२०८३ बैशाख १३

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध, घरबाट निस्कने फोहोर कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला घर कम्पाउण्डमा सुरक्षित राख्न आग्रह गरेको छ ।

महानगरपाकिाकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित तवरणले राख्न आग्रह गरेको हो । 

महानगरपालिकाले दिएको जानकारी अनुसार बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको हो । महानगरले अर्को सूचना प्रकाशित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरेको छ ।

यसैबीच बन्चरेडाँडामा फोहोर फाल्न अवरोध भएको विषयमा स्थानीय, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयबीच छलफल भइरहेको छ ।

Read More

तीन दिनको प्रयासपछि मुस्ताङको हिडन भ्यालीबाट १५ पर्यटकको सेनाबाट उद्धार

मुस्ताङ । मुस्ताङको हिडन भ्याली ईलाकामा हिमपातमा फसेका ३ विदेशी सहित १५ जना पर्यटकको उद्धार गरिएको छ । 

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले तीन दिनको अथक प्रयास पश्‍चात शुक्रबार  करिब ४९०० मिटरको बतासेडाँडा ईलाकाबाट सकुशल उद्धार गरेको छ ।

Read More

फाफ डु प्लेसिस एनपीएलमा विराटनगरबाट खेल्ने

काठमाडौँ । दक्षिण अफ्रीकाका पुर्व कप्तान फाफ डु प्लेसिस एनपीएलमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

फाफले दोस्रो सिजनको एनपीएलका लागि विराटनगर किंग्ससँग सम्झौता गरेका हुन् । आइपिएलमा लामो समय रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका फाफ यस बर्ष दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।  

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालगायतका खेलाडी रहेका छन् ।

Read More

एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का निलम्बित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरेको छ ।

शुक्रबार बसेको संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्काले विधानविरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको जनाएको छ ।

एन्फाले भनेको छ: 
अखिल नेपाल फुटबल संघ एन्फाको आज मिति २०८२ कार्तिक १४ गते विधानको धारा ३९ को २ र ६ बमोजिम संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठक बस्यो । संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले संघको विधान विरुद्ध निजलाई कुनै वैधानिक अधिकार नभएको तर संघको लेटरहेड, छाप, चलानी नम्वर दुरुपयोग गरी संघको महासचिव निलम्वनको दुसप्रचार गर्ने कार्य, विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघको पधाधिकारीहरुलाई निराधार गाली गलोज, आधारहिन आरोप, दुष्प्रचार गर्ने कार्य, सि डिभिजन क्लबहरुलाई बिना प्रमाण खेल मिलेमतोको आरोप लगाउने कार्य लगायत विधान विरुद्ध फिफा, एएफसी लगतयतका अन्य निकायहरुमा इमेल तथा पत्रचार गरी पटक पटक संघको विधान विरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको छ ।

Read More

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई प्रशिक्षकको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।

खड्काले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।

फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा अन्तरिम रुपमा खड्कालाई नियुक्त गरिएको छ । रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।   

Read More

नेपाल वायु सेवा निगमको महाप्रबन्धक चयन गर्न समिति गठन

काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गरेकी हुन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न कार्यादेश दिइएको छ ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने भएका छन् ।

यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

Read More

मनाङको तिलिचो बेश क्याम्पमा १५ पर्यटक अलपत्र, उद्वारको लागि सशस्त्र प्रहरी परिचालन

मनाङ । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यकको उद्धारको लागि शुक्रबार बिहान सशस्त्र प्रहरी बलको उद्वार टोलि त्यसतर्फ गएको छ ।

२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण  तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका छन् । 

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि खटिएको छ ।

सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्वारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताईएको छ ।

Read More

उपराष्ट्रपति भान्स भन्छन्- पत्नी उषा एक दिन इशाई बन्नेछिन्

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले क्याथोलिक चर्चबाट प्रभावित भएर आफ्नी हिन्दू पत्नी उषा भान्स एक दिन ईसाई धर्ममा परिवर्तन हुने आशा व्यक्त गरेका छन् ।

मिसिसिपीको एक कार्यक्रममा, एक भारतीय महिलाले सोधेको प्रश्नको जवाफ दिदै उपराष्ट्रपति भेन्सले यस्तो जवाफ दिएका हुन् ।

भान्सले जवाफ दिदै उनकी पत्नी अहिले धेरैजसो आइतबार सँगै चर्च जाने गरेको र आफुले एक दिन उनकी श्रीमती पनि उनी जस्तै कारणले चर्च जाने विश्वास व्यक्त गरेका छन् । भान्सले उनी ईसाई धर्ममा विश्वास गर्ने बताउदै उनकी श्रीमती पनि आउने कुरामा विश्वस्त रहेको बताए ।

भान्सले उनकी श्रीमतीको अर्को धर्ममा विश्वासले उनको लागि समस्या खडा नगरेको समेत बताए । जेडी भान्सले २०१९ मा क्याथोलिक बनेका थिए । उनी पहिले आफूलाई नास्तिक मान्थे । भान्स र उषाको विवाह २०१४ मा भएको थियो । उषा भारतीय मुलकी हिन्दु हुन् । दुवैका तीन छोराछोरी (दुई छोरा र एक छोरी) छन् जसलाई क्रिश्चियन तरिकाले हुर्काइएको बताइएको छ ।

Read More

गत आर्थिक बर्षमा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल समक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेश गरेका छन् । 

प्रतिवेदन अनुसार आ.ब. २०८१-८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ । कोष ऋणात्मक रहेता पनि विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेख नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा २९ बमोजिम आर्थिक वर्ष २०८१।८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, ऐ. ऐनको दफा ३३ को उपदफा ११ बमोजिम आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थ मन्त्री श्री रामेश्वरप्रसाद खनाल समक्ष र केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण तयार गरिएको हो । 

नेपालको संविधान, प्रचलित ऐन र अन्य कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्ने र आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व कानूनको आधारमा एकीकृत वित्तिय विवरण र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी अनुसार उल्लेखित एकीकृत विबरण तथा प्रतिवेदन कानूनद्वारा निर्धारित समयावधि भित्रै अर्थ मन्त्रीज्यू समक्ष र महालेखापरीक्षकको कार्यालयमा पेश गरिएको जनाएको छ ।

Read More

ओली र लेखकसहितको राहदानी रोक्काको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हदको रिटमा १५ दिनभित्र लिखित जवाफको आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो रिटमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ मागेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेको रिटमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेश माग गरिएको थियो ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोेगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

Read More