२०८३ बैशाख १३

निर्देशनमा नौं बर्षपछि फर्किए भुवन केसी, ‘बाटुलो जुन’ बनाउदै

काठमाडौँ ।  अभिनेता भुवन केसीले ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेका छन् । 

केसीले फिल्म ‘बाटुलो जून’ मार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । फिल्मको गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहुर्त गरेर छायांकनको औपचारिक सुरुआत गरिएको छ ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ ।  फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ ।

केसीले पछिल्लो पटक फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका थिए । त्यस्तै, अनमोलले बुबा (भुवन केसी) कस फिल्म ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रूमाल’ जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरि फिल्ममा जोडिएको प्रतिक्रिया दिएका छन् । 

जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । फिल्ममा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

Read More

आहा रारा पोखरा गोल्ड कप माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने

पोखरा । आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ ।

सोमबार आयोजक सहारा क्लब पोखराले माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण आयोजना हुने जानकारी दिएको हो । 

क्लबले पोखरामा आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी शुरु भएको जानकारी दिएका छन् ।

Read More

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने भारतको टिम घोषणा, कप्तानको जिम्मेवारी केएल राहुललाई

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि आइतबार भारतीय टोलीको घोषणा गरेको छ । कोलकाता टेस्टमा घाइते भएका कप्तान शुभमन गिललाई आगामी एकदिवसीय सिरिजबाट आराम दिइएको छ । उनको स्थानमा केएल राहुललाई नियुक्त गरिएको छ भने ऋषभ पन्तलाई उपकप्तानको रूपमा नियुक्त गरिएको छ ।

बोर्डले घोषणा गरेको १५ सदस्यीय टोलीमा आठ ब्याट्सम्यान, तीन अलराउन्डर, तीन फास्ट बलर र एक विशेषज्ञ स्पिनर समावेश छन् । रोहित शर्मा, यशस्वी जयस्वाल, विराट कोहली, तिलक वर्मा, रुतुराज गायकवाड, ध्रुव जुरेल, केएल राहुल (विकेटकिपर), र ऋषभ पन्त (विकेटकिपर) लाई ब्याट्सम्यानको रूपमा समावेश गरिएको छ । छनोट समितिले अलराउन्डरको रूपमा वाशिंगटन सुन्दर, रवीन्द्र जडेजा र नितिश कुमार रेड्डीमाथि पनि विश्वास राखेको छ । हर्षित राणा, अर्शदीप सिंह र प्रसिद्ध कृष्णलाई फास्ट बलिंगको जिम्मेवारी तोकिएको छ । कुलदीप यादवलाई विशेषज्ञ स्पिनरको रूपमा टोलीमा समावेश गरिएको छ ।

अनुभवी अलराउन्डर जडेजा एकदिवसीय टोलीमा फर्किएका छन् । छनोट समितिले अक्षर पटेललाई आराम दिएको छ । जडेजालाई अष्ट्रेलिया विरुद्धको हालैको एकदिवसीय सिरिजमा टिममा समावेश गरिएको थिएन । उनले अन्तिम पटक च्याम्पियन्स ट्रफीको फाइनलमा भारतको लागि एकदिवसीय खेलेका थिए । पन्त पनि जडेजासँगै एकदिवसीय टोलीमा फर्किएका छन् । यसैबीच, रुतुराज गायकवाड र तिलक वर्मालाई टोलीमा समावेश गरिएको छ । उनीहरूको उपस्थितिले मध्यक्रमलाई बलियो बनाउनेछ ।

फास्ट बलर जसप्रीत बुमराह र मोहम्मद सिराजलाई आगामी सिरिजको लागि आराम दिइएको छ । दुवै जना हाल दक्षिण अफ्रिका विरुद्धको जारी टेस्ट सिरिजमा खेलिरहेका छन् । छनोट समितिले उनीहरूको कार्यभार व्यवस्थापन गर्न उनीहरूलाई आराम दिएको बताएको छ ।

अनुभवी तीव्र गतिका बलर मोहम्मद शमीलाई यस सिरिजका लागि छनोटकर्ताहरूले फेरि एक पटक बेवास्ता गरेका छन् । उनले हालै घरेलु क्रिकेटमा आफ्नो प्रभावशाली प्रदर्शनका साथ टोलीमा पुनरागमनको लागि दाबी गरेका थिए ।

भारत र दक्षिण अफ्रिका हाल दुई टेस्ट खेलको सिरिज खेलिरहेको छ । पहिलो खेल कोलकातामा खेलिएको थियो, जहाँ पाहुना टोलीले जित हासिल गर्दै १-० को अग्रता लिएको थियो । दुई टोलीले अब गुवाहाटीमा दोस्रो टेस्ट खेलिरहेका छन् । यसपछि, दुई टोलीले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। पहिलो खेल नोभेम्बर ३० मा रांचीमा खेलिनेछ । त्यसपछि भारत र दक्षिण अफ्रिका डिसेम्बर २ र ६ मा आमनेसामने हुनेछन् । यी दुई खेल क्रमशः रायपुर र विशाखापट्टनममा खेलिनेछन् ।

Read More

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ. अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।

पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाउने र प्रदेश सभा सदस्यहरुको उपस्थिति–अनुपस्थितिको जानकारी दिने कार्यसूची रहेको छ ।

त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोमबारबाट सुरु भएको सातौं अधिवेशन लगातार ५ दिन चलाउने दलहरुबीच सहमति भएको छ । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

Read More

कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा १३ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई पर्यटन तथा मनोरञ्जन सेवामा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले बन्दिपुरस्थित विभिन्न आकर्षक सेवामा १३ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौता बमोजिम बन्दिपुर केबलकारद्वारा संचालित केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा डाइभ–इन रेस्टुरेन्टमा खर्च गर्दा कुमारी बैंकका ग्राहकले प्रत्यक्ष छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। बैंकले सेवाग्राहीलाई पर्यटन प्रवर्द्धनसँगै गुणस्तरीय मनोरञ्जन सेवामा सहज पहुँच दिलाउन यस्तो सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

दुवै संस्थाबीचको सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले मंसिर ७ गते हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रमका क्रममा दुबै पक्षले पारस्परिक सहकार्यले बैंक तथा केबलकार सेवाको प्रभावकारी विस्तारमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

Read More

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आत्मघाती आक्रमण, तीन प्रहरीको मृत्यु

काठमाडौँ । पाकिस्तानको पेशावरमा रहेको संघीय कन्स्टेबुलरी मुख्यालयमा सोमबार आक्रमण भएको छ ।

रिपोर्टका अनुसार, मुख्यालय नजिकै धेरै विस्फोटहरू सुनिएका थिए, जसले गर्दा क्षेत्र खाली गरिएको थियो । पाकिस्तानी सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न आत्मघाती हमलाकारीहरू मारिएको बताएका छन् । साथै तीन प्रहरी कर्मचारी मारिएका छन् र दुई जना घाइते भएका छन्।

पाकिस्तानको द डनका अनुसार, आक्रमण बिहान ८ बजे सदर-कोहट सडकमा भएको थियो । एक आत्मघाती हमलाकारीले मुख्यालयको गेटमा आफैलाई विस्फोट गराएको थियो । त्यसपछि गोली चलेको सुनियो । अर्को आक्रमणकारीले मुख्यालयमा प्रवेश गर्ने प्रयास गरेको थियो । यद्यपि, सुरक्षा बलहरूले उनलाई गोली हानी मारेका थिए । त्यसपछि सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेर उद्धार कार्य सुरु गरेका थिए ।

आक्रमण गरिएको संघीय प्रहरी बल एक नागरिक अर्धसैनिक बल हो, जसलाई पहिले फ्रन्टियर कन्स्टेबुलरी भनेर चिनिन्छ ।

Read More

पाकिस्तानले जित्यो एसिया कप राइजिङ स्टार्सको उपाधि

काठमाडौँ । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्सको उपाधि पाकिस्तानले जितेको छ ।

आइतबार कतारको दोहामा खेलिएको फाइनलमा पाकिस्तान ए ले बंगलादेश ए लाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेपछि बंगलादेश ए ले पहिले बलिङ गर्ने निर्णय गर्यो र पाकिस्तान ए लाई २० ओभरमा १२५ रनमा आउट गर्यो । पाकिस्तान ए का लागि साद मसूदले सर्वाधिक ३८ रन बनाए भने बंगलादेश ए का लागि रिपोन मन्डलले ३/२५ लिए ।

लक्ष्य पछ्याउँदै पहिले ब्याटिङ गर्ने बंगलादेश ए ले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो, जसको परिणामस्वरूप खेल बराबरीमा सकियो ।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो । सुपर ओभरमा बंगलादेश ए ले ६ रन मात्र बनाउन सक्यो । त्यसपछि पाकिस्तान ए का ब्याट्सम्यानले ७ रनको लक्ष्य ४ बलमा हासिल गरेका थिए ।

यसअघि बंगलादेश ए सेमिफाइनलमा भारतलाई हराएर प्रतियोगिताको फाइनलमा पुगेको थियो, जुन सुपर ओभरमा पनि गएको थियो ।

Read More

दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा

काठमाडौं । कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा ‘विदेशीको इशारा’ मा भने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा  र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्:
४६ सालमा पन्चायत ढल्दा पन्चहरूले भन्थे “बिदेशीको इसारामा पंचायत ढाले ! ६२ /६३ मा राजा बिरूद्दको आन्दोलन पनि बिदेशीहरूको कै इसारामा भयो भनियो !  अहिले सत्ता गुमेकाहरू पनि यो पल्ट जे भो बिदेशीकै इसारामा भो भन्दैछन ???

Read More

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ ।  राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको ‘खतरनाक रूपमा विकृत’ बयानले विस्तारवादी मानसिकता प्रतिबिम्बित गरेको बताएको छ ।

राजनाथ सिंहले भनेका थिए- ‘सिन्धको भूमि आज भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट यो सधैं भारतको हिस्सा रहनेछ। जहाँसम्म भूमिको सवाल छ, सीमाहरू परिवर्तन हुन सक्छन् । कसलाई थाहा छ, सिन्ध भोलि भारतमा फर्कन सक्छ ।’

राजनाथ सिंहको बयानको बारेमा पाकिस्तानले भन्यो- ‘यस्ता बयानहरूले स्थापित वास्तविकताहरूलाई चुनौती दिने र अन्तर्राष्ट्रिय कानून, मान्यता प्राप्त सीमाहरू र देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गर्ने विस्तारवादी हिन्दुत्व मानसिकतालाई प्रतिबिम्बित गर्दछ ।’

पाकिस्तानको विदेश मन्त्रालयले भन्यो- ‘हामी राजनाथ सिंह र अन्य भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्ने उत्तेजक बयान दिनबाट टाढा रहन अपील गर्दछौं ।’

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले घटेर तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३११५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।

Read More