२०८३ बैशाख १३

निर्वाचन आयोगले गर्यो यी ६ दल खारेज

काठमाडौँ । निर्वाचन आयोगले ६ राजनीतिक दल खारेज गरेको छ ।

आयोगले मंगलबारको निर्णय बमोजिम राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दल खारेज गरेको प्रवक्ता नारायण प्रसाद भट्टराई जानकारी दिएका छन् ।

खारेज हुने दलमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन् ।