२०८३ बैशाख १३

बँदियाको स्वादमा ढिक्रीको ढुकढुकी!

राजिन पनेरू : काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् रास्वपाका सांसद शिशिर खनाल सँगसँगै रहने…

बिपीको मेलमिलापको सान्दर्भिकता

धर्मेन्द्र झा/ नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र ध्रुवीकरणको चपेटामा छ । सत्ता–विपक्षबीचको टकराव, राजनीतिक दलहरूभित्रकै आन्तरिक विवाद र…

जाडोमा हिटर वा कोइलाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

जाडोयाममा न्यानो रहन आगो ताप्ने वा हिटर प्रयोग गर्ने गरिन्छ।  गाउँघरमा दाउरा, कोइला, भुस, गुइँठा वा मकल बालेर आगो ताप्ने…

भारतीय युट्युबर निखिल कामथ र एलन मस्कबिचको कुराकानी सुन्नु भयो ? यहाँ पढ्नुहोस् नेपाली अनुवाद

भारतीय उद्यमी एवं ‘जेरोधा’का संस्थापक तथा युट्युबर निखिल कामतले विश्वका सबैभन्दा धनाढ्य एलन मस्कसँग गरेको कुराकानी यतिखेर चर्चाको विषय बनेको…

एआईमा आधारित शिक्षण विधिको अभ्यास

१७ पुस, काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स ९एआई०ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन…

देउवा निवासमा कांग्रेस नेताहरूको बैठक, विशेष महाधिवेशनबारे छलफल

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। सभापति देउवा…

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम…

भेनेजुएलामा अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन र लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रश्न उठायो- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेकोप्रति टिप्पणी गर्दै यो घटना संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनले बताएका छन् । 

उनले भनेका छन्: 
संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।

Read More

सालापा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

पुस १६ गतेदेखि खुला भएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । शनिबारसम्म यस आइपीओमा १९ लाख ६२ हजार ६९ जनाले २ करोड ३० लाख ८० हजार ४३० कित्ता शेयरका लागि आवेदन दिइसकेका छन् ।  

कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ । 

कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख छ । यसमध्ये ३३ प्रतिशत  अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनिले बताएको छ । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । 

आईपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । आवेदन दिनेले न्यूनतम १० इकाइ र अधिकतम २५ हजार इकाइका लागि दिन सकिने छ ।

नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ‘बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो । 

Read More

प्रचण्ड भारत जादै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।

सोमबार नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आज दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रम सोमबार दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने भनिएको छ । 

Read More