काठमाडौँ । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्षका लागि आफ्नो उम्मेदवार दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ओलीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि ईश्वर पोखरेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
आज साढे ३ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् ।
एमालेको पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् ।




