२०८३ बैशाख १३

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर  २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी निफ्रा ग्रीन इनर्जी डिभेन्चरको शेयर ९.५१ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी युनाइटेड मोदीको २७ करोड १० लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १५ करोड ३८ लाखको कारोबार भएको छ ।

Read More

मन्त्री घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण

झापा । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । 

नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ । 

मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । 

मन्त्री घिसिङ सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार काम हुन नसकेको देखिएको बताए । हिउँद सुरुभएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरे । 

सडकको दायाँबायाँ रहेको विद्युतका पोल सार्न केही समस्या देखिएकाता पनि समस्या समाधान नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी गरी निर्माण प्रभावित हुन नदिने उनले बताए । 

सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । काँकडभिट्टादेखि झापाको केरखा सितापुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ । यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० कलिोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ । 

आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन् ।

Read More

निर्देशक राजसँग वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री सामन्था

काठमाडौँ । दक्षिण भारतीय सिनेमाकी चर्ची अभिनेत्री सामन्था रुथ प्रभुले वैवाहिक सम्बन्ध शुरु गरेकी छन् ।

अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद भएको लगभग चार वर्षपछि, सामन्था रुथ प्रभुले नयाँ जीवन सुरु गरेकी हुन् । 

सामन्थाले सोमबार निर्देशक राज निदिमोरुसँग विवाह गरेको जानकारी दिएकी छन् । सामन्थाले इन्स्टाग्राममा सुन्दर विवाहका तस्बिरहरू सेयर गरेकी छन्, जसमा उनी रातो साडीमा दुलहीको रूपमा सजिएकी देखिन्छिन् । 

सामन्थाले २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । नागा चैतन्यले पछि गत वर्ष अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे । 

त्यस्तै निर्देशक राज निदिमोरुको पनि दोस्रो विवाह हो । राजले २०१५ मा शिमाली डीसँग विवाह गरेका थिए भने २०२२ मा डिभोर्स भएको थियो । राज चर्चित लेखक-निर्देशक जोडी राज एण्ड डिकेका राज हुन् । दुवै जना बलिवुड र दक्षिण भारतमा थ्रिलर सिनेमा र सिरिज निर्माणका लागि चर्चित छन् । दुवैले द फ्यामिली म्यान, फर्जी जस्ता सिरिज निर्माण गरेका छन् ।

Read More

राहदानी बनाइदिन्छु भन्ने तीन जना बिचौलिया पक्राउ

काठमाडौं । राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका-६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् । 

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

Read More

वैदेशिक रोजगारी पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । 

शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

Read More

हसिनालाई बंगलादेशको अर्को अदालतले सुनायो पाँच वर्षको जेल सजाय

काठमाडौँ । बंगलादेशको एक अर्को अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।

स्थानीय मिडियाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको सशस्त्र कारावास, उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्षको सशस्त्र कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ ।

सोमबार, ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जनाविरुद्ध आफ्नो फैसला सुनाएको हो ।

भ्रष्टाचार विरोधी आयोगले पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दायर गरेको थियो । यसबाहेक, पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद र सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ अधिकारीहरूलाई पनि मुद्दामा अभियुक्तको रूपमा नाम दिइएको छ ।

हसिनालाई यसअघि मृत्यु दण्डको सजाय सुनाइएको थियो भने एक अदालतले २१ बर्षको सजाय सुनाएको थियो ।

Read More

स्रोत नखुलेको नगदसहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगर-६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Read More

बालेन शाहलाई पितृ शोक

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । 

उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको बताइएको छ ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Read More

बक्स अफिस रिपोर्ट: परानले कमायो १६ करोडभन्दा बढी

काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले दर्शकलाई आकर्षित गर्नेक्रम जारी रहेको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म १६ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।

त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।

त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड १९ लाख ३५ हजार ८५३ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ६ हजार २३९ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७४ लाख ९१ हजार ४६१ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४३ हजार ३३५ टिकट बिक्रि गरेको छ ।

Read More

चक्रवातपछि आएको बर्षा र बाढीबाट इन्डोनेसियामा ४०० भन्दा बढीको मृत्यु

काठमाडौँ । चक्रवातका कारण भएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । अझै पनि धेरै क्षेत्रहरू अझै पनि प्रमुख शहरहरूबाट विद्युत लाइन काटिएको छ र केही क्षेत्रहरू पाँच दिनदेखि मोबाइल सिग्नलविहीन छन् । 

उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकै जमिनमा आएपछि थप तीन जनाको मृत्यु भएको छ ।

गत महिनाको सुरुमा भियतनामले दिनभरि भारी वर्षाको अनुभव गरेको थियो जसमा कम्तिमा ९० जनाको मृत्यु भएको थियो । त्यस्तै थाइल्याण्डमा १७० र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा ३०० जनाको मृत्यु भएको थियो ।

Read More