२०८३ बैशाख १३

जेनजी आन्दोलनले उठाएको विषयलाई काँग्रेसले निष्कर्षमा पुर्याउछ- भिष्म आङ्देम्बे

काठमाडौं । नेपाली काँग्रेसका सांसद भिष्म आङ्देम्बेले काँग्रेसले परिवर्तनलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनले उठाएको विषयलाई निष्कर्षमा पुर्याउन तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले काँग्रेस आफु परिवर्तन भएर चुनावमा गएको भएपनि जनतामा आफ्ना कुरा पुर्याउन नसक्दा प्रतिपक्षमा रहन पुगेको बताए । उनले विगत ३०-३५ बर्षमा केहि भएन भन्ने भाष्य यो संसदले चिर्नुपर्ने भन्दै विकासका कामको उदाहरण दिएका थिए ।  उनले सडक, सञ्चार, वित्तीय संस्था, खानेपानी जस्ता क्षेत्रमा प्रशस्त काम भएको उल्लेख गरे । उनले केहि भएन भन्ने निराशा सत्यको जगमा नरहेको बताउदै अब नागरिकलाई विश्वासमा लिएर अगाडी बढ्नुपर्ने बताए । 

उनले संसद भवन भदौ २४ गते खरानी बनाइएको बताउदै भविष्यमा देशलाई यसरी खरानी बनाउन नपर्ने गरि काम गर्नुपर्ने बताए ।  उनले भदौ २३ र २४ को घटना दुवैको एक एक विषयको छानबिन र अध्ययन हुनुपर्ने बताए । उनले गौरी बहादुर कार्कीको प्रतिवेदन अहिलेसम्म सरकारले सार्बजनिक गर्न माग गर्दै दोषी कोहि नछुटुन र निर्दोष कोहि नपरुन भन्ने काँग्रेसको नीति रहेको बताए । 

Read More

सभामुखको अनुपस्थितिमा संसदको अध्यक्षता गर्न सदस्य चयन

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न आरेन राई, गंगा छन्त्याल, पाइरली भाट, बासना थापा,विश्वराज पोखरेल, यज्ञराज बोगटी, बलावती शर्मा मनोनयन गरिएको जानकारी गराए । 

त्यस्तै प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

Read More

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौं  । जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । 

काठमाडौ मनमैजुस्थित सुकुमायाले संचालन गरेको अशोक खाजाघर र प्रमोदले संचालन गरेको मञ्जुश्री खाजाघरमा पीडितलाई प्रलोभनमा पार्नुका साथै डर त्रास देखाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

 उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

पहिलो दिनमै संसदमा एमालेको अवरोध. ओली र लेखकको रिहाईको माग

काठमाडौं । प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो दिन नै नेकपा एमालेका संसादहरुले अवरोध गरेका छन् ।

बैठक शुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले एमाले नेता गुरु बराललाई बोल्न समय दिएका छन् ।

नेता बरालले सरकारले संबिधान विपरित काम गरिरहेको बताउदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयको विरोध गरेका छन् । बरालले आन्दोलनका क्रममा एमाले नेता कार्यकर्ताहरुलाई घाइते बनाइएको बताउदै छानबिनको माग गरेका छन् । उनले संबिधान अनुसार देश चलोस भन्दै ओली र काँग्रेस नेता रमेश लेखकको रिहाईको माग गरेका छन् ।    

Read More

नेपालले किर्गिस्तानमा हुने दुई कुस्ती प्रतियोगितामा भाग लिदै

काठमाडौँ । नेपालले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागिता जनाउने भएको छ । 

अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा र ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । त्यस्तै प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् ।

त्यस्तै अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड वल्र्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहताले दुई फरक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागी हुने टोलीलाई बिदाइ गरेका छन् ।

Read More

प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्ने बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा संघीय संसद् सचिवालयले दलका नेताहरुले सम्बोधन गर्ने समय दलीय आधारमा निर्धारण गरेको जनाएको छ ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई २५ मिनेटको समय तोकिएको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १० मिनेट समय तोकिएको छ ।

त्यस्तै नेकपा एमालेलाई आठ मिनेट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ७-७ मिनेट समय तय गरिएको छ । त्यस्तै स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय तोकिएको छ ।

बैठकमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बे, एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा, नेकपाबाट बर्षामान पुन, श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्ने भएका छन् । 

Read More

तिनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न प्रधानमन्त्रीको कार्यालयको निर्देशन

काठमाडौं । सरकारले तिनै तहका सरकारी विज्ञापनजन्य सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन प्रशारण गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन प्रशारणमा एकरुपता र पारदर्शिता ल्याउन सरकारी स्वामित्वका सञ्चारमाध्यमहरुको प्रवर्द्धन गर्न आफू तथा आफू मातहतका निकायहरुलाई सर्कुलर जारी गरेको छ । 

सार्वजनिक निकायहरुबाट सार्वजनिक खरिदलगायतका सूचनाहरु सञ्चार माध्यमहरुबाट प्रकाशन र प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सो अन्तर्गतका निकायहरु, सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी सवामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

साथै प्रकाशन र प्रशारण भएका कार्यको भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रशारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने व्यवस्था गर्न र यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रुपमा स्वीकृत गर्न समेत निर्देशन दिइएको छ ।

Single Image

Single Image

Read More

इनिशाको शव बुझ्न परिवार सहमत, आज अन्त्येष्टि गरिने

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव बुझ्न परिवार सहमत भएको छ ।

फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत भेटिएकी इनिशाको २७ दिनपछि शव बुझेर आज अन्त्येष्टि गर्न लागिएको हो ।  आज भेरी नदीको सम्झिघाटमा इनिशाको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो । घटनामा संलग्न चार जनालाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो ।

जिल्ला अदालतको आदेशअनुसार आरोपितहरूलाई बाल सुधार गृह पठाइएको छ ।

Read More

मार्चमा नेपाल आए एक लाख २० हजार ५१६ विदेशी पर्यटक

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन मार्च महिनामा १ प्रतिशतले घटेको छ । गत बर्षको मार्च महिनामा भन्दा यस बर्षको मार्चमा नेपाल आउने विदेशी पर्यटकको संख्या १ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको मार्चमा कुल एक लाख २० हजार ५१६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मार्चमा एल लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मार्चमा यो संख्या एक लाख २७ हजार ३५१ रहेको थियो । 

मार्च महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मार्चमा २५ हजार ७२८ जना अर्थात २१.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मार्चमा चीनबाट दोस्रो धेरै ११ हजार २२० पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी श्रीलंकाबाट १० हजार ७५९ , अमेरिकाबाट ७ हजार ९७४ जना, म्यानमारबाट ६ हजार २० जना, अस्ट्रेलियाबाट ४ हजार ८४५ जना, बेलायतबाट ४ हजार ८१४ जना र बंगलादेशबाट ४ हजार ६७६ पर्यटक मार्च महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४२ हजार ६६८, एशियाका अन्य देशबाट ३३ हजार ४३६  जना, युरोपबाट २० हजार ८७६ जना, अमेरिका क्षेत्रबाट १० हजार ३७४ जना, ओसिनियाबाट ५ हजार २२५ जना मार्च महिनामा नेपाल आएका छन् ।

Read More

पुरा भएनन इरानमा ट्रम्पले तय गरेका पाँच लक्ष्य

काठमाडौँ । इरानसँगको युद्ध सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेका पाँच प्रमुख लक्ष्यमध्ये धेरै अझै अधुरा रहेका छन् ।

युद्ध सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा केही क्षेत्रमा प्रगति देखिए पनि धेरै महत्वपूर्ण मोर्चामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

पहिलो लक्ष्य इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता समाप्त गर्ने थियो । अमेरिका र इजरायलले इरानका धेरै क्षेप्यास्त्र अड्डा र कारखाना ध्वस्त पारेका छन् । तर पनि इरानले अझै क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेकाले यो लक्ष्य पूर्ण रूपमा पूरा भएको मानिएको छैन ।

दोस्रो लक्ष्य इरानी नौसैनिक शक्ति समाप्त गर्ने रहेको थियो । युद्धका क्रममा इरानको नौसेनाले ठूलो क्षति व्यहोरेको र केही जहाज नष्ट भएका भए पनि पूर्ण रूपमा समाप्त भएको दाबी भने अझै स्पष्ट छैन ।

तेस्रो लक्ष्य इरान समर्थित सशस्त्र समूहलाई कमजोर बनाउने थियो । तर इराक र लेबनानमा यस्ता समूह अझै सक्रिय रहेर आक्रमण जारी राखिरहेका छन् ।

चौथो लक्ष्य इरानको आणविक कार्यक्रम रोक्ने थियो । अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको भए पनि इरानसँग अझै उच्चस्तरको युरेनियम मौजुद रहेको रिपोर्टहरूले देखाएका छन् । यसले आणविक जोखिम पूर्ण रूपमा अन्त्य नभएको संकेत गर्छ ।

पाँचौँ लक्ष्य इरानमा शासन परिवर्तन गराउने रहेको थियो । तर हालसम्म त्यहाँको वर्तमान शासन कायम नै रहेको छ र नयाँ नेतृत्वसमेत कडा धारणा राख्ने खालको रहेको बताइएको छ ।

Read More