२०८३ बैशाख १३

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो ।

शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहको सहयोग र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको छ । 

मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुलको लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा पनि उनीहरुबीच परामर्श भएको छ ।

भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकहरुको क्षमता विकासलगायत विषयमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । साथै, मन्त्री पोखरेलले अजिटम स्कुलको लागि स्रोत र जनशक्ति विकास तथा शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

राजदूत फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रका साथै अन्य क्षेत्रमा विगतदेखि गरिआएको सहयोग र सहकार्यका लागि बेलायत सरकार उत्सुक रहेको बताएका थिए ।

सो भेटमा दुई देशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ । त्यस्तै, शिक्षकको क्षमता विकासमा सहकार्य गर्ने तथा ट्रान्सनेश्नल एजुकेशनको नेपालमा सम्भावनाबारे पनि कुराकानी भएको छ ।

Read More

कपिलवस्तुमा अभियन्ता अमृत गिरीको नेतृत्वमा सामाजिक कार्यमा सक्रिय ग्यालेक्सी, विपन्न परिवारलाई खाद्यान्न वितरण

काठमाडौं  । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले शुरू गरेको  ‘खाद्यान्न वितरण’ अभियान अन्तर्गत बाणगंगा- ८ को एक परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

बाणगंगा- ८ विपन्न परिवार दुबी थारुको परिवारलाई चामलसहितका खाद्यान्न हस्तान्तरण गरेको हो । नयाँ बर्षको अवसरमा क्लबका अध्यक्ष अमृत गिरीको नेतृत्वमा गएको टोलीले गरे ७५ किलो चामलसहित खाद्यान्न हस्तान्तरण गरेका थिए ।   

आर्थिक अवस्था कमजोर रहेकी थारुको परिवारलाई क्लबले चामलसहित दैनिक खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष गिरीले जानकारी दिएका छन् । सो अवसरमा क्लबका सदस्य तथा स्थानीय अभियन्ताहरुको उपस्थिति रहेको थियो । 

क्लबका अध्यक्ष गिरीका अनुसार यस बर्ष खाद्यान्न वितरण अभियानलाई अगाडी बढाउदै जिल्लाका विपन्न परिवारको पहिचान गरेर वितरण गर्ने कार्यक्रम रहेको बताए ।

ग्यालेक्सी युथ क्लबले जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान ‘सफा कपिलवस्तु अभियान’, ‘सपना बोक्ने झोला’ अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।

Read More

आइपिएलमा आज बैंगलुरु र लखनउ भिड्दै

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । बैंगलुरुले राजस्थान रोयल्ससँग हार बेहोरेको छ भने मुम्बई इण्डियन्स, चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

त्यस्तै लखनउले भने खेलेका ४ खेलमा २ जित र २ हार बेहोरेको छ । लखनउले गुजरात टाइटन्स र दिल्ली क्यापिटल्ससँग हार बेहोरेको छ भने कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

Read More

हर्मुजमा नाकाबन्दी कार्यन्वयन गर्न अमेरिकाले खटायो १० हजार सेना र १२ सैन्य जहाज

काठमाडौँ । ओमानको खाडीमा अमेरिकी युद्धपोतले इरानबाट निस्किरहेका दुई वटा तेल ट्यांकरलाई रोकेर फर्किन निर्देशन दिएको छ । ती ट्यांकरहरू इरानको चाबहार बन्दरगाहबाट बाहिरिएका थिए ।

समुद्रमै रहेको अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरी दिशा परिवर्तन गर्न आदेश दिएको बताइएको छ । ती दुई ट्यांकर अमेरिकाको केन्द्रीय कमाण्डले यसअघि फर्किन भनेका ६ वटा व्यापारिक जहाजमध्येका थिए । त्यसपछि सबै जहाज ओमानको खाडीस्थित इरानी बन्दरगाहतर्फ फर्किएका छन् ।

अमेरिकी सेनाले हर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए ।

यो कार्य इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै जहाजहरू जुनसुकै भए पनि सबैमा लागु हुने अमेरिकाले स्पष्ट गरेको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले इरानका चार जहाजहरू मंगलबार जलडमरूमबाट पार गर्न सक्षम भएको दाबी गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन् । एक अन्तर्वार्तामा उनले युद्ध लगभग सकिन लागेको संकेत दिएका हुन् । उनको भनाइले छिट्टै युद्धविराम वा शान्ति सम्झौताको सम्भावना बढेको संकेत गरेको छ । तर क्षेत्रीय तनाव भने अझै पूर्ण रूपमा कम भइसकेको छैन र आगामी वार्ता महत्वपूर्ण मानिएको छ । ट्रम्पले इरानमाथिको आक्रमणलाई उचित ठहर गर्दै अमेरिका कारबाही नगरेको भए इरानले परमाणु हतियार बनाइसक्ने दाबी पनि गरेका छन् । साथै, अमेरिका र इजरायलका आक्रमणले इरानलाई ठूलो क्षति पुगेको र पुनः उभिन करिब २० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

Read More

विश्वमा बेरोजगारी संकट बढ्दै, १.२ अर्ब युवाका लागि ४० करोड मात्र रोजगारी !

काठमाडौँ । विकासशील देशहरूले लगभग ८० करोड रोजगारी गुमाउने जोखिम बढेको छ । विश्वव्यापी अर्थतन्त्र वरिपरिको अनिश्चितताहरूको बीचमा, विश्व बैंकले ठूलो विश्वव्यापी रोजगारी संकटको चेतावनी दिएको छ । 

विश्व बैंकका प्रमुख अजय बांगाले १.२ अर्ब मानिसहरू कार्यबलको हिस्सा हुने बताएका छन्, तर हालको गतिमा, केवल ४० करोड रोजगारी सिर्जना हुने र यसले विश्वव्यापी अर्थतन्त्रको लागि गम्भीर चुनौती खडा गर्ने बताउएका छन् ।

यदि युद्ध लामो समयसम्म जारी रह्यो भने, बेरोजगारीको जोखिम बढ्नेछ फलस्वरूप, सरकार र नीति निर्माताहरूले एकैसाथ धेरै चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने विश्ववैंकले ध्यानाकर्षण गराएको छ । युद्ध संकट र दीर्घकालीन विकास दुवैमा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गर्दै रोजगारी बढाउन विकासशील देशहरूमा नीतिगत सुधारको आवश्यकतामा जोड दिएको छ । यसमा व्यवसाय सुरु गर्न सजिलो, सुधारिएको श्रम कानून, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र राम्रो व्यापार अभ्यास जस्ता उपायहरू समावेश छन् ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार २०२५ सम्ममा विश्वभर ११ करोड ७० लाखभन्दा बढी मानिसहरू विस्थापित हुनेछन् । पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गरिएन भने, अवैध बसाइँसराइ जस्ता समस्याहरू बढ्न सक्ने र पूर्वाधार, कृषि, पर्यटन र उत्पादनमा लगानी बढाएर रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने उल्लेख छ ।

Read More

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

काँग्रेस कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

बैठकमा बैशाख महिनामा काँग्रेसले चलाउने क्रियाशील सदस्यता अभियान र काँग्रेस संसदीय दलको नेता चयन बारे छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने दुलालले जानकारी दिएका छन् ।

Read More

सुन तोलाको तीन लाख नाघ्यो, चाँदीमा पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०६५ मा कारोबार भएको थियो ।

Read More

लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । पिएसजी यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा लिभरपुललाई २-० गोल अन्तरले पराजित गर्दै पिएसजी समग्रमा ४-० को जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा पनि पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले नै अपराजित गरेको थियो । यस खेलमा पिएसजीका लागि दुवै गोल ओसमान डेम्बेलेले गरेका थिए । 

त्यस्तै अर्को क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई समग्रमा ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

Read More

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, एटलेटिको सेमिफाइनलमा

काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ३-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

यस खेलमा बार्सिलोनाका लागि लामीन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडका एडेमोला लुकम्यानले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७९औं मिनेटमा एरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यसअघि क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

Read More

प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरुसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेनले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । छलफल मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने भएको छ । 

छलफलमा सांसदहरूले आआफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने बताइएको छ ।

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री बालेनले यसअघि प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

Read More