काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
तेस्रो चरणको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । ओलीले ४८९ मत प्राप्त गरेका छन् र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।




