुसार, यी व्यक्तिहरू कसरी पत्ता नलागेर पाकिस्तानी विमानस्थलहरूबाट उडान गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट छैन ।

अनुसन्धानले र्‍याकेटको मास्टरमाइन्ड सियालकोटको पसरुरका बासिन्दा मलिक वकास रहेको खुलासा गरेको छ । उनले गोल्डेन फुटबल ट्रायल नामक नक्कली फुटबल क्लब सुरु गरेका थिए । वकासले यात्राको लागि प्रत्येक व्यक्तिलाई ४० देखि ४५ लाख रुपैयाँसम्म लिएको बताइएको छ ।

अधिकारीहरूले वकासले पहिले पनि यस्तै तस्करी योजनाहरू प्रयास गरेको बताएको रिपोर्टमा उल्लेख छ । जनवरी २०२४ मा, उनले नक्कली कागजात र जापानी क्लब बोभिस्टा एफसीको नक्कली निमन्त्रणा प्रयोग गरेर १७ जनालाई जापान पठाएका थिए । तिनीहरूमध्ये कोही पनि कहिल्यै फर्केनन् ।

Read More

टी-२० वरियतामा भारतको दबदबा

काठमाडौँ । आईसीसीको नयाँ टी-२० वरियतामा, भारतीय खेलाडीहरूले ब्याटर, बलर र अलराउन्डर गरी तीनै विधामा शीर्ष स्थानमा रहेअका छन् । टी-२० टोली वरियता पनि शीर्ष स्थानमा छ । कुनै एकल टोली र यसका खेलाडीहरूले एउटै ढाँचामा चारै विधामा नम्बर-१ स्थान हासिल गरेको यो पहिलो पटक हो ।

वरुण चक्रवर्ती पहिलो पटक शीर्ष बलर बनेका छन् । उनी टी-२० वरियतामा नम्बर-१ वरियता हासिल गर्ने तेस्रो भारतीय खेलाडी हुन् । उनीभन्दा पहिले जसप्रीत बुमराह र रवि बिश्नोईले यो उपलब्धि हासिल गरेका छन् ।

त्यस्तै ब्याट्सम्यान अभिषेक शर्मा आफ्नो करियरको उच्चतम रेटिङका ​​साथ नम्बर-१ मा कायम छन् । यसैबीच, हार्दिक पाण्ड्या अलराउन्डर वरियतामा शिर्ष स्थानमा रहेका छन् ।

३४ वर्षीय स्पिनरको प्रभावशाली प्रदर्शन एसिया कपमा जारी छ। उनले युएई विरुद्ध दुई ओभरमा केवल ४ रन दिएर १ विकेट र पाकिस्तानविरुद्ध चार ओभरमा २४ रन दिएर १ विकेट लिए । उनले वरियतामा तीन स्थान माथि उक्लिएका छन्, न्युजिल्याण्डका फास्ट बलर ज्याकब डफीलाई उछिनेका छन् ।

ब्याटिङमा अभिषेक शर्मा शीर्ष स्थानमा नै छन्। उनले सेप्टेम्बर १४ मा पाकिस्तान विरुद्धको खेलमा ३१ रन बनाएका थिए । इङ्गल्याण्डका ओपनर फिल साल्ट दोस्रो स्थानमा र जोस बटलर तेस्रो स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस दुई स्थान माथि उठेर ११ औं स्थानमा र एडेन मार्कराम १० स्थान माथि उठेर ३० औं स्थानमा पुगेका छन् ।

भारतीय स्टार हार्दिक पाण्ड्या टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरियताको शीर्ष स्थानमा कायमै छन् ।

त्यस्तै नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी भने अल\राउण्डरको वरियतामा एक स्थान तल झरेर चौथो स्थानमा पुगेका छन् ।  त्यसैगरी टी-२० बलरको वरियतामा नेपालका ललित राजबंशीले ५ स्थानको सुधार गरेर ५८औं स्थानमा उक्लिएका छन्  

Read More

पार्टीको नाममा आतंक भयो भन्दै रास्वपाको चेतावनी, धम्की दिने गिरोहविरुद्ध छानबिन गरी कारवाहीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई धम्कि दिन शुरु भएको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रवक्ता मनिष झाले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

रास्वपाले भनेको छ-
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।

Read More

ओलीको शानदार रिटर्न, गौरवशाली नेता भन्दै १०औं हजार युवाको माझ ओलीलाई सार्वजनिक गर्ने एमालेको तयारी

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् ।

जेन-जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । देउवा र ओलीबाहेक अरु पूर्व प्रधानमन्त्रीहरु अहिले सार्वजनिक भइसकेका छन् । तर, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा भने अझै सार्वजनिक हुन सकेका छैनन् ।

नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतले एमाले अध्यक्ष अ‍ोलीलाई अबको ३ दिनभित्र शानदार ढंगले सार्वजनिक गरिने बताएका छन् । ओलीले राष्ट्रको गौरव राख्ने काम गरेको र हिनता बोध गर्नुपर्ने केही काम नगरेको नेता बस्नेतको दाबी छ ।

‘बढीमा तीन दिनभित्र हामी उहाँलाई शानदार ढंगले, पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शानदार ढंगले देखिने गरेर १०औं हजार युवाहरुले स्वागत गर्ने गरेर देखिनुहुन्छ । १०औं हजार मान्छेले स्वागत गर्छन्,’– उनले भने ।

यसअघि पनि प्रधानमन्त्रीबाट फिर्ता हुँदा ओली बाजागाजा र र्‍यालीसहित बालकोट फर्किएका थिए । यद्यपि अहिले उनी बालकोट निवास फर्किने अवस्था भने छैन । जेन–जी आन्दोलनका क्रममा उनको बालकोटस्थित निवास जलेर ध्वस्त भएको छ ।

Read More