काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
विहिबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा उज्वेकिस्तान, रोमानिया, ताजकिस्तान, आइसल्याण्ड र क्यूबाका राजदुतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।




