२०८३ बैशाख १३

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको सुनुवाई जारी

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको थियो ।

रक्कीप्रसाद साह र सुजित यादव समेतले गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको र त्यसलाई खारेजु गर्नुपर्ने माग दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अर्का प्रदेश सभा सदस्यहरूका तर्फबाट कृष्णप्रसाद यादवसहितकाले  पनि अर्को रिट दायर गरेका थिए । दुवै रिटमाथि संयुक्त इजलासमा सुनुवाइ भईरहेको छ ।

मधेश प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई रिटमा विपक्षी बनाइएको छ। संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

मधेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी थिइन् ।

Read More

रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको मुद्दामा सुनुवाइ आज पनि स्थगित भएको छ ।

रवि लामिछानेका कानुन व्यवसायीबाट सुनुवाई स्थगित भएको हो । यो मुद्धाको  पेशी न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो ।

यसअघि मङ्सिर ५ गते पनि निवेदकका कानुन व्यवसायीको अनुरोधमा सुनुवाई स्थगित भएको थियो । 

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । 

लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश भएको थियो ।

Read More

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी लेविटकी भाउजु पक्राउ, ब्राजिल डिपोर्ट गर्ने तयारी

काठमाडौँ । अमेरिकी अध्यागमन एजेन्सीले ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेविटकी भाउजु ब्रुना क्यारोलिन फरेरालाई पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार, उनलाई चाँडै ब्राजिल पठाइने सम्भावना छ ।

यो मुद्दा त्यतिबेला बाहिर आएको थियो जब एजेन्सीका अधिकारीहरूले उनलाई म्यासाचुसेट्समा पक्राउ गरेर लुइसियानाको हिरासत केन्द्रमा पठाएका थिए ।

अमेरिकी गृह सुरक्षा विभागले ब्रुना पर्यटक भिसामा अमेरिका आएकी थिइन्, तर उनको भिसा १९९९ मा समाप्त भएको बताएको छ । उनीहरूले ब्रुनाले आफ्नो भिसाभन्दा बढी समय बिताएकी र आक्रमणको आशंकामा प्रक्रिया भइरहेको आरोप लगाएका छन् ।

ब्रुनाका वकिल, टोड पोमरलेउ, यस कुरामा कडा असहमत छन् । उनले ब्रुनामाथि कुनै आपराधिक आरोप नभएको र बाल्यकालमा आएका मानिसहरूलाई सुरक्षा प्रदान गर्ने सरकारी कार्यक्रम डिएसीए अन्तर्गत कानुनी रूपमा अमेरिकामा बसिरहेको बताएका छन् ।

ब्रुना ग्रिन कार्ड प्राप्त गर्ने प्रक्रियामा रहेको र उनको अचानक पक्राउले उनलाई उनको सानो बच्चाबाट अलग गरेको बताइएको छ ।

ब्रुनाको ११ वर्षीय छोरालाई उनका बुबा माइकल लेभिटले हुर्काइरहेका छन्, जो क्यारोलिन लेभिटका दाजु हुन् । माइकलले उनको सबैभन्दा ठूलो चिन्ता उनको छोराको सुरक्षा र गोपनीयता रहेको छ ।

ट्रम्प प्रशासनले यस वर्ष आप्रवासन कानूनलाई अझ कडाइका साथ लागू गर्न थालेको छ। सरकारले अनुमति बिना संयुक्त राज्य अमेरिकामा बस्ने जो कोहीलाई पनि देश निकाला गर्न सकिन्छ ।

Read More

ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट सशस्त्र प्रहरीले १५३ केजी गाँजासहित सोही ठाउँ बस्ने २० वर्षिय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाईकललाई जाँच गर्दा  प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको उल्लेखित गाँजा फेला परेको हो । सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

उक्त गाडी र मोटरसाईकललाई अन्य मोटरसाईकलमा आउँदै गरेका व्यक्तिले स्कटिङ्ग  गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिईएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाईकल चालक फरार भएका थिए ।

नियन्त्रणमा लिईएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाईकल चालकसहित आवश्यका कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

Read More

२०२६ को जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई आमन्त्रित गर्दैनौं- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई मियामीमा अर्को वर्ष हुने जी२० शिखर सम्मेलनमा भाग लिन आमन्त्रित नगर्ने बताएका छन् ।

उनले यस वर्षको बैठकमा अमेरिकी प्रतिनिधिलाई गरिएको व्यवहारका कारण दक्षिण अफ्रिकालाई दिइने सबै भुक्तानी र सहायता निलम्बन गर्ने पनि बताए । ट्रम्पले दक्षिण अफ्रिकामा हालै भएको जी२० शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डल पठाएका थिएनन् ।

ट्रम्पले दक्षिण अफ्रिकामा गोरा नागरिकहरूविरुद्ध हिंसात्मक दमन भइरहेको आरोप लगाएका छन् । यद्यपि, दक्षिण अफ्रिकाले यो आरोपलाई निराधार भनेको छ ।

जी २० जसको नामले संकेत गर्छ, २० देशहरूको समूह हो । १९९९ मा, जब एसियाली वित्तीय संकट आयो, विभिन्न देशका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूले विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरूमा छलफल गर्न एक मञ्च सिर्जना गर्ने निर्णय गरे ।

जी२० समूहमा १९ देशहरू समावेश छन्, जसमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणराज्य, मेक्सिको, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य र अमेरिका रहेका छन् ।

समूहमा युरोपेली संघ र २०२३ देखि अफ्रिकी संघ पनि समावेश छन् ।

Read More

जसपासहितका चार समुह आज नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुदै

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घेाषणा कार्यक्रम हुने भएको छ ।

एकता घेाषणा कार्यक्रम दिउसो १ बजे राष्ट्रिय सभागृह हुने जानकारी दिइएको छ ।

यस अघि दल र विभिन्न अभियानसहित १० दल एक ठाउमा आएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत समाहित भएको थियो ।

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।

Read More

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक आज दिउॅसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरि बोलाइएको छ । 

आजको बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेण्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । 

सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । 

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी)सँग ३१ जेठ २०६८मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । 

योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । 

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।  हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी  उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो ।

साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  

निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । 

पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

Read More

स्मार्ट फोन बजार: एक दशकपछि सामसुङलाई उछिन्दै एप्पल

काठमाडौँ । एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार, यो आईफोन १७ सिरिजको द्रुत गतिमा बढ्दो बिक्रीका कारण सम्भव भएको हो । एप्पलले यसअघि २०११ मा नम्बर एक स्थान हासिल गरेको थियो ।

अनुसन्धानका अनुसार, सेप्टेम्बरमा लन्च गरिएको आईफोन १७ सिरिजले अमेरिका र चिनियाँ बजार दुवैमा शानदार प्रतिक्रिया पाएको छ, जसले गर्दा एप्पलको बिक्रीमा तीव्र वृद्धि भएको छ । यसबाहेक, अमेरिका-चीन व्यापार तनावमा कमी र कमजोर डलरले पनि प्रमुख बजारहरूमा आईफोन खरिद बढाएको छ ।

काउन्टरपोइन्टको अनुसन्धान रिपोर्ट अनुसार २०२५ मा आईफोनको बिक्री १० प्रतिशतले बढ्ने छ, जबकि सामसुङको वृद्धि केवल ४.६ प्रतिशत रहने बताइएको छ । यो वृद्धिसँगै, एप्पलले यस वर्ष सामसुङलाई उछिन्दै नम्बर एक ब्रान्ड बन्ने छ ।

विश्वव्यापी स्मार्टफोन बजार २०२५ मा लगभग ३.३ प्रतिशतले बढ्नेछ, र एप्पलको हिस्सा १९.४ प्रतिशत पुग्ने अनुमान रहेको छ । एप्पल अन्तिम पटक २०११ मा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको थियो ।

काउन्टरपोइन्ट विश्लेषक याङ वाङका अनुसार आईफोन १७ को सफलताको मुख्य कारण कोभिड-१९ महामारीको समयमा फोन खरिद गर्ने उपभोक्ताहरूले अब आफ्नो फोनहरू अपग्रेड गरिरहेका छन् । २०२३ र २०२५ को बीचमा, ३५ करोड ८० लाख सेकेन्ड-ह्यान्ड आईफोनहरू बिक्री भएका थिए, जसमा प्रयोगकर्ताहरू आगामी केही वर्षहरूमा नयाँ आईफोन मोडेलहरूमा सर्ने अपेक्षा गरिएको छ ।

रिपोर्टले आगामी वर्षहरूमा एप्पलको पहुँच बलियो हुन सक्ने कुरा पनि उल्लेख गरेको छ । २०२६ मा फोल्डेबल आईफोन र बजेट आईफोन १७ ई लन्च हुने अपेक्षा गरिएको छ, जबकि कम्पनीले २०२७ मा ठूला डिजाइन परिवर्तनहरू ल्याउने तयारी गरिरहेको छ ।

यी सबै कारणहरूले गर्दा, काउन्टरपोइन्टले एप्पल २०२९ सम्म नम्बर १ स्मार्टफोन ब्रान्ड रहिरहने अनुमान गरेको छ । एप्पलले गत महिना यसको बिक्री अपेक्षा भन्दा छिटो बढिरहेको र कम्पनीको छुट्टी त्रैमासिक आम्दानी लगभग १४० बिलियनको रेकर्ड उच्चतममा पुग्न सक्ने बताएको थियो ।

Read More