२०८३ बैशाख १३

सन्तोषकुमार राठीले सम्हाले एनआईसी एशिया बैंकको नेतृत्व

काठमाडौँ । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई २०८२ असोज २ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिएको हो ।

सीईओ न्यैपानेले असोज १ गते पदबाट राजीनामा दिएका थिए ।

काठमाडौँ । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई २०८२ असोज २ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी सुम्पेको हो ।

सीईओ न्यैपानेले असोज १ गते पदबाट राजीनामा दिएका थिए । कामु सीईओको जिम्मेवारी पाएका राठी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

Read More

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय सानोपामा बैठक जारी रहेको छ ।
बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, आगजनी भएको पार्टी कार्यालयको पुनर्निर्माण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सभापति शेरबहादुर देउवा आन्दोलनकारीको आक्रमणबाट घाइते भएर उपचाररत रहेको अवस्थामा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक चलिरहेको छ ।

कांग्रेसले अन्तरिम सरकारको समर्थन गरेपनि संसद विघटन संबिधान विपरित भएको बताएको छ ।

Read More

फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार संविधान दिवसको अवसर पारेर सार्बजनिक ट्रेलरमा फिल्मको मुख्य कथा देखाइएको छ ।  एक छोराले आमा र देशको रक्षाका लागि गरेको संघर्षमा फिल्म बनाइएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

१२ गाउँ फेम अभिनेता समीर भट्टसहित फिल्ममा अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकीको प्रमुख अभिनय रहेको छ । फिल्ममा अभिनेत्री ऋचा शर्मा भने समीरकी आमाको भूमिकामा देखिएकी छन् । 

आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ । यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

ट्रेलर- https://youtu.be/ZtZSSgDDXrk

Read More

म्याक्रोन भन्छन्: इरानमाथि प्रतिबन्ध पुन: लागू गर्छौं

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुने बताएका छन् ।

उनले इजरायली टिभी अन्तर्वार्ताको क्रममा यो कथन दिएका थिए । रोयटर्सका अनुसार, म्याक्रोनले इरानीहरूबाट प्राप्त गरेको पछिल्लो जानकारी गम्भीर नभएको उल्लेख गर्दै प्रतिबन्ध लगाउने बताएका छन् ।

गत महिना, बेलायत, फ्रान्स र जर्मनीले एउटा प्रक्रिया सुरु गरेका थिए, जस मार्फत संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुन: लागू गर्न सकिन्छ ।

स्न्यापब्याक संयन्त्र एउटा प्रावधान हो, जसले इरानले आणविक सम्झौताका सर्तहरू उल्लङ्घन गरेको मानिएमा २०१५ भन्दा पहिले लगाइएका सबै कडा संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू स्वचालित रूपमा पुन: लागू गर्दछ ।

Read More

डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

 अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुससहित बिरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट विहिबार पक्राउ परेको जनाएको छ ।

Read More

५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले ५० बर्षसम्म पनि विवाह नगर्नुको कारण खुलाएकी छन् ।

ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार है’ बाट बलिवुडमा धमाकेदार डेब्यू गरेपछि गदर र गदर-२ जस्ता फिल्ममा काम गरेकी छन् । अहिले ५० वर्षकी भए पनि, अभिनेत्री अविवाहित छिन् र उनले हालै, उनले अहिलेसम्म विवाह नगर्नुको कारण बताएकी छन् ।

अमिषाले हालै एक पोडकास्ट अन्तर्वार्तामा धेरै पुरुषहरूसँग सम्बन्धमा रहे पनि आफुले विवाह र क्यारियरमा क्यारियर रोजेको बताएकी छन् ।

अमिषाले भनेकी छन्- ‘मैले भेटेका धेरैजसो मानिसहरू चाहन्थे, म विवाह पछि घरमै बसूँ र काम नगरूँ। मलाई त्यो मन परेन । म मेरो युवावस्था कसैको श्रीमती भएर बिताउन चाहन्नथें ।’

अमिषाले थप भनिन्- ‘तपाईंलाई माया गर्ने मानिसहरूले तपाईंको करियरलाई फस्टाउन दिनेछन् । मैले मेरो करियरको लागि धेरै गुमाएको छु र प्रेमको लागि धेरै । मैले एकअर्काको खातिर दुवै त्यागेको छु । मलाई लाग्छ मैले दुवैबाट सिकेको छु । फिल्ममा प्रवेश गर्नु अघि, म कसैसँग सम्बन्धमा थिए । ऊ मेरो लागि राम्रो विकल्प थियो । यद्यपि, जब मैले फिल्ममा प्रवेश गर्ने निर्णय गरें, मेरो पार्टनरले मलाई सार्वजनिक नजरमा राख्न चाहँदैनथे । त्यसैले, मैले प्रेम भन्दा करियर रोजें ।’

अमिषाले आफु अहिले विवाहको लागि पूर्ण रूपमा तयार भएको बताउदै सही व्यक्ति भेट्टाएमा विवाह गर्ने बताएकी छन् । 

Read More

तालिबानको नयाँ आदेश: विश्वविद्यालयमा महिलाहरूले लेखेका पुस्तकमा प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयहरूबाट महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ । सोही आदेशले मानव अधिकार र यौन उत्पीडन जस्ता विषयहरूको पढाइलाई पनि निषेध गर्दछ ।

तालिबानले ६८० पुस्तकहरू प्रतिबन्ध लगाएको छ, जसमा लगभग १४० महिलाहरूले लेखेका छन्, जसमा ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता पुस्तकहरू पनि समावेश रहेको बताइएको छ ।

तालिबानले यी पुस्तकहरू उनीहरूको नीति र शरिया विरुद्ध रहेको बताएको छ । विश्वविद्यालयहरूलाई अब १८ विषयहरू नपढाउन पनि आदेश दिइएको छ, जुन तालिबान अधिकारीहरूका अनुसार ‘शरियाका सिद्धान्तहरू र प्रणालीको नीति अनुरूप छैनन् ।’

यो आदेश विगत चार वर्षमा तालिबानद्वारा लगाइएका प्रतिबन्धहरूको श्रृंखलामा अर्को कदम हो ।

यस हप्ता, तालिबानको सर्वोच्च नेताको आदेशमा कम्तिमा १० प्रान्तहरूमा फाइबर-अप्टिक इन्टरनेट प्रतिबन्धित गरिएको थियो । अधिकारीहरूले यसको उद्देश्य अनैतिकता रोक्नु रहेको बताएका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो ।

Read More

माफी माग्दै विष्णु पौडेलले भने: एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ

काठमाडौँ ।  जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् । 

संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन् । 

पौडेलले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन्।  

उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । 

उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे। यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भएको बताएका छन् ।  

उनले पार्टीले अब जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई नीति निर्माण र नेतृत्वमा युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने, संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।  

संविधान दिवसको ऐतिहासिक अवसरमा विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा उनले जोड दिए। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी रूपमा अघि बढ्न सकियोस् भन्दै उनले सबैमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

Read More

ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् ।

तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।

‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ निर्देशन दिंदै मन्त्री घिसिङले भने । ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

सिंचाइअन्तर्गत राष्ट्रिय गौरबको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।

संसद भवन पुसभित्रै जसरी पनि सकौं
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए ।

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ ।’

संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ ।

राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकल अन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालन लगायतका काम बाँकी रहेका छन् ।

अनियमिता फेला परे तुरुन्तै कारबाही
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले अनियमिता फेला परेमा त्यसमा सङ्लग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।

‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ  त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’ उनले सेवा प्रवाहमा सुधार गर्न पनि निर्देशन दिए ।

Read More