काठमाडौँ, १२ साउन। गोकर्णेश्वरको सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
नुहाउँदै गरेका ४ भारतीय र १ नेपाली नागरिक अचानक खोलाको बढेको बहावमा फसेपछि नेपाली सेनाले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले स्थानीय बासिन्दा र अन्य सुरक्षाकर्मीको सहयोगमा सबैको ज्यान जोगाएको हो । खोलाको बिच भागमा फसेका ती श्रद्धालुहरूलाई समयमै उद्धार गरिएको सेनाले जनाएको छ।
नेपाली सेनाले ज्यान जोखिममा परेकालाई तत्काल उद्धार गर्दै जनताको सेवा र सुरक्षामा आफू सधैं तत्पर रहेको पुष्टि गरेको छ।




