२०८३ बैशाख १३

रविलाई हर्क साम्पाङको आग्रह- बुझाइने २ करोडको स्रोत खुलाउनु होला 

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘बुझाइने २ करोडको स्रोत खुलाउनु होला ! जय सुशासन !’

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने आज चितवनसम्म जहाजमा र त्यसपछि गाडीबाट भैरहवा पुगेर धरौटीमा रिहा हुने प्रक्रिया पुरा गर्दैछन् । लामिछानेले यसअघिनै अदालतमा पेश गरेको  २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैंक जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर आज रिहा हुदै छन् ।

Read More

बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर, दुई सातामा कति कमायो ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको दुई सातामा पनि घरेलु बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दुई सातामा ४७९.५० करोड कमाई गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा २६१.५० करोड कमाई गरेको छ । फिल्मले विहिबार मात्र २५.३० करोड कमाई गरेको थियो । 

फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ ।       

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

भैरहवाको मौसम बिग्रिएपछि विमानस्थलमै रोकिएका रवि लामिछाने भरतपुर हुँदै भैरहवा लागे

काठमाडौं । भैरहवाको मौसम अचानक खराब भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलमै रोकिएका छन्। मौसमका कारण उडान सम्भव नभएपछि उनले वैकल्पिक मार्ग रोज्दै भरतपुर हुँदै भैरहवा जाने तयारी गरेको जानकारी दिइएको छ।

समयमै उडान हुन नसकेपछि लामिछाने केही समय विमानस्थलमै बस्नुपरेको थियो। मौसम अनुकूल नबनेपछि हवाई यात्रा स्थगित गरिएको र यात्रालाई निरन्तरता दिन स्थलमार्ग प्रयोग गर्ने निर्णय गरिएको हो।

पार्टी स्रोतका अनुसार सुरक्षा तथा समय व्यवस्थापनलाई ध्यानमा राख्दै उनी भरतपुर पुगेर त्यहाँबाट भैरहवातर्फ प्रस्थान गर्नेछन्।

मौसमका कारण उडान प्रभावित हुँदा यात्रुहरूलाई परेको असहज अवस्थाको उदाहरणका रूपमा समेत यो घटना हेरिएको छ।

Read More

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक २ बजेदेखि शुरु हुने

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो २ बजेदेखि शुरु हुने नवनिर्वाचित सचिव महेश बस्नेतले जानकारी दिएका छन् । बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ । यस अघि बैठक १ बजेदेखि शुरु हुने बताइएको थियो ।

नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् । त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ ।

Read More

निर्वाचन तयारी सुस्त भएको भन्दै शेखर कोइरालाको प्रश्न, ‘२१ फागुनमै चुनाव हुन्छ कि हुँदैन?’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले तोकिएको मितिमा निर्वाचन हुने-नहुने विषयमा गम्भीर शंका व्यक्त गरेका छन्। २१ फागुनमा निर्वाचन गराउने भनिए पनि सरकारको तयारी सुस्त देखिएको भन्दै उनले समयमै चुनाव हुन सक्ला भन्ने आशंका उठाएका हुन्।

शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा स्थानीय नेताहरूसँग भेटघाट गर्दै कोइरालाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए। उनले त्यसका लागि कांग्रेस पार्टीका सबै तहका कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन पनि दिएका छन्।

कोइरालाले कांग्रेस निर्वाचनमा भाग लिन पूर्ण रूपमा तयार र आतुर रहेको स्पष्ट पार्दै निर्वाचन नै प्रजातन्त्रलाई बलियो बनाउने आधार भएको बताए। “हामी त निर्वाचनको मिति कुरेर बसेका छौं,” उनले भने, “तर सरकारको तयारी हेर्दा चुनाव हुन्छ कि हुँदैन भन्ने शंका समेत जन्मिएको छ।”

सरकारप्रति प्रश्न उठाउँदै उनले सुरक्षा र व्यवस्थापनका गम्भीर चुनौतीहरू अझै समाधान नभएको उल्लेख गरे। “केही दलका नेताहरू काठमाडौँ बाहिर जान पाएका छैनन्, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू छुट्टै छन् । यी विषयमा सरकारले के सोचेको छ?” भन्दै कोइरालाले सरकारलाई गम्भीर भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे।

उनको भनाइले आगामी निर्वाचनको तयारी र सरकारको भूमिकामाथि पुनः बहस सुरु गराएको छ ।

Read More

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने रिहा हुने प्रक्रियाका लागि भैरहवा जानेक्रममा खराब मौसमका कारण काठमाडौंमै रोकिएका छन् ।

लामिछानेलाई भैरहवा लैजान शुक्रबार बिहान नै विमानस्थल पुर्याइएको भएपनि भैरहवामा कुहिरो लागेका कारण उडान ढिला भएका कारण उनी विमानस्थलमै रोकिएका हुन् । 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

Read More

जापानमा बढ्दो मुद्रास्फीतिको बीचमा बढ्यो ब्याजदर

काठमाडौँ । बढ्दो मुद्रास्फीति र जीवनयापनको लागतको दबाबका बीचमा जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याजदर ३० वर्षमा सबैभन्दा उच्च स्तरमा पुर्‍याएको छ ।

शुक्रबार लिइएको निर्णयमा, बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशत बिन्दुले बढाएको छ । ब्याजदर त्यसबेलादेखि लगभग ०.७५ प्रतिशत पुगेको छ । बैंकका गभर्नर काजुओ उएदाले बैठकको नेतृत्व गरेका थिए ।

जापानका नयाँ प्रधानमन्त्री साने ताकेचीले मुद्रास्फीति नियन्त्रण गर्न खोज्दा यो निर्णय आएको हो । यसबाहेक, साने ताकेची र काजुओ उएदाले आफ्नो वर्तमान पद ग्रहण गरेपछि यो पहिलो दर वृद्धि हो ।

बैंकले अन्तिम पटक यस वर्ष जनवरीमा ब्याजदर बढाएको थियो र विगत छ मौद्रिक नीति बैठकहरूमा यसलाई ०.५ प्रतिशतमा अपरिवर्तित राखेको थियो ।

Read More

एमाले नेतृत्वमाथि भौतिक हमला भए देश ठप्प पारिनेछ, सरकार पनि ढल्छ: ओलीको कडा चेतावनी

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक हमला भए देश ठप्प पार्ने र सरकार ढाल्ने चेतावनी दिएका छन्। एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि शपथग्रहण समारोहमा बोल्दै उनले एमाले र यसको नेतृत्वमाथि नियोजित प्रहारको खतरा रहेको दाबी गरे।

ओलीले एमाले नेतृत्वमाथि मिडिया ट्रायल, मुद्दा–मामिला र सम्भावित भौतिक आक्रमणको संकेत गर्दै कार्यकर्तालाई सजग र तयार रहन निर्देशन दिए। उनका शब्दमा, “अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दा चलाउन खोजिन सक्छ। यदि एमाले नेतृत्वमाथि भौतिक हमला भयो भने त्यो दिन यो देश ठप्प हुनुपर्छ, सरकार पनि ढल्नुपर्छ।”

उनले एमाले सकिने पार्टी नभई जीवन्त र अजम्बरी शक्ति भएको दाबी गर्दै ११औँ महाधिवेशन नै पुराना पार्टीहरू समाप्त भइसके भन्ने भाष्यको जवाफ भएको बताए। “नेकपा एमाले सकिने पार्टी होइन, यो अझ मजबुत र सशक्त भएर अघि बढ्छ,” ओलीले भने।

पार्टी फुटाउने प्रयास भइरहे पनि ती सफल नहुने ओलीको दाबी थियो। उनले एमालेभित्रको लोकतान्त्रिक अभ्यास अन्य दलभन्दा बलियो रहेको उल्लेख गर्दै भने, “धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर धूपसमेत हालिरहेका थिए। तर तिनको धूप खेर जान्छ। एमाले अझै मजबुत भएर जान्छ।”

Read More

रवि लामिछानेको रिहाइप्रति बाबुरामको स्वागत, भने: ‘विधिको शासन र पीडितको हित दुवै सुरक्षित’

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सशर्त धरौटीमा रिहा गर्ने अदालतको निर्णयको खुलेर स्वागत गरेका छन्। भट्टराईले यो निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता-तीनै दृष्टिले स्वागतयोग्य रहेको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अदालतको आदेशले लामिछानेलाई कानूनी प्रक्रियामार्फत आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर, जनतामाझ गएर जनअनुमोदन प्राप्त गर्ने बाटो, र सहकारी पीडितलाई पनि कानूनी ढंगले न्याय पाउने सम्भावना एकसाथ सुनिश्चित गरेको उल्लेख गरेका छन्।

भट्टराईले आफूले यसअघिदेखि नै यस्तै समाधानको पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै लामिछाने भैरहवामा हिरासतमा रहँदा दुई पटक भेट्न गएको जानकारी पनि दिएका छन्। उनले गत वर्ष पोखराको प्रहरी हिरासतबाट फर्किएपछि सार्वजनिक रूपमा व्यक्त गरेको धारणा अहिलेको आदेशसँग मेल खाने दाबी गरेका छन्।

फेसबुकमा लेख्दै भट्टराईले लोकतन्त्रको सौन्दर्य तथ्यबाट सत्य खोज्नु, उडन्ते अनुमान र षड्यन्त्र सिद्धान्तबाट टाढा रहनु भएको उल्लेख गरेका छन्। साथै, बहुदलीय लोकतन्त्र भनेको दल र व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको संयोजन हो भन्ने कुरा नबिर्सन आग्रह गरेका छन्।

उनले प्रतिस्पर्धाका क्रममा दुश्मनझैं व्यवहार नगर्न र सहकार्य गर्दा आ-आफ्ना वैचारिक तथा राजनीतिक प्रतिबद्धता बिर्सने गल्ती नगर्न समेत सबै राजनीतिक पक्षलाई सुझाएका छन्।

Read More

भोलि भृकुटीमण्डपमा नेकपाको ‘एकता सन्देश सभा’, सहभागी हुन पार्टीको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।

पार्टी एकीकरणपछि सातै प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको नेकपाले राजधानी केन्द्रित यो कार्यक्रमलाई विशेष महत्वका साथ आयोजना गर्न लागेको हो।

सभालाई सफल बनाउन पार्टीले मातहतका सबै कमिटीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभाको व्यवस्थापन, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।

सभाको आयोजना बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिको संयुक्त पहलमा हुँदैछ। मञ्च व्यवस्थापन, अतिथि तथा नेताहरूको स्वागत, सुरक्षाका लागि स्वयंसेवक परिचालनलगायत तयारी तीव्र पारिएको छ।

एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। सभाको समाचार संकलन तथा सम्प्रेषणका लागि आउने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन र प्रेस सेन्टर नेपालले गर्नेछन् भने उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कारलगायत समग्र व्यवस्थापन सम्हाल्नेछन्।

नेकपाका नेता प्रकाश ज्वालाका अनुसार हालै सम्पन्न वाम शक्तिबीचको एकतापछि देशभर आयोजना गरिएका एकता सन्देश सभाले जनतामा पैदा गरेको उत्साह, साथै मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शीर्ष नेताहरूले सभामा स्पष्ट धारणा राख्ने कार्यसूची तय गरिएको छ।

Read More