२०८३ बैशाख १३

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यस्तै आयोगको सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ । 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको गरेको छ । मन्त्री खरेलका अनुसार संवाद समितिको संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

Read More

धरानबाट जुवा खेलिरहेका आठ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा बस्ने ४३ वर्षीय रवि कुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

ई-सेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौँ । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनाबारे जानकारी दिँदै ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । यस अवसरमा हामी सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना पनि व्यक्त गर्दछौं ।”

यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागू हुने कम्पनीले उल्लेख छ । कम्पनीका अनुसार विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ ।

Read More

संस्थापनको प्यानलमा नपरेका रघुजी पन्तको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौँ । पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । उनलाई ईश्वर पोखरेल पक्षको समर्थन रहेको बताइएको भए पनि पन्तले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

ओलीपक्षबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० मा कारोबार भएको थियो । आज होटल, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिम स्टार उर्जाको शेयर ६.९५ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढीएनगाडी ग्रुप पावरको १४ करोड २५ लाखको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको कारोबार भएको छ ।

Read More

ओलीले एमालेको अध्यक्षमा दर्ता गरे आफ्नो उम्मेदवारी

काठमाडौँ । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्षका लागि आफ्नो उम्मेदवार दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ओलीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि ईश्वर पोखरेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

आज साढे ३ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमालेको पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् ।

Read More

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।

सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए । 

Read More

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन् । यादव यहि मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

यादव कांग्रेससहित जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ७ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत लिनु अघि यादवले आज मन्त्रिपरिषद्को विस्तारको तयारी गरेका छन् । हाल मुख्यमन्त्री यादवसँगै जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेल मन्त्री रहेका छन् ।

मुख्यमन्त्री यादवलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन ।

Read More

धोवीखोलाको रेलिङ राख्न र मर्मत सुरु

काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मत सुरु गरिएको छ ।

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो ।

Read More

यू–१९ एशिया कप: नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत बंगलादेशलाई १३१ रन्को लक्ष्य दिएको छ ।

दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको हो ।

नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

Read More