२०८३ बैशाख १३

एन्फा महिला लिगमा झापामाथि आर्मी ५-० गोल अन्तरले विजयी

काठमाडौं । आजदेखि शुरु भएको शहिद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ ।

आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

आर्मीको जितमा अन्जना थुलुंग राईले २ गोल गरेकी थिइन् भने दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले एक एक गोल गरेका थिए ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा संकटा क्लबले एनआरटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

Read More

अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको दाबि

काठमाडौँ । अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको छ । करिब ५ हजार पाउण्ड अर्थात् झण्डै २ हजार २७० किलो तौलका यी बम गहिराइमा रहेका लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छन् ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार होर्मुज जलडमरू नजिक इरानका क्षेप्यास्त्र आधारस्थलमा यस्तो बम प्रयोग गरिएको हो । 

यस प्रकारका आक्रमणमा सामान्यतया दुई प्रकारका बम प्रयोग हुने गर्छन् । एक लेजरमार्फत निर्देशित बम र अर्को नयाँ प्रविधिको उन्नत बंकर भेदी बम हो । नयाँ प्रविधिको बम प्रयोग भएको सम्भावना बढी रहेको जनाइएको छ । उक्त बम पहिलो पटक सन् २०२१ मा परीक्षण गरिएको थियो । यो अत्याधुनिक प्रविधिमा आधारित बम हो, जसलाई उपग्रह र आन्तरिक नेभिगेशन प्रणालीको सहायताले लक्ष्यसम्म पुर्‍याइन्छ ।

अमेरिकी वायुसेनाका अनुसार यस्तो बम विशेष गरी जमिनमुनि गहिराइमा बनेका बलिया संरचना ध्वस्त पार्न बनाइएको हो । यसलाई लडाकु तथा बमवर्षक दुवै प्रकारका विमानबाट प्रहार गर्न सकिन्छ ।

यस घटनाले इरानले आफ्ना महत्वपूर्ण सैन्य संरचना जमिनमुनि लुकाएर राखेको हुन सक्ने अनुमानलाई बल दिएको छ ।

Read More

एन्फा महिला लिगमा संकटाको शानदार शुरुवात

काठमाडौं । आजदेखि शुरु भएको शहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले शानदार शुरुवात गरेको छ ।

बुधबार बिहान च्यासल मैदानमा सम्पन्न खेलमा संकटाले न्यूरोड टिम (एनआरटी) लाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

संकटाको जितमा कप्तान यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला जोसे, मोकम्बिक्वे र क्विनाबेल अकोसुअ अमनक्रहले एक गोल गरेका थिए । यो जितसँगै संकटाले तीन अंक हासिल गरेको छ ।

Read More

फिल्म ‘कार्की साइँला’ को २१ दिनमा सकियो छायांकन

काठमाडौँ ।  फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्मको छायांकन सकिएको हो । 

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) प्रमुख भूमिका रहेको छ । फिल्ममा दुवैको श्रीमान्–श्रीमतीको भूमिका रहेको छ ।

कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ रहेका छन् । 

फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहेको छ । ग्रामीण परिवेशमा निर्माण भएको यो फिल्म भरियाको संघर्षको कथामा आधारित रहेको बताइएको छ । 

Read More

रुस पाकिस्तानलाई सस्तो मूल्यमा इन्धन उपलब्ध गराउन तयार

काठमाडौँ । रुसले पाकिस्तानलाई सस्तो मूल्यमा तेल उपलब्ध गराउन तयार रहेको जनाएको छ । पाकिस्तानस्थित रुसी राजदूत अल्बर्ट खोरेवले यस्तो बताएका हुन् । उनले पाकिस्तानले औपचारिक रूपमा अनुरोध गरेमा रुसले कम मूल्यमा तेल आपूर्ति गर्न सक्ने बताएका हुन् । हाल रुसी कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा कम रहेको जनाइएको छ ।

यसैबीच पाकिस्तानमा तेल अभावको अवस्था देखिन थालेको छ । पेट्रोलियम सचिवले संसदलाई दिएको जानकारीअनुसार देशमा अहिले करिब ११ दिन पुग्ने मात्र कच्चा तेल मौज्दात रहेको छ ।

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य उच्च रहेको छ । आपूर्ति घट्दै जाँदा मूल्य अझ बढ्ने चिन्ता व्यक्त गरिएको छ । तेल आपूर्तिका लागि पाकिस्तानले इरानसँग पनि छलफल गरिरहेको छ । होर्मुज जलडमरू मार्ग प्रयोग गर्न अनुमति पाए चार वटा जहाजमार्फत तेल ल्याउने तयारी रहेको जनाइएको छ । साथै तरल ग्यासको आपूर्ति घट्दा आगामी दिनमा ग्यास अभाव चर्किन सक्ने चेतावनी दिइएको छ ।

पाकिस्तानको करिब ७० प्रतिशत तेल मध्यपूर्वबाट आउने गर्छ । तर क्षेत्रीय द्वन्द्वका कारण ढुवानी मार्ग र आपूर्ति प्रणाली प्रभावित भएका छन् । तेलको मूल्यसमेत तीव्र रूपमा बढेको छ ।

पहिले केही दिनमै आइपुग्ने तेल अहिले लामो समय लगाएर मात्र आइपुग्ने अवस्था रहेको छ । ढुवानी लागत बढ्दा थप दबाब परेको छ । कतारबाट आउने ग्यास आपूर्ति पनि घटेको छ । मार्च महिनामा आउने भनिएका धेरै ग्यास बोकेका जहाज नआएको र अप्रिलमा पनि आपूर्ति प्रभावित हुन सक्ने जनाइएको छ । अवस्था नियन्त्रणका लागि पाकिस्तान सरकारले ठूलो रकम अनुदान दिने निर्णय गरेको छ । यो अनुदान मोटरसाइकल र रिक्सा चलाउने करिब तीन करोड नागरिकलाई दिइने बताइएको छ ।

सरकारले दैनिक रूपमा तेलको मौज्दात अनुगमन गरिरहेको छ । साथै अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । जमाखोरी गरे कडा कारबाही हुने चेतावनी पनि दिइएको छ ।

यसअघि रुसले पाकिस्तानलाई तेल आपूर्ति गरेको थियो । तर प्राविधिक तथा ढुवानी समस्याका कारण त्यो प्रयास सफल हुन सकेको थिएन । प्रशोधनमा कठिनाइ, ढुवानी खर्च र भुक्तानी समस्याका कारण पाकिस्तानले पछि उक्त तेल किन्न बन्द गरेको थियो । यद्यपि भविष्यमा थप छुट पाइए पुनः रुसबाट तेल किन्ने विकल्प खुला राखिएको जनाइएको छ ।

यसबीच विश्व बजारमा तेल आपूर्ति प्रभावित भएपछि केही समयका लागि अमेरिकाले ३० दिनसम्म रुसी तेल किन्ने विश्वका सबै देशलाई अनुमति दिइएको छ । यसले बजारमा आपूर्ति बढाउन र मूल्य नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । क्षेत्रीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा चिन्ता बढ्दै गएको छ ।

Read More

खोटाङ हेलिकप्टर दुर्घटनाका घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

काठमाडौं । खोटाङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा घाइतेलाई काठमाडौं ल्याइएको छ ।

विमानस्थल कार्यालयले दुर्घटनामा १ जना यात्रु घाइते भएको र घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।

हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । काठमाडौंबाट ६ जना लिएर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व) का लागि उडेको जानकारी दिएको छ ।

Read More

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेसले शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको कावा मुख्य सचिव  कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् । बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ । 

Read More

हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ- सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु लागेको बताएका छन् ।

नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरु मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरु आउने बताउदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु लागेको बताएका हुन् ।  उनले भने, ‘नयाँ सरकार गठन नभईकन हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ ।’

नवनिर्वाचित सांसदहरुलाई जथाभावी अभिव्यक्तिहरु नदिन र पार्टीको अनुशासनमा बस्न आग्रह गरे । उनले मतदाताले दिएको प्रत्येक मतको इज्जत हुनुपर्ने बताउँदै यसलाई सम्मान गर्न नव निर्वाचित सांसदहरुको कर्तव्य भएको स्मरण गराएका थिए । उनले भने, ‘जुन आशा र अपेक्षाका साथ मतदाताले हामीलाई जिताउनु भएको छ, यसको जिम्मेवारीवोध तपाईहरुमा हुनुपर्छ ।’ 

उनले सो अवसरमा अहिलेसम्म कसैलाई मन्त्री बनाउने विषयमा छलफल नभएको स्पष्ट गर्दै पार्टीलाई सबै संसद को मिहिनेत र भूमिका स्पष्टसँग जानकारी रहेकाले मन्त्री बन्न घरदैलो र मिडियाबाजी नगर्न समेत चेतावनी दिए ।

उनले पार्टी अनुशासनमा नबसेमा पार्टीमा राइट टू रिकलको व्यवस्था रहेको सम्झाउदै यसलाई कडाइका साथ लागु गर्ने बताए ।  उनले यो देश अहिले नबने कहिल्यै नबन्ने बताउदै पुराना दल र नेताहरुको योगदानको सम्मान गर्दै अब देशको भविष्य आफुहरुले बनाउने बताए । 

मंगलबारदेखि शुरु भएको रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदैछ । 

Read More

क्यूबालाई नियन्त्रणमा लिन सक्ने ट्रम्पको अभिव्यक्ति

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई आफ्नो नियन्त्रणमा लिन सक्ने अभिव्यक्ति दिएका छन् । उनले ओभल कार्यालयमा पत्रकारसँग कुरा गर्दै कुनै न कुनै रूपमा क्यूबामाथि नियन्त्रण कायम गर्ने बताएका हुन् । उनका अनुसार क्यूबालाई स्वतन्त्र गराउने वा आफ्नो नियन्त्रणमा लिने दुवै विकल्प खुला रहेको छ । यस अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ ।

अमेरिकाको इतिहासमा क्यूबासँग सम्बन्ध तनावपूर्ण रहँदै आए पनि कुनै राष्ट्रपतिले खुलेआम कब्जाको कुरा गरेको यो पहिलो पटक मानिएको छ । यसअघि नै ट्रम्पले भेनेजुएला र इरानमा सैनिक कदम चालेको बताइन्छ । त्यसैले उनको पछिल्लो अभिव्यक्तिलाई सामान्य टिप्पणीभन्दा सम्भावित रणनीतिक संकेतका रूपमा हेरिएको छ । अमेरिका र क्यूबाबीच लामो समयदेखि सम्बन्ध कमजोर रहँदै आएको छ ।

ट्रम्पले यसअघि पनि क्यूबाबारे चाँडै कुनै निर्णय लिने संकेत दिएका थिए । उनले प्राथमिकता इरानलाई दिएपछि क्यूबा अर्को एजेन्डामा पर्ने बताएका छन् । यसबीच अमेरिकाले क्यूबामाथि दबाब बढाउँदै लगेको छ । तेल आपूर्ति लगभग रोकिएको छ भने अन्य देशलाई पनि क्यूबालाई तेल नदिन चेतावनी दिइएको छ । हालै एक तेल ट्यांकरसमेत रोकेको जनाइएको छ ।

यसको असर क्यूबामा देखिन थालेको छ । इन्धन अभाव बढेको छ र कालोबजारमा पेट्रोलको मूल्य अत्यधिक बढेको छ । बिजुली कटौती दैनिकजसो भइरहेको छ । देशभर अन्धकार हुने अवस्था समेत आएको छ । अस्पतालमा शल्यक्रिया स्थगित भइरहेका छन् भने औषधि अभाव र खाद्य संकट बढ्दै गएको छ ।

यी समस्याबीच क्यूबाका राष्ट्रपति मिगेल डियाज क्यानेलले अमेरिकासँग वार्ता भइरहेको स्वीकार गरेका छन् । उनले चाँडै आर्थिक गतिविधि खुला गर्ने प्रक्रिया सुरु हुन सक्ने संकेत दिएका छन् ।

अर्कोतर्फ रुसले आवश्यक परे क्यूबालाई सहयोग गर्न सक्ने संकेत दिएको छ । दुवै देशबीच निरन्तर सम्पर्क भइरहेको बताइएको छ । क्यूबामा केही आर्थिक सुधारका संकेत पनि देखिएका छन् । विदेशमा रहेका क्यूबाली नागरिकलाई लगानी, बैंकिङ र व्यवसाय गर्न अनुमति दिने निर्णय गरिएको छ । तर ऊर्जा संकट यति गम्भीर छ कि यस्तो घोषणा टेलिभिजनभन्दा रेडियोमार्फत गर्नुपरेको अवस्था आएको छ । राजधानी हवाना क्षेत्रका धेरै भाग अझै पनि अन्धकारमै रहेको जनाइएको छ ।

Read More

पार्टी अनुशासनमा बस्न सांसदहरुलाई रवि लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् ।

नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका हुन् ।

लामिछानेले नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिदै यस अघिको जस्तो हल्कारुपमा प्रस्तुत नहुन आग्रह गर्दै जिम्मेवार हुन आग्रह गरेका थिए ।

उनले पार्टीको हित विपरित काम नगर्न र पार्टी अनुशासनमा बस्न चेतावनी दिदै रास्वपाको विधानमा ‘राइट टु रिकल’ को व्यवस्था रहेको सम्झाएका थिए । उनले कुनै पनि किसिमको अराजकतालाई स्वीकार नगर्ने बताउदै  ‘राइट टु रिकल’ लाई लागु गर्ने स्पष्ट गरेका छन् ।

Read More