२०८३ बैशाख १३

जापानका पूर्व प्रधानमन्त्री आबेको हत्याका अभियुक्तले अदालतमा स्वीकार गरे अपराध

काठमाडौँ । जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या गरेको अभियोग लागेका व्यक्तिले अदालतमा आफ्नो दोष स्वीकार गरेका छन् । तीन वर्षअघि आबेको दिनदहाडै हत्या गरिएको थियो । उक्त हत्याले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको थियो ।

अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीलाई हत्या र हतियार नियन्त्रण कानून उल्लङ्घनको आरोप लगाइएको थियो । जुलाई २०२२ मा भाषण दिइरहेको बेला आबेको हत्या गर्न हस्तनिर्मित हतियार प्रयोग गरेको आरोप लगाइएको छ । यामागामीले अदालतमा आफुले आबेको हत्या गरेको सत्य भएको बताएका छन् ।

यामागामीलाई २०२२ को चुनावी भाषणको क्रममा आबेलाई हस्तनिर्मित बन्दुकले गोली हानेको आरोप लगाइएको छ । उनले कोरियाली युद्धको एक वर्षपछि १९५३ मा दक्षिण कोरियामा गठन भएको एकीकरण चर्चसँग रिसाएका कारण आबेलाई आक्रमण गरेको बताएका छन् । यामागामी विश्वास गर्थे, यो चर्चको आबे र अन्य जापानी नेताहरूसँग घनिष्ठ सम्बन्ध छ । उनले अधिकारीहरूलाई भने, उनकी आमाले चर्चलाई ठूलो रकम दान गरेकी थिइन्, जसले गर्दा उनको परिवार आर्थिक रूपमा बर्बाद भएको थियो ।

एकीकरण चर्चको विश्वव्यापी रूपमा बलियो राजनीतिक सम्बन्ध छ। यसले जापानमा सयौं मुद्दाहरूको सामना गरेको छ । धेरै परिवारहरूले आरोप लगाउँछन्, चर्चले मानिसहरूलाई आफ्नो बचत दान गर्न प्रभावित गरेको थियो । यद्यपि, दशकौंसम्म, चर्च सरकारी छानबिनबाट धेरै हदसम्म अक्षुण्ण रह्यो र जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीसँग घनिष्ठ सम्बन्ध कायम राख्यो ।

आबे जापानमा २००६ देखि २००७ सम्म र २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए ।

Read More

भरूवा बन्दुकसहित पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरूवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय देबस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘कम्युनिष्ट पार्टी नेपाल’ नामक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ ।

मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डसहित आयोगमा पुगेका नेताहरुले ‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताको निवेदन दिएका हुन् ।

प्रकाण्डले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताएका छन् । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताए ।

प्रकाण्डले आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको बताउदै यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने दाबि पनि गरेका छन् । 

Read More

हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक

म्याग्दी । ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो ।

अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा अहिले ठुलो हिमपात परेको र केहि पर्यटक रोकिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन समेत गरिएको बताइएको छ ।

प्रशासनले भने म्याग्दी जिल्लास्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने संभावित क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू साथै काम विशेषले त्यस क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरू सबैले आफु रहेको एवम् यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न तथा यात्रा तय गर्न अनुरोध गरको छ ।

Read More

सुन तोलामा २९ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २ हजार ९ सयले घटेर तोलाको २ लाख ३७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

Read More

काठमाडौँका छठ घाटमा महानगरले गर्यो सरसफाइ

काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।

महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ । 

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेका थिए । 

Read More

मौसम परिवर्तनसँगै काठमाडौँमा प्रदुषण पनि बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । मंगलबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको तेस्रो शहर रहेको छ । अहिले (मंगलबार बिहान सवा ११ बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १६८ रहेको छ । जसलाई अस्वस्थ मानिन्छ । काठमाडौँ भन्दा बढी वायुको स्तर पाकिस्तानको लाहोरको २६० र भारतको दिल्लीको २६८ रहेको छ ।  

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

Read More

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात

पोखरा । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् भने हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले रातको समयबाट बर्षातसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात परेको जानकारी दिदै उक्त क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सतर्कता अपनाई यात्रा गर्न आग्रह गरको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ । यसअघि पनि मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गर्दै बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु/नगराउन अनुरोध गरिएको छ ।  

सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।

Read More

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा एमालेलाई जोड्न लागिएको भन्दै राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् सबैलाई कडा कारबाही गर्न आग्रह गरेका छन् । साथै उनले  देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्: 

लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्-सबैलाई कडा कारबाही गरौं । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।

Read More

एमालेको सचिवालय बैठक बोलाइयो, महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । 

महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

Read More