काठमाडौँ, १२ साउन। रसुवाको पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ फ्याङलुङ र घट्टेखोलामा सोमबार बिहान पहिरो जादा पासाङ ल्हामु सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । पहिरोको कारण अहिले यात्रा जोखिम रहेकोले सावधानी अपनाउन स्थानीय प्रसाशनले आग्रह गरेको छ ।
प्रहरीले जतिसक्दो छिट्टो अवरोध हटाउन समन्वय गरिरहेको जनाएको छ ।




