२०८२ फाल्गुन २६

ओखलढुंगामा कडा प्रतिष्पर्धा, काँग्रेस १७ मतले अगाडी

काठमाडौँ । ओखलढुंगामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिष्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका कुमार लुइँटेल १७ मतले फेरी अगाडी आएका छन् । लुइँटेलले १३ हजार ७८२ मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपाका विश्वराज पोखरेलले १३ हजार ७३५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार ५८ मत प्राप्त गरेका छन् भने एमालेकी अस्मिता थापाले १० हजार ४४० मत प्राप्त गरेकी छन् ।

ओखलढुंगामा अहिलेसम्म ५७ हजार ७७१ मत गणना भएको छ, जसमा सदर मत ५४ हजार ५२२ रहेको छ भने बदर मत ३ हजार २४९ मत रहेको छ ।

Read More

गोरखा-१ मा काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा

काठमाडौँ ।  गोरखा-१ मा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) बीच प्रतिष्पर्धा देखिएको छ । 

पछिल्लो मत गणनाको अपडेट अनुसार काँग्रेसका प्रेमकुमार खत्री रास्वपाका सुदन गुरुङभन्दा ४ मतले अगाडी रहेका छन् । खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन्  । त्यस्तै गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका छन । 

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले २ हजार २८० मत पाएका छन् भने रामचन्द्र लामिछानेले ६७५ मत प्राप्त गरेका छन् । 

Read More

सोसल मिडियामा ट्रोल भएकी आशिका तामाङ अब सांसद, धादिङ-१ मा कीर्तिमानी जित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत धादिङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङ उल्लेखनीय मतान्तरसहित निर्वाचित भएकी छन्। चुनावी अभियानका क्रममा कुखुरा र बाख्रासँग भोट मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भई ट्रोलसमेत बनेकी उनी अन्ततः ठूलो अन्तरले विजयी भएकी हुन्।

सार्वजनिक मतपरिणाम अनुसार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भुमिप्रसाद त्रिपाठी लाई २४ हजार ९६ मतान्तरले पराजित गरिन्। त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गरेका छन्।

यसै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे तेस्रो स्थानमा रहे। आठ पटकसम्म चुनावी मैदानमा उत्रिएका उनले १४ हजार ७०७ मत प्राप्त गरे।

त्यस्तै नेपाली कांग्रेसका कृष्ण रिजाल १० हजार ८० मतसहित चौथो स्थानमा सीमित भएका छन्।

धादिङ-१ को परिणामले नयाँ पुस्ताका उम्मेदवारप्रति मतदाताको आकर्षण देखिएको विश्लेषण गर्न थालिएको छ।

Read More

६ क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको सफलता, को–को भए निर्वाचित?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले देशका विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। ती क्षेत्रमा पार्टीका प्रमुख नेतादेखि अन्य उम्मेदवारसम्म विजयी भएका छन्।

रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लंकबहादुर रोकाय ले ५ हजार ३९६ मत पाएका छन्।

सल्यानमा रमेश मल्ल २३ हजार १८९ मतसहित निर्वाचित भएका छन्। उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द ले २० हजार ९०४ मत प्राप्त गरेका छन्।

त्यस्तै रुकुम पश्चिमबाट गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसी ले १६ हजार ६६१ मत प्राप्त गरेका छन्।

रोल्पाबाट वर्षमान पुन २७ हजार ४६० मतसहित विजयी भएका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वली ले १२ हजार ८ मत पाएका छन्।

कालिकोटमा महेन्द्रबहादुर शाही ११ हजार ३३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाही ले १० हजार ३५२ मत प्राप्त गरेका छन्।

हालसम्म प्राप्त नतिजाले नेपाली कम्युनिष्ट पार्टीले केही क्षेत्रमा बलियो उपस्थिति कायम राख्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेको देखिएको छ।

Read More

बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी इरानस्थित एक बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार हुन सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको विशेष विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले देखेका विवरणका आधारमा उक्त आक्रमण इरानकै कारण भएको हुन सक्ने दाबी गरेका हुन् । इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा १६० भन्दा बढी मानिसको ज्यान गएको छ । यद्यपि उक्त मृतक संख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

पत्रकारहरूले उक्त आक्रमण अमेरिकी सेनाले गरेको हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए । उनले इरानले प्रयोग गर्ने हतियार धेरैजसो लक्ष्यमा ठ्याक्कै नलाग्ने भएकाले त्यही कारणले यस्तो घटना भएको हुन सक्ने बताएका छन् ।

यस विषयमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि घटना सम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनले सर्वसाधारण नागरिकलाई लक्षित गर्ने कार्य इरानले मात्र गर्ने आरोप लगाएका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिकाले जानाजानी कुनै विद्यालयलाई निशाना नबनाउने बताएका थिए । उनका अनुसार अमेरिकी सेनाको सर्वसाधारण नागरिकको पूर्वाधारमा आक्रमण गर्ने कुनै उद्देश्य हुँदैन ।

उक्त विद्यालय मिनाब शहरमा रहेको बताइएको छ। अमेरिका र इस्राइलले ईरानका सैनिक अड्डा र नेतृत्वलाई लक्षित गरी व्यापक आक्रमण गरिरहेका बेला सो क्षेत्रमा पनि आक्रमण भएको थियो ।

तर इरानले भने उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको छ । इजरायलले भने सो क्षेत्रमा आफ्नो सेनाको कुनै कारबाही भएको जानकारी नभएको बताउँदै घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

उपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषणले विद्यालय परिसरमा धेरै स्थानमा आक्रमण भएको र आगो लागेको चिन्ह देखिएको जनाइएको छ । यद्यपि आक्रमणमा प्रयोग भएका हतियारका अवशेषबारे स्पष्ट प्रमाण नपाइएकाले यसको जिम्मेवारी कसको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

Read More

कञ्चनपुरमा रास्वपाको ‘क्लिन स्वीप’, पुराना दललाई मतदाताको कडा सन्देश

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले उल्लेखनीय विजय हासिल गरेका छन्। सार्वजनिक गरिएको मतपरिणाम अनुसार जिल्लाभर रास्वपाले बलियो उपस्थिति देखाएको छ।

कञ्चनपुर–१ बाट रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित विजयी भएका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी बिना मगरले ११ हजार ११० मत प्राप्त गरिन्। नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत पाउँदा नेकपा (एमाले)का तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा कुल ६१ हजार ७४ मत खसेको थियो।

कञ्चनपुर–२ मा पनि रास्वपाले विजय कायम राखेको छ। रास्वपाका दीपकराज बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरेका हुन्। साउदले १० हजार ८२७ मत पाए। यस क्षेत्रमा एमालेका बचनबहादुर सिंहले छ हजार ४१८ तथा नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ६३७ मत प्राप्त गरेका छन्। यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो।

त्यस्तै कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत पाए भने एमालेका दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएपछि कञ्चनपुरमा पार्टीको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ।

Read More

बालेनको लहर झापाभरि: पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, को कससँग कति मतान्तरले हारे?

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।

झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।

त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् ।

झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरेका छन् ।

झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । बालेनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

Read More

सोलुखुम्बुबाट काँग्रेसका प्रकाश सिंह कार्की विजयी

काठमाडौँ । सोलुखुम्बुबाट नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी भएका छन् ।

कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपाका अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् ।

Read More

युद्ध नवौँ दिनमा: अमेरिका र इजरायलको आक्रमणको सामना गर्दै इरान

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ । यसबीच इरानी सेनाले फारस खाडीमा अमेरिकी जहाज प्रवेश गरे समुद्रमै डुबाइदिने चेतावनी दिएको छ ।

इरानको यस्तो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अमेरिकी नौसेनाले तेल बोकेका ट्यांकरको सुरक्षाका लागि फारस खाडीमा जहाज पठाउन सक्ने बताएका केही समयपछि आएको हो । ती ट्यांकरहरू प्रायः हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने गर्छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले तीन दिनभित्र अमेरिकाले इरानका ४२ नौसैनिक युद्धपोत नष्ट गरेको दाबी गरेका छन् । उनका अनुसार यस आक्रमणपछि ईरानको नौसैनिक शक्ति लगभग समाप्तजस्तै भएको छ । उनले अमेरिकी आक्रमणका कारण ईरानको वायुसेना र सञ्चार प्रणालीमा पनि ठूलो क्षति पुगेको बताएका छन् ।

उता इजरायली सेनाले अहिलेसम्म ईरानका १६ सैनिक विमान खसालिएको दाबी गरेको अल जजीराले जनाएको छ ।

ईरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार युद्धका क्रममा अहिलेसम्म ईरानका ६ हजार ६६८ नागरिक क्षेत्रलाई निशाना बनाइएको छ । ती आक्रमणमा ५ हजार ५३५ घर र १ हजार ४१ पसल क्षतिग्रस्त भएका छन् । साथै १४ स्वास्थ्य केन्द्र र ६५ विद्यालयमा पनि आक्रमण भएको जनाइएको छ ।

उक्त संस्थाका अनुसार युद्धका कारण अहिलेसम्म १ हजार ४८३ जनाको ज्यान गएको छ। रेड क्रिसेन्टका १३ केन्द्र पनि आक्रमणबाट प्रभावित भएका छन्। यता इस्राइलमा भने युद्धका क्रममा १ हजार ७६५ जना घाइते भएका बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ईरान छिमेकी देशहरूसामु झुकेको दाबी गरेका छन् । उनले ईरानले छिमेकी राष्ट्रसँग माफी माग्दै अब उनीहरूमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

ट्रम्पका अनुसार अमेरिका र इस्राइलका निरन्तर आक्रमणका कारण परेको दबाबले यस्तो अवस्था सिर्जना भएको हो। उनले अहिले ईरान मध्यपूर्वको प्रभावशाली शक्ति नभई कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

यता इरानी राष्ट्रपति मसुद पेजेशकियानले हालै छिमेकी देशहरूमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै माफी मागेका थिए । उनले ती देशको भूमिबाट ईरानमाथि आक्रमण नभएसम्म आफूहरूले छिमेकी राष्ट्रलाई लक्षित गरी आक्रमण नगर्ने बताएका छन् ।

Read More

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट विजयी भएर पार्टीको पहिलो सिट जितेका हुन् ।

राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीर काजि राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

Read More