काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई तिब्बतका आध्यात्मिक नेता दलाई लामाले बधाइ ज्ञापन गरेका छन् ।
उनले प्रधानमन्त्री कार्कीलाई बधाइ दिएको उनको वेभसाइटमा उल्लेख छ । जसमा दलाई लामाले एक पत्र लेखेर प्रधानमन्त्री कार्कीलाई बधाई दिएको उल्लेख छ ।
बधाई पत्रमा भनिएको छ- ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताले ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको आनन्द उठाएका छन् । सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेपछि तिब्बती शरणार्थीहरूको पुनर्स्थापनाको लागि सुविधा प्रदान गरेकोमा म नेपाल सरकार र जनताप्रति धेरै आभारी छु ।’
छिमेकी देश चीनले अहिलेसम्म औपचारिक बधाई सन्देश नपठाएको अवस्थामा दलाई लामाले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई बधाई सन्देश दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




