२०८३ बैशाख १३

गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

इजिप्टको शर्म अल-शेख रिसोर्टमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए । यस अवसरमा ट्रम्पले भने- ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदैछ ।’ उनले इजरायल र हमासबीच युद्धविरामको मध्यस्थतामा मद्दत गरेकोमा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरेका थिए ।

सो अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ऐतिहासिक भनेका छन ।

सोमबार, ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको भागको रूपमा, इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान भएको थियो । यस चरणमा हमासद्वारा २८ इजरायली बन्धकहरूको शव फिर्ता पनि समावेश रहे पनि हमासले अहिलेसम्म चार जनाको मात्र शव हस्तान्तरण गरेको छ ।

Read More

विपिनको शव फरेन्सिक जाँचका लागि तेल अविभ पुर्‍याइयो

काठमाडौँ । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।

हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए ।

यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए ।

२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए । सँगै रहेका घाइते साथीलाई जोगाउन लागेका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो ।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”

उनको शव फरेन्सिक जाँचका लागि तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

विपिनको जन्म २०५७ मा बैतडीको तत्कालीन विजयपुर गाविस (हालको पुर्चौडी नगरपालिका–१०) मा भएको थियो । उनी बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुन्। उनको परिवार हाल कन्चनपुरमा बस्दै आएको छ ।

Read More

विपिन जोशीसहित चार जना बन्धकको शव इजरायललाई बुझाउदै हमास

काठमाडौँ । हमासले विपिन जोशीको शव इजरायललाई आजै बुझाउने भएको छ । हमासे जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।

यसअघि जोशी जिवित नभएको कुरा इजरायली सेनाले इजरायलमा रहेको नेपाली दूतावास र जोशीको परिवारलाई जानकारी गराएको थियो ।

आज साँझ हमासले विपिन जोशीसहित इ इलौज, योस्सी शराबी, रडानियल पेरेत्सको शव इजरायललाई बुझाउने भएको हो । इजरायलको तर्फबाट ती चारै जनाको शव रेडक्रसले बुझ्ने जनाईएको छ ।

Read More

फोनको ब्याट्री कति सकिएपछि चार्ज गर्ने ?

काठमाडौँ । धेरैजसो फोन प्रयोगकर्ताहरूले ब्याट्री १० प्रतिशतभन्दा कम हुँदा वा बन्द हुन लागेको बेला फोन चार्ज गर्छन् । यद्यपि, यो विधि पूर्णतया गलत मानिएको छ । चार्ज गर्न फोन ० प्रतिशत सम्म पुग्न पर्खनु हुँदैन ।

पूर्ण रूपमा डिस्चार्ज भएपछि स्विच अफ गर्दा उपकरणको ब्याट्री बिग्रन सक्छ । त्यसैले, फोनको ब्याट्री कति प्रतिशतमा चार्ज गर्नुपर्छ भनेर जान्न महत्त्वपूर्ण छ । विज्ञहरूले यस विषयमा आफ्नो विचार पनि व्यक्त गरेका छन्, फोन कति प्रतिशतमा चार्ज गर्नुपर्छ र कति प्रतिशतमा फोन चार्जिङबाट हटाउनुपर्छ भनेर बताएका छन्।

आज धेरैजसो स्मार्टफोनहरूले लिथियम-आयन ब्याट्रीहरू प्रयोग गर्छन् । यी ब्याट्रीहरू हल्का र टिकाउ हुन्छन्, तर यदि राम्रोसँग प्रयोग नगरिएमा तिनीहरूको आयु छोटो हुन सक्छ । विज्ञहरूका अनुसार, फोनको ब्याट्री कहिल्यै पनि ० प्रतिशतसम्म पूर्ण रूपमा सक्नु हुदैन । यसले ब्याट्रीमा दबाब दिन्छ र यसलाई बिस्तारै बिग्रन्छ ।

विशेषज्ञहरूले २० प्रतिशतमा पुग्ने बित्तिकै फोन चार्ज गर्न सिफारिस गर्छन् ।

केही मानिसहरूले ब्याट्री १०० प्रतिशतमा चार्ज गर्नुपर्छ कि पर्दैन भनेर सोध्ने गर्दछन । कहिल्यै पनि आफ्नो फोन १०० प्रतिशत चार्ज नगर्न सुझाव दिइएको छ । स्टेट युनिभर्सिटीको इलेक्ट्रोकेमिकल इन्जिन सेन्टरका निर्देशक चाओ-याङ वाङले नियमित रूपमा आफ्नो फोन १०० प्रतिशत चार्ज गर्नाले यसको ब्याट्रीको आयु घट्न सक्ने बताएका छन् ।  पूर्ण रूपमा चार्ज गरिएको ब्याट्रीमा उच्च भोल्टेज हुन्छ, जसले ब्याट्रीमा रासायनिक परिवर्तनहरू निम्त्याउँछ र यसलाई कमजोर बनाउँछ । यदि आफ्नो फोनलाई ९० प्रतिशत चार्ज गरिएको छ भने ब्याट्री १०-१५ प्रतिशत लामो समयसम्म टिक्न सक्ने विज्ञले बताएका छन् ।

Read More

महिला क्रिकेट विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रीका ३ विकेटले विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बंगलादेशले दिएको २३३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै २३२ रन बनाएको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रीकाको यो ४ खेमा तेस्रो जित हो । यो जितपछि दक्षिण अफ्रिका ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै बंगलादेशको भने यो ४ खेमा तेस्रो हार हो । ४ खेलमा २ अंक रहेको बंगलादेश छैटौं स्थानमा छ ।

Read More

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डामा अझै विवाद

काठमाडौं । नेपाली काँगेसको केन्द्रीय समितिको बैठक जेनजी आन्दोलनपछि पहिलोपटक आजदेखि शुरु हुदै छ ।  बैठक आज दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा शुरु हुदैछ ।

यस बैठकको मुख्य एजेन्डा कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने रहेको छ । अहिले कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बारे बहस चलिरहेको छ ।

अर्कोतर्फ केन्द्रीय समितिको बैठकका एजेण्डा तय नभएपछि केहि दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजे फेरी बैठक बोलाइएको छ । सो बैठकले एजेन्डा तय गरेपछि र दिउसो १ बजेदेखि केन्द्रीय समितिको बैठक शुरु गर्ने बताइएको छ ।

अर्कोटार्ग एक पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर आज केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी गरेका छन् । 

विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबि गरिएको छ ।

Read More

नेपाल र भियतनामबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेल आज खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।

यसअघि असोज २३ गते खेलेको खेलमा नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । 

भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक लगातार दोस्रो खेल खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।

आज हुने नेपालको होम खेल हो । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका तीनै खेलमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका ३ खेलमा ३ जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।

Read More

जेनजी आन्दोलनपछि देश छोडेर भागे मेडागास्करका राष्ट्रपति

काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् । 

जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।

संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।

राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको बताइएको छ ।  केहि रिपोर्टहरुमा उनी फ्रान्स गएको दाबि गरिएको छ ।

Read More

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज २९ गते बुधबार ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

भेरी नगरपालिकामा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनि र ७ कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ ।

अख्तियारले अनुसन्धानका क्रममा नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकको ठेक्का प्रक्रियामा मिलोमतो गरेर ठेक्का दिएको प्रमाणित भएको बताउदै विशेष अदालत,मा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले ८१ लाख ५३ हजार ६३० बिगो कायम गर्दै भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत कार्यरत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापा/सविन/सुदर्शन जे.भी., खलगां ४ जाजरकोट र उक्त जे.भी.का आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । 

Read More