२०८३ बैशाख १३

मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू

काठमाडौँ ।  नेपालको सफल फ्रेन्चाइज फिल्म ‘कबड्डी’ को अब पाँचौँ सिरिजको छायांकन शुरु भएको छ ।

चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी- ५ को निर्माण शुरु गरेको हो । सोमबारबाट यो फिल्मको छायांकन मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीबाट शुरु गरिएको हो । 

फिल्ममा ‘कबड्डी’ सिरिजमा धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको प्रवेश पनि भइरहेको छ । चौथौ सिरिजमा काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायत पाँचौं सिरिजमा पनि रहने छन् भने यस फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।  त्यस्तै यस फिल्ममा अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) र्ट विपिन कार्कीको इन्ट्री भएको छ । विपिन तिहारपछि मात्र फिल्मको छायांकनमा जोडिने निर्माण पक्षले जानकारी दिएको छ । 

रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । यस फिल्मको लेख्न उपेन्द्र सुब्बाको रहेको छ ।

Read More

गाजा शान्ति योजनाप्रति राष्ट्र संघका महासचिव गुटेरेसको स्वागत

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।

उनले यो युद्धविरामलाई दिगो शान्तिमा परिणत गर्न आह्वान गर्दै गाजामा आर्थिक सहयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले राहत कार्यहरू द्रुत गतिमा सञ्चालन गरिरहेका छन् । तिनीहरू महिनौंदेखि काटिएका क्षेत्रहरूमा पुगिरहेका छन् ।’

यद्यपि, आवश्यकताहरू अझै पनि ठूलो छन् । निरन्तर पहुँच र आर्थिक सहयोग महत्त्वपूर्ण छ ।’ गुटेरेसले अगाडी भनेका छन्- ‘म सबैलाई यो युद्धविरामलाई बलियो बनाउन र यसलाई दिगो शान्तिमा रूपान्तरण गर्न अपील गर्दछु ।’

सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा गाजा शान्ति योजनामा ​​हस्ताक्षर गरिएको थियो । २० भन्दा बढी देशका नेताहरूले शिखर सम्मेलनमा भाग लिएका थिए ।

Read More

महराको कानुनी भागदौड निर्णायक मोडमा, आज थुनछेक बहस हुँदै

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।

उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनिया राहदानीबाहक ली हान सोङले ल्याएका दुई सुटकेसमा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो

सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो। त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन्।

Read More

हिमालयन लाइफका सीईओ मनोज कर्णको अप्रत्याशित राजीनामा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका हुन्।

कम्पनीका अनुसार उनको राजीनामा सोही दिन दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

Read More

वीरगन्जमा राजस्वको छापाः सुनचाँदी व्यवसायीको घरबाट स्रोत नखुलेको सुन र कागजात बरामद

पर्सा । वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको थियो। टोलीले घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू र कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरेको जनाएको छ।

सर्राफ वीरगन्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन्। राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गरेको थियो । प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन्।

अधिकारीहरूले सर्राफलाई पठाएको पत्रमा भनिएको छ, ‘राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो। राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ।’

हाल टोलीले बरामद गरेको सुन लगायतका सामग्री माईस्थानमा रहेको सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगी तौल तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यसै क्रममा अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
छापामारीपछि वीरगन्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ।

यसैबीच, सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको र त्रसित बनाएको आरोप लगाएका छन्। ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित छ,’ व्यवसायीहरूको भनाइ छ ।
राजस्व अनुसन्धान कार्यालयले भने यो कार्य कानूनी प्रक्रिया अनुसार भएको र थप विवरणका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

Read More

स्टारशिपको ११औं परीक्षण सफल

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यापारी एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसको सबैभन्दा शक्तिशाली रकेट, स्टारशिपको ११औं परीक्षण सफल भयो। प्रक्षेपण सफल भएको छ । यो परिक्षण टेक्सासको बोका चिकाबाट भएको थियो र हिन्द महासागरमा अवतरण गरेको थियो ।

अहिलेसम्म बनेको सबैभन्दा ठूलो र शक्तिशाली रकेट, स्टारशिप, टेक्सासको दक्षिणी छेउबाट प्रक्षेपण गरिएको थियो । रो रकेट योजना अनुसार, मेक्सिकोको खाडीमा नियन्त्रित प्रवेश गर्यो, स्टारशिपलाई हिन्द महासागरमा अवतरण गर्नु अघि अन्तरिक्षमा उडान जारी राख्न छोड्यो ।

परीक्षण उडानको क्रममा स्टारशिप रकेट प्रक्षेपण गरिएको थियो र अघिल्लो परीक्षण (१०औं) जस्तै, सफलतापूर्वक संसारको आधा परिक्रमा गर् यो। बूस्टरले योजना अनुसार मेक्सिकोको खाडीमा नियन्त्रित प्रवेश गर्यो, र अन्तरिक्षयान हिन्द महासागरमा अवतरण गर्नु अघि अन्तरिक्षमा कक्षामा घुम्न जारी राख्यो । 

सुपर हेभी बूस्टरले मेक्सिकोको खाडीमा पानीमा अवतरण गर्‍यो भने स्टारशिपले हिन्द महासागरमा पानीमा अवतरण गर्‍यो । यो परिक्षण १ घण्टा ६ मिनेटसम्म चलेको थियो । स्टारशिप अन्तरिक्षयान (माथिल्लो भाग) र सुपर हेभी बूस्टर (तल्लो भाग), जसलाई सामूहिक रूपमा स्टारशिप भनेर चिनिन्छ, भविष्यमा रकेट प्रक्षेपणहरूको परीक्षण गर्ने उद्देश्यले गरिएको थियो । स्टारशिप ४०३ फिट अग्लो छ र यस्मा मस्कले मंगल ग्रहमा मानिसहरू पठाउन यसको प्रयोग गर्ने योजना रहेको बताउदै आएका छन् ।

स्पेसएक्सले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पठाउने प्रयासमा विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रकेट स्टारशिप प्रयोग गर्ने योजना बनाएको छ । 

अगस्ट २७ मा गरिएको स्टारशिपको १०औं परीक्षण सफल भएको थियो । जसले स्टारलिङ्क सिम्युलेटर उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गर्नेदेखि इन्जिन सुरु गर्नेसम्मका सबै उद्देश्यहरू पूरा गरेको थियो । यो पुन: प्रयोग गर्न मिल्ने गरि बनाइएको छ, जुन मानिसहरूलाई चन्द्रमाको कक्षबाट सतहमा र फेरि फिर्ता लैजान डिजाइन गरिएको हो ।

Read More

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् । उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना भने छैन । उनले विश्वासको मत नपाएपनि आफ्ना धारणा सदनमा राख्न चाहेर विश्वासको मत लिन लागेको बताएका छन् ।

मुख्यमन्त्री सिंह सरकारमा एक्लो भएका छन् । मुख्यमन्त्री सिंहलाई समर्थन गरेका दलहरूले एकपछि अर्काले साथ छोड्दै गएपछि अहिले  मन्त्रिपरिषदमा मुख्यमन्त्री सिंह एक्लो छन् । उनको आफ्नै दल जनमत पार्टीले समेत साथ छोडेपछि मुख्यमन्त्री सिंह एकल भएका हुन्। 

उनको पार्टीसहित सरकारमा सहभागी दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले साथ छोडिसकेका छन् ।

भदौ २३–२४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक रूपमा भने लिखित बुझाएनन् । मुख्यमन्त्रीको राजीनामा नआएपछि जनमतले स्पष्टीकरण सोद्धै मुख्यमन्त्री र मन्त्रीलाई राजीनामा दिने निर्देशन दिएपनि उनले पद छोड्न मानेनन् ।

Read More

एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा लक्जरी विशेष छुट: सेवा लिँदा १५% सम्म लाभ

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं, सुकेधारामा रहेको Mercure Hotel विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Read More

तिन अर्ब ३० करोड बजारमा उतार्दै राष्ट्र बैंक: बैंक बित्तिय संस्थासंग माग्यो आबेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो रकम लगानीका लागि आवेदन दिन आह्वान गरेको छ।

सूचना अनुसार, लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा अनुपात कूल कर्जाको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त पूरा गर्नुपर्नेछ।

यस्ता पात्रता भएका बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गतेसम्म आफूले लिन चाहेको रकम र सो रकमका लागि प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेश गर्नुपर्ने सूचनामा जनाइएको छ।

राष्ट्र बैंकले यस्तो लगानीलाई वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्न र उपदान–पेन्सन कोषको व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको जनाएको छ।

Read More

हमास हस्तान्तरण गर्यो चार मृत बन्धकको शव

काठमाडौँ । हमासले चार मृत बन्धकहरूको शव हस्तान्तरण गरेको छ । इजरायलको सेनाले हमासले गएराती चार मृत बन्धकको शव रेडक्रसमार्फत हस्तान्तरण गरेको जानकारी दिएको छ ।

साथै इजरायली सेनाले शवको डीएनए परिक्षण गरेपछि मात्र कसको शव हो भन्ने औपचारिक रुपमा जानकारी दिने बताएको छ ।

यद्यपी हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूमा नेपाली युवा विपिन जोशी, इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेको जानकारी दिएको थियो ।

२८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिएको छ ।

अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र अर्थात सोमबार दिउसोसम्म बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने शर्त भएपनि हमासले त्यसको अवज्ञा गरेको छ । यद्यपी हमासले आफुहरुले सम्झौताको शर्त पालना गर्न प्रतिबद्ध रहेको बताएको छ ।

Read More