२०८३ बैशाख १३

गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा

काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री बन्ने दौडमा रहेका कुँवर मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै राजीनामा दिएका हुन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्रीलाई नियुक्त गरेका थिए ।

कुँवरले आजै गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएका हुन् । कुँवर २०७९ मंसिर ४ को निर्वाचनमा बागलुङ-२ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।

Single Image

Read More

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने आइएमएफको चेतावनी

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ । द्वन्द्व थप चर्किएर तेल आपूर्तिमा अवरोध भएमा विश्व अर्थतन्त्र गम्भीर जोखिममा पर्न सक्ने जनाएको छ ।

आइएमएफका अनुसार सबैभन्दा खराब अवस्थामा विश्व आर्थिक वृद्धिदर हालको ३. १ प्रतिशतबाट घटेर करिब २ प्रतिशतमा झर्न सक्नेछ । त्यस्तै कच्चा तेलको मूल्य सन् २०२६ मा औसत ११० डलर प्रति ब्यारेल र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले तीनवटा सम्भावित अवस्था सार्वजनिक गरेको छ । सकारात्मक अवस्थामा युद्ध छिट्टै अन्त्य भई सन् २०२६ को दोस्रो भागदेखि तेलको मूल्य सामान्य भई करिब ८२ डलर प्रति ब्यारेलमा झर्न सक्नेछ ।

मध्यम अवस्थामा युद्ध लम्बिँदा यस वर्ष तेलको मूल्य करिब १०० डलर प्रति ब्यारेल र २०२७ मा ७५ डलर हाराहारी रहन सक्नेछ । यस अवस्थामा विश्व आर्थिक वृद्धि २ दशमलव ५ प्रतिशतसम्म घट्न सक्ने जनाइएको छ ।

आइएमएफका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्शाले हालको अवस्थालाई हेर्दा प्रतिकूल अवस्था बढी सम्भावित देखिएको बताएका छन् ।

Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधामन्त्री बालेन शाहले दिउसो ४: ३० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Read More

गण्डकीको मन्त्रिपरिषद पुनर्गठन, नयाँ आठ मन्त्रीले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् । 

गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसका ४-४ जना मन्त्री बनेका छन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन् । 

मन्त्री बन्नेमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे रहेका छन् भने कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङ र रेखा गुरुङ मन्त्री बनेका छन् । 

गण्डकीमा नेपाली काँग्रेस र एमालेको सरकार रहेको छ ।  

Single Image

Read More

रुवाण्डामा आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली टिमको बिदाई

काठमाडौं । रुवाण्डामा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गरेर नेपाली महिला टिमको बिदाई गरेको हो ।

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले पहिलो खेल अप्रिल १८ मा अमेरिकाविरुद्ध खेल्ने छ भने दोस्रो खेल अप्रिल १९ मा इटालीसँग अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

Read More

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठकको बैठक बोलाएको छ ।

रास्वपाको संसदीय दलको बैठक बिहीबार सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन बैशाख ४ गते शुक्रबार हुने कार्यतालिका रहेको छ ।

Read More

सरकारको परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति

काठमाडौँ । सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता एवम पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ भन्दै नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको र यस्तो शब्दको प्रयोग प्रासङ्गिक नरहेको बताएका हुन् । 

ज्ञवालीले ‘समनिकटता’ र ‘समदूरी’ जस्ता शब्दको प्रयोग पनि ठिक नभएको उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको बताएका छन् । 

उनले भनेका छन्: 

सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ । भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ । 

अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरू बिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् । 

यही कुरा ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि लागु हुन्छ । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैभरि उही मापन र आयतन नरहन पनि सक्छ । सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।

Read More

सांसदलाई स्वकीय सचिव राख्न दिने व्यवस्थाको हर्क साम्पाङले गरे विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने व्यवस्था गर्न लागिएको विषयको विरोध गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले राज्यको ठुलो रकम खर्च हुने भन्दै सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरोध गरेका हुन् । 

स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिँदा पनि वार्षिक नौ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने उनले उल्लेख गरेका छन्।

संसद सचिवालयले यसअघि खर्च कटौतीका लागि खारेज गरिएको यो व्यवस्थालाई नयाँ सरकार आएपछि पुनः ब्युताउने तयारी गरेको छ । 

सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण र व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

इरानसँगको हाल कायम युद्धविराम थप नगर्ने पक्षमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको हाल कायम युद्धविराम थप गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

एक अन्तर्वार्तामा उनले आउने दुई दिन अत्यन्तै महत्वपूर्ण हुने बताउदै ट्रम्पले अबको अवस्था युद्ध कसरी अन्त्य हुन्छ भन्ने कुरामा निर्भर रहने बताएका छन् ।

ट्रम्पले युद्ध जुनसुकै रूपमा अन्त्य हुन सक्ने बताए पनि कूटनीतिक सम्झौतामार्फत समाधान खोज्न प्राथमिकता दिएको बताएका छन् । उनका अनुसार यदि सम्झौता भए इरानलाई पुनर्निर्माणको अवसर मिल्नेछ ।

यसैबीच उनले इरानमा अहिले फरक प्रकारको शासन व्यवस्था रहेको दाबी गर्दै कट्टरपन्थी शक्तिहरू हटाइएको पनि बताएका छन् ।

यसैबीच अमेरिकाले हर्मुजको जलडमरूममा लगाएको नाकाबन्दी कार्यान्वयन गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए ।

Read More

सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै

काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ ।  

२९ बर्षिय सुजनले यसअघि तीन पटक जिब्रो छेडेका छन् ।  सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताएपछि पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए ।

जात्राको हालसम्मको प्रमाणअनुसार १३ जनाले १०९ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ । 

बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

Read More