२०८३ बैशाख १३

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलेआज विश्वासको मत लिने भएका छन् । आज दिउसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिदैछन् । 

सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री यादवले १५ दिनपछि विश्वासको मत लिन लागेका छन् ।

Read More

बोन्डी बीच आक्रमणपछि अष्ट्रेलिया सरकारको बन्दुक फिर्ता योजना घोषणा

काठमाडौँ । अस्ट्रेलियाको सिड्नी बोन्डी बीच आक्रमणपछि अष्ट्रेलियाली सरकारले बन्दुक फिर्ता गर्ने योजना घोषणा गरेको छ ।

बोन्डी आतंकवादी हमलापछि राज्य र क्षेत्रहरूले विचार गरिरहेको बलियो बन्दुक कानून अन्तर्गत अष्ट्रेलियाली नागरिकहरूले मात्र बन्दुकको इजाजतपत्र राख्न सक्नेछन् । संघीय सरकारले बन्दुक आयातका लागि सम्भावित भन्सार प्रतिबन्धहरूमा पनि काम सुरु गर्नेछ, जसमा थ्रीडी प्रिन्टिङ, नयाँ प्रविधि र ठूलो मात्रामा गोला बारुद राख्न सक्ने बन्दुक उपकरणहरू समावेश छन् ।

गत हप्ताको आक्रमणलाई दशकौंमा यस क्षेत्रमा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड मानिएको छ । यो योजना १९९६ को पोर्ट आर्थरमा भएको सामूहिक गोलीकाण्डपछिको सबैभन्दा ठूलो हो । पोर्ट आर्थर आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो, जसले गर्दा अष्ट्रेलियाले विश्वका केही कडा बन्दुक नियन्त्रण कानूनहरू लागू गर्न बाध्य भएको थियो  ।

आइतबार, बोन्डी बीचको यहूदी उत्सवमा दुई बन्दुकधारीहरूले गोली चलाउँदा १५ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए । आक्रमणकारीहरू ‘अतिवादी संगठन इस्लामिक स्टेटको विचारधारा’ बाट प्रेरित भएको विश्वास गरिएको छ ।

यसैबीच, शुक्रबार, प्रहरीले सिड्नीमा ‘अतिवादी इस्लामिक विचारधारा’ को आरोपमा पक्राउ परेका केही व्यक्तिहरूलाई अब हिरासतमा राख्नु नपर्ने बताएको छ ।

Read More

भारतमा संसद भवनमै धर्नामा किन बसे सांसद ?

काठमाडौँ ।  भारतको राज्यसभाले रोजगार तथा जीविकोपार्जन मिशन (ग्रामीण) भीबी- जी रामजी विधेयक पारित भएपछि सांसदहरुले रातभर विपक्षी दल संसद भवनमै धर्ना दिएका छन् ।

लोकसभाले पहिले नै अनुमोदन गरेको यो विधेयकलाई गएराती राज्यसभाले पार्टी गरेको थियो । यो विधेयकले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (मनरेगा) लाई प्रतिस्थापन गर्दछ । नयाँ कानूनले ग्रामीण परिवारहरूको लागि वार्षिक १२५ दिनको ज्याला रोजगारीको व्यवस्था गर्दछ ।

विपक्षी दलले विधेयकलाई चयन समितिमा पठाउन माग गरिरहेको समयमा सदनमा विपक्षीको अनुपस्थितिमा ध्वनि मतले विधेयक पारित गरिएको थियो ।

विधेयक पारित भएपछि, कांग्रेस, तृणमूल कांग्रेस र द्रमुक लगायत धेरै विपक्षी दलका सांसदहरूले संसद परिसरमा विरोध प्रदर्शन गरे । तृणमूल कांग्रेस राज्यसभा उपनेता सागरिका घोषले मोदी सरकारले जबरजस्ती विधेयक पारित गरेको आरोप लगाएकी छन् । उनले कानून गरिब, किसान र ग्रामीण भारतको विरुद्धमा छ रहेको बताएकी छन् ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले सरकारमाथि कडा आक्रमण गर्दै १२ करोड जनताको जीविकोपार्जनलाई सहयोग गर्ने योजनालाई भत्काइएको आरोप लगाए । 

सरकारको तर्फबाट केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले यो विधेयक गरिबहरूको कल्याणको लागि हो र यसले रोजगारीका अवसरहरू बढाउने बताएका छन् । विधेयक अनुसार, ग्रामीण परिवारका वयस्क सदस्यहरूले अकुशल श्रमको लागि १२५ दिनको रोजगारी पाउनेछन् । केन्द्र र राज्यहरू बीचको कोष बाँडफाँड अनुपात ६०:४० हुनेछ । उत्तरपूर्वी र पहाडी राज्यहरूको लागि, यो ९०:१० हुनेछ ।

विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिको अनुमोदनका लागि पठाइनेछ । विपक्षीले संसद बाहिर आफ्नो लडाइँ जारी राख्ने बताएका छन् ।

तस्बिरहरू आज बिहान संसद परिसरका हुन्। संसदका दुवै सदनमा पारित विधेयकको विरोधमा तृणमूल कांग्रेसका सांसदहरूले रातभर विरोध प्रदर्शन गरेका छन् । तृणमूल कांग्रेसका सांसदहरू गए राति १२ बजेदेखि संसद भवनमै १२ घण्टाको धर्नामा बसेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४०८० मा कारोबार भएको थियो ।

Read More

हसिना विरोधी नेता हादीको मृत्युपछि बंगलादेश अशान्त

काठमाडौँ । बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ ।

ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा ढाकाको पल्टन क्षेत्रमा ब्याट्रीबाट चल्ने अटोरिक्सामा सवार रहेको बेला गोली हानिएको थियो । उनलाई पहिले ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उनको अवस्था बिग्रँदै गएपछि एभरकेयर अस्पताल लगिएको थियो । गत शनिबार, उनको थप उपचारको लागि हेलिकप्टरबाट सिंगापुर लगिएको थियो । सिंगापुरमा उनको गएराती उपचारको क्रममा निधन भएको थियो । 

हादीको मृत्युले बंगलादेशको अवस्था झनै बिग्रिएको छ, धेरै स्थानमा हिंसा फैलिएको छ । प्रदर्शनकारीहरू देशका ठूला अखबारहरू, डेली स्टार र प्रोथोम आलोको कार्यालयमा जबरजस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । आगलागिपछि बंगलादेशका दुवै अखबारहरू आज बन्द रहनेछन्, अनलाइन सेवाहरू पनि प्रभावित बनेका छन् । हाल ढाका भित्र र बाहिर धेरै जिल्लाहरूमा उस्मान हादीका समर्थकहरू र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । चटगाउँमा पनि धेरै ठाउँमा विरोध प्रदर्शनहरू भएका छन् । यसबाहेक, शेख हसिनाको अवामी लिग सरकारमा पूर्व शिक्षामन्त्री मोहिबुल हसन चौधरीको घरमा तोडफोड गरियो र आगजनी गरिएको थियो । 

हादी २०२४ को विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए । डिसेम्बर १२ मा ढाकामा चुनाव प्रचार गर्दा उनको टाउकोमा गोली लागेको थियो । 

Read More

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, ८% बोनस र ०.४२१% नगद दिने निर्णय

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सार्वजनिक गरेको छ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले घोषणा गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

बैंकको यो प्रस्तावले दीर्घकालीन लगानीकर्तालाई उत्साहित बनाउने अपेक्षा गरिएको छ।

Read More

ओस्कर अवार्ड २०२९ देखि युट्युबमा प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ । मनोरञ्जन जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह, ओस्करको लागि एउटा ठूलो परिवर्तन हुन लागेको छ ।

२०२९ देखि ओस्कर अब युट्युबमा विशेष रूपमा प्रत्यक्ष प्रसारण हुने भएको हो । यो आधिकारिक रूपमा ओस्कर प्रदान गर्ने संस्था एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले घोषणा गरेको छ ।

ओस्करको २०२८ सम्मको प्रशारण अधिकार एबीसी च्यानलसँग रहेको छ । ओस्कर यसको १००औं वार्षिकोत्सव (२०२८) सम्म एबीसी टिभी च्यानलमा प्रसारण जारी रहनेछ । २०२९ मा, एबीसी र ओस्कर बीचको लामो समयदेखिको साझेदारी समाप्त हुनेछ र कार्यक्रम पूर्ण रूपमा युट्युबमा सर्ने भएको हो ।

युट्युबले मुख्य ओस्कार कार्यक्रम मात्र नभई धेरै अन्य कार्यक्रमहरू पनि प्रस्तुत गर्नेछ, जस्तै: गभर्नर पुरस्कार, ओस्कार मनोनयन घोषणा, ओस्कार मनोनयन लन्च, विद्यार्थी एकेडेमी पुरस्कार, वैज्ञानिक र प्राविधिक पुरस्कार, फिल्म निर्माता अन्तर्वार्ता, पोडकास्ट, र फिल्म-सम्बन्धित शैक्षिक भिडियोहरूलगायत यसका साथै, एकेडेमीका विगतका कलाकृतिहरू र अभिलेखहरू गुगल कला र संस्कृति मार्फत डिजिटल रूपमा अनलाइन उपलब्ध गराइनेछ ।

एकेडेमीका सीईओ बिल क्रेमर र अध्यक्ष लिनेट होवेल टेलरले युट्युबसँगको यो साझेदारीले हामीलाई विश्वव्यापी दर्शकहरूसम्म पुग्न मद्दत गर्ने बताए ।

टिभीमा अवार्ड कार्यक्रमहरूको दर्शक संख्या घटिरहेको समयमा एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले यस्तो कदम चालेको बुझिएको छ । टिभीका दर्शक घटिरहेकै कारणविश्वका प्रमुख अवार्ड कार्यक्रमहरू स्ट्रिमिङ प्लेटफर्महरूमा सरिरहेका छन् । यसअघि पहिले, नेटफ्लिक्सले २०२३ मा साग अवार्डहरूको अधिकार प्राप्त गरेको थियो, जुन ओस्कारको अग्रदूत मानिन्छ ।

Read More

बुटवल पावरले ६ प्रतिशत नगद लाभांश दिने, साधारण सभा पुस २८ मा / बुक क्लोज पुस १५ देखि

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा पुस २८ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सुरु हुनेछ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, विभिन्न संघ–संस्था तथा व्यक्तिलाई प्रदान गरिएको ९ लाख ८७ हजार २ सय रुपैयाँ बराबरको आर्थिक सहयोग अनुमोदन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समेटिएको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

यसैगरी, सञ्चालक समितिमा रिक्त हुने चार जना सञ्चालकको पदपूर्तिका लागि निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ता मात्रै लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

Read More

सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्री आजदेखि खुला, लगानीकर्ताका लागि नयाँ अवसर

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै आजदेखि इकाई बिक्री खुला गरिएको छ।

कम्पनीका अनुसार इकाई खरिदका लागि आवेदन आजदेखि २०८२ साल पौष ८ गतेसम्म बैंकिङ समयभित्र दिन सकिनेछ।

यो योजना विशेषगरी बचतभन्दा आकर्षक प्रतिफल खोजिरहेका लगानीकर्तालाई लक्षित गरिएको हो। शेयर र डिबेन्चरमा सन्तुलित रूपमा लगानी गर्दै नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने उद्देश्यसहित योजना ल्याइएको सिटिजन्स क्यापिटलले जनाएको छ। हाल नेप्से सूचकांक तल्लो तहमा रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि राम्रो प्रतिफल आर्जन गर्ने अवसर रहेको अनुमान गरिएको छ। अनुभवी योजना व्यवस्थापन र नियमित लाभांश दिने क्षमताका कारण यो योजना लगानीयोग्य रहेको धारणा व्यक्त गरिएको छ।

इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खातामार्फत आवेदन दिन सक्नेछन्। साथै, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ लाख इकाई सम्म खरिद गर्न सकिनेछ। प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएकाले न्यूनतम लगानी १,००० रुपैयाँ र अधिकतम १० करोड रुपैयाँ सम्म आवेदन दिन सकिने व्यवस्था छ।

वित्तीय प्रक्षेपणअनुसार यस योजनाबाट औसत वार्षिक १४ प्रतिशत प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। सिटिजन्स क्यापिटलले लगानीकर्तालाई क्षमता अनुसार १,००० देखि २ लाख इकाई सम्म आवेदन दिन सुझाव दिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवा विस्तार गर्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

Read More

रवि लामिछानेलाई भैरहवा लगिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेलाई हवाई उडानमाफर्त भैरहवा लैजान केहीबेर अघि विमानस्थल पुर्याइएको छ । 

विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई भैरहवा पुर्याएपछि जिल्ला अदालत रुपन्देहीमा पेश गरिदैछ । अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

Read More