२०८३ बैशाख १३

एमालेको मतदान शुरु (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन शुरु गरिएको छ ।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

Read More

एमालेको नेतृत्व चयन गर्न निर्वाचन शुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन शुरु गरिएको छ ।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८  घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

Read More

ट्रम्पले थप पाँच देशमाथि लगाए अमेरिका प्रवेशमा रोक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशहरू थपेको छ । यसले अन्य धेरै देशहरूमा पनि नयाँ प्रतिबन्धहरू लगाएको छ । ट्रम्प प्रशासनले जारी गरेको आदेश यसको आप्रवासन नीतिलाई कडा बनाउने निरन्तर प्रयासहरूको एक हिस्सा हो । यो निर्णय अफगान मूलका एक व्यक्तिले वाशिंगटन, डीसीमा दुई राष्ट्रिय गार्ड सैनिकहरूलाई गोली हानेपछि पनि आएको हो ।

जुन महिनाको सुरुमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए र अन्य सात देशका मानिसहरूमाथि धेरै प्रतिबन्धहरू लगाएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यस्तै नीति अपनाएका थिए । यात्रा प्रतिबन्धको अधीनमा रहेका १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश थिए भने बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरू कडा प्रतिबन्धमा थिए ।

अब ट्रम्प प्रशासनले यस सूचीमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियालाई पनि समावेश गरेको छ । सरकारले प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएको यात्रा कागजात भएका व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिका यात्रा गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

आंशिक प्रतिबन्धहरूको सामना गर्ने देशहरूको सूचीमा अब थप पन्ध्र देशहरू थपिएका छन्। यसमा अंगोला, एन्टिगुवा र बारबुडा, बेनिन, कोट डी’आइवर, डोमिनिका, गाबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे समावेश छन् 

Read More

महाधिवेशनमा भोट माग्ने नयाँ शैली: हातमा तुलसी, मुखमा राजनीति

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
कोही मुस्कान बाँड्दै छन्, कोही गुनासो सुन्दै छन्, कोही भने विगतका उपलब्धि सम्झाउँदै मतदाता फकाउने प्रयासमा छन्। तर यही भिडभाडबीच केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपाने भने अलि फरक, अलि अनौठो र अलि व्यङ्गात्मक शैलीमा देखिएका छन् ।

राजनीतिक भाषणभन्दा अघि बढेर उनले हातमा तुलसीको बोट नै बोकेर अहिले मत मागिरहेका छन् । नेताहरूले आदर्श, निष्ठा र पवित्रताको कुरा गरिरहँदा तुलसी न्यौपानेले भने ती सबै कुरा बोटमै समेटेर प्रतिनिधिहरूको सामु पुर्‍याएका छन् । मानौ राजनीति अब भाषणले होइन, प्रतीकले चल्छ भन्ने सन्देश दिन खोजिएको हो।

“नाम पनि तुलसी, चिनारी पनि तुलसी,” भन्दै उनी मजाक मिसिएको गम्भीरतासाथ भन्छन्, “राजनीतिमा पवित्रता खोजिँदै छ भने, कम्तीमा मेरो हातमा हेर्नुहोस ।”

जहाँ कतिपय उम्मेदवारले गुट, प्यानल र समीकरणको सहारा लिएका छन्, त्यहाँ तुलसी न्यौपानेले भने तुलसीकै भरोसामा मत मागिरहेका छन्। कतिपय प्रतिनिधिहरू यसलाई रचनात्मक प्रयोग मान्दै मुस्कुराइरहेका छन् भने कतिपयले व्यङ्ग गर्दै भनिरहेकाछन, “अब राजनीति पनि पूजापाठकै चरणमा पुग्यो।”

नामसँग मेल खाने यो शैली संयोग मात्रै हो कि सन्देश, त्यो त मतपेटिकाले नै निर्णय गर्नेछ । तर जे होस्, यो महाधिवेशनमा तुलसी न्यौपानेले मत माग्ने तरिका मात्रै होइन, चर्चा कमाउने दौड पनि जितिसकेका छन् ।

Read More

डेम्बेलेले जिते फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौँ । फ्रान्सका फरवार्ड उस्मान डेम्बेले फिफाको बर्ष खेलाडी बनेका छन्  । २८ बर्षिय पीएसजीका फरवार्डले यस बर्षको फिफाको ‘द बेस्ट’ अवार्ड जितेका हुन्  ।

उनले २०२४ मा पीएसजीका लागि ३५ गोल गरेका थिए भने पीएसजीलाई लिग वान र च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले गत सेप्टेम्बरमा यस बर्षको बेलुन डो अर अवार्ड समेत जितेका थिए ।

डेम्बेलेले बार्सिलोनाका लामिन यमल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । यो अवार्ड अगस्त २०२४ देखि अगस्त २०२५ सम्मको प्रदर्शनलाई आधार मानेर दिइएको फिफाले जनाएको छ । साथै यस अवार्डका लागि फिफाका सदस्य देशका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले मतदान गरेका थिए ।

Read More

परिवारमा बढ्यो डिजिटल विभाजन, के छ समाधान ?

काठमाडौँ । स्मार्टफोनले संसारलाई हाम्रो पकडमा ल्याएको छ, तर घरभित्रको दूरी पनि बढाएको छ । भिभोको पछिल्लो ‘स्विच अफ रिपोर्ट’ ले परिवारहरू बीच बढ्दो डिजिटल विभाजनको बारेमा स्तब्ध पार्ने दाबी गरेको छ । 

रिपोर्टले अभिभावकहरूको समयको अभावका कारण, बच्चाहरू अब भावनात्मक समर्थनको लागि एआई (कृत्रिम बुद्धिमत्ता) तिर लागेको उल्लेख गरेको छ ।

रिपोर्टमा सबैभन्दा स्तब्ध पार्ने तथ्याङ्क ६७ प्रतिशत बालबालिकाहरू अब आफ्ना समस्या र प्रश्नहरूको लागि एआई उपकरणहरूमा भर पर्छन् किनभने उनीहरूलाई लाग्छ कि उनीहरूका आमाबाबु धेरै व्यस्त छन् । धेरै बालबालिकाहरूको लागि, एआई एक शिक्षक र साथी बनेको छ । अवस्था यस्तो छ कि एआईको कारणले गर्दा ४ मध्ये १ बच्चाले आफ्ना आमाबाबुसँग कम कुरा गरिरहेका छन् । यसले बच्चाहरूलाई भावनात्मक समय कति चाहिन्छ भनेर संकेत गर्दछ ।

अध्ययनले डिनर त्यो समय हो जब ७२ प्रतिशत बालबालिकाले आफ्नो परिवारसँग धेरै समय बिताउँछन् । तर यहाँ पनि, मोबाइल फोन खलनायक बनेको छ । ७२ प्रतिशत अभिभावक र ३० प्रतिशत बालबालिकाले डिनर टेबलमा आफ्नो फोन जाँच गर्नु कुराकानीको सबैभन्दा ठूलो शत्रु हो भन्ने विश्वास गर्छन् । कामको बहानामा आमाबाबुले बारम्बार आफ्नो फोन जाँच गर्दा, किशोरकिशोरीहरूले बेवास्ता गरेको महसुस गर्छन् र कुराकानीको बीचमा नै कुराकानी समाप्त गर्छन् ।

यस रिपोर्टमा राहतको कुरा यो छ कि बच्चाहरू र आमाबाबु दुवै परिवर्तन चाहन्छन् । ९१ प्रतिशत बच्चाहरूले जब उनीहरूको फोन वरपर हुँदैन तब उनीहरू आफ्ना भावनाहरू सजिलै व्यक्त गर्न सक्ने बताएका छन् । सर्वेक्षणका अनुसार, ‘नो-फोन डिनर’ अपनाएका परिवारहरूले, अर्थात् आफ्नो फोन नहेरी खाना खाने, आफ्नो सम्बन्धमा भावनात्मक शक्ति फर्किएको देखिएको छ ।

यो रिपोर्टले प्रविधि सम्बन्धलाई बलियो बनाउन प्रयोग गर्नुपर्छ, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन भन्ने बलियो सन्देश दिएको छ । खाना खाँदा फोन टाढा राख्ने जस्ता साना बानीहरूले परिवारहरूलाई एकअर्कासँग नजिक ल्याउन सकिने पनि देखाएको छ ।

Read More

एमाले महाधिवेशन: ओली र पोखरेलबिच कडा टक्कर, कसले मार्ला बाजी

काठमाडौँ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदैछ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार राति विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि स्थगित भएको मतदान प्रक्रिया अहिले बिहान ८ बजेदेखि सुरु हुन लागेको हो।

मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन् । यसअघि हिजो बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि एमाले केन्द्रीय निर्वाचन अहिले ८ बजेदेखि मतदान सुरु गर्न लागेको हो । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै छन्। उनीहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ । महाधिवेशन लम्बिदा भृकुटीमण्डममा पूर्व निर्धारित आजको कार्यक्रम प्रभावित भएको छ ।

Read More

भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै तेल ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउन ट्रम्पको आदेश

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमा पूर्ण नाकाबन्दी लगाउने आदेश दिएका छन् ।

ट्रम्पले भेनेजुएलालाई आतंकवाद, लागूपदार्थको तस्करी र मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूको पूर्ण र पूर्ण नाकाबन्दी गर्ने आदेश दिएको जानकारी दिएका हुन् ।

एक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तटबाट एउटा तेल ट्याङ्कर कब्जा गरेको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले यो कार्यलाई ‘डकैती’ भनेका थिए ।

ट्रम्पको नयाँ आदेशले अन्तर्राष्ट्रिय तेलको मूल्यमा ठूलो उथलपुथल ल्याउने अपेक्षा गरिएको छ । अमेरिकाले क्यारिबियनमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ । यसमा आणविक शक्तिले चल्ने पनडुब्बीहरू, टोही विमानहरू र १५ हजा सेनाहरू समावेश छन् ।

अमेरिकाले यस क्षेत्रमा धेरै डुङ्गाहरूमा आक्रमण गरिसकेको छ, जसमा अहिलेसम्म ८० भन्दा बढी मानिसहरू मारिएका छन् ।

Read More

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका  सञ्चारमन्त्री  प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले भने- ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।’

अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरुको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।

वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको थियो । सोही समितिले महाअभियानका टोलीसँग वार्ता गरेको हो ।

Read More

पीएसजीविरुद्धको कानुनी लडाई एम्बाप्पेले जिते, ६३ मिलियन डलर पाउने

काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले पुर्व क्लब पीएसजीविरुद्धको कानुनी लडाई जितेका छन् ।

अदालतमा चलिरहेको बोनससम्बन्धि मुद्धामा पीएसजीले एम्बाप्पेलाई ६३ मिलियन डलर तिर्न आदेश दिएको छ ।

यो आदेशसँगै लामो समयदेखि एम्बाप्पे र पीएसजीबीच चलिरहेको विवादको अन्त्य भएको छ । एम्बाप्पेले पीएसजीले आफ्नो अन्तिम समयको पारिश्रमिक र बोनस नदिएको भन्दै अदालत गएका थिए । अनुसन्धानको क्रममा अदालतले २०२४ को अप्रिल, मे र जुनको पारिश्रमिक र बोनस नदिएको पाइएको जनाएको छ ।

त्यस्तै अदालतले पीएसजीले एम्बाप्पेविरुद्ध दायर गरेको ५१८ मिलियन डलरको मानहानी मुद्धा खारेज गरिदिएको छ । पीएसजीले एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जादा क्लबलाई नोक्सान भएको भन्दै सो मुद्धा दायर गरेको थियो ।

एम्बाप्पे पीएसजीमा २०१७ देखि २०२४ सम्म खेलेका थिए । २०२३-२४ को सिजन पछि उनी रियल म्याड्रिडमा फ्री-ट्रान्सफरमा गएका थिए ।

Read More