२०८३ बैशाख १३

मिडिया ट्रायल र हल्ला उनीहरूको छटपटी मात्र हो: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। पछिल्लो समय विभिन्न आरोप र आलोचनाबीच उनले आफ्नो अडान झनै कडा बनाउँदै कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

गृहमन्त्री गुरुङका अनुसार वर्षौंदेखि राष्ट्रको ढुकुटी दोहन गर्दै आएका समूहहरू अहिले सरकारको कदमबाट त्रसित बनेका छन्। “जसले देशको पसिनाको पैसा लुट्दै आएका थिए, उनीहरू आज डराएका छन्,” उनले भने, “मिडिया ट्रायल र प्रायोजित हल्ला त उनीहरूको छटपटी मात्रै हो।”

उनले भ्रष्टाचार नियन्त्रणको नाममा देखिने विरोध र आलोचना स्वार्थ समूहहरूको योजनाबद्ध प्रयास भएको दाबी गरे। “कारबाही न रोकिन्छ, न डगमगाउँछ,” भन्दै उनले अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।

गुरुङले विगतमा दैनिक अर्बौंको भ्रष्टाचार हुने गरेको संकेत गर्दै त्यस्ता गतिविधिविरुद्ध कडाइका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए। “दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरूमाथि यसरी गम्भीरतापूर्वक अनुसन्धान भएको देखिएको थिएन,” उनले भने।

उनका अनुसार वर्तमान सरकार सुशासन र पारदर्शिताको पक्षमा दृढ रहेको छ र यस अभियानबाट पछि हट्ने कुनै सम्भावना छैन। साथै, उनले जनतालाई पनि गलत सूचना र अफवाहबाट प्रभावित नहुन आग्रह गरेका छन्।

Read More

इलामको पञ्चकन्या हाइड्रोपावरमा मुख्य पाइप फुट्दा विद्युत् उत्पादन अवरुद्ध

काठमाडौँ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-४, गुम्बाडाँडामा अवस्थित पञ्चकन्या हाइड्रोपावरमा सोमबार दिउँसो अप्रत्याशित रूपमा मुख्य पाइप फुट्दा विद्युत् उत्पादन प्रभावित भएको छ।

करिब दिउँसो ३ बजेतिर पावर हाउसतर्फ पानी लैजाने मुख्य पाइप चुँडिँदा ठूलो परिमाणमा पानी बाहिरिएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट सुरक्षाकर्मीको टोली तत्काल घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

पाइप फुट्दा आसपास क्षेत्रमा पानी फैलिएको भए पनि कुनै मानविय वा पशुचौपायाको क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ। यद्यपि, घटनाले हाइड्रोपावरको नियमित विद्युत् उत्पादनमा असर परेको छ।

प्राविधिक टोलीले दिएको जानकारीअनुसार पाइपभित्र सञ्चित पानी पूर्ण रूपमा बाहिरिएपछि मात्रै मर्मत कार्य सुरु गर्न सकिने अवस्था रहेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

Read More

सरकारविरुद्ध विद्यार्थी आक्रोश: मसाल जुलुससहित सडकमा प्रदर्शन

काठमाडौँ । सरकारको पछिल्लो कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू सडकमा उत्रिएका छन्। पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि तथा विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने सरकारी निर्णयको विरोधमा उनीहरूले मसाल जुलुस निकालेका हुन्।

सोमबार संयुक्त विद्यार्थी संगठनको अगुवाइमा ठमेलस्थित सरस्वती क्याम्पसबाट सुरु भएको जुलुस शहरका विभिन्न भाग परिक्रमा गर्दै अघि बढेको थियो। हातमा मसाल बोकेर नाराबाजी गर्दै हिँडेका विद्यार्थीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। साथै, विद्यार्थी संगठनमाथि गरिएको हस्तक्षेप लोकतान्त्रिक अधिकारविरुद्ध भएको उनीहरूको आरोप छ।

उनीहरूले सरकारसँग आफ्ना मागहरू सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रदर्शनका कारण केही समय सडक आवागमन प्रभावित भए पनि स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More

नेपाल युएईसँग ६ विकेटले पराजित

काठमाडौँ । नेपाल युएईसँग पराजित भएको छ ।

युएईविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

बर्षाले प्रभावित खेलमा नेपालले दिएको १० ओभरमा ७८ रनको लक्ष्य पछाएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि बर्षाले खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । टी-२० सिरिजको पहिलो खेला नेपालले टस जितेर पहिला ब्याटिंग गरेको थियो ।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३-१३ रन बनाएका थिए ।

 त्यस्तै युएईका बलर मुहमद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अरफानले एक एक विकेट लिएका थिए ।

यो जितपछि २ खेलको सिरिजमा युएई १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल भोली हुने तालिका रहेको छ ।

Read More

रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् ।

सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको जनाइएको छ ।

कपुरले भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका योजना र प्राथमिकताबारे जानकारी लिने अवसर पाएको बताएका छन् । उनले द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा समेत विचार आदान प्रदान भएको उल्लेख गरेका छन् ।

Read More

नेपाल र युएईबीचको खेल बर्षाले अवरुद्ध

काठमाडौँ । नेपाल र युएईबीचको खेल बर्षाले अवरुद्ध भएको छ । 

बर्षाले खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ । टी-२० सिरिजको पहिलो खेला नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको हो ।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३-१३ रन बनाएका छन् ।

त्यस्तै युएईका बलर मुहमद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अरफानले एक एक विकेट लिएका छन् ।

Read More

विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।

सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने बताएका थिए ।

उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिएका थिए  ।

छलफलका क्रममा उपकुलपतिहरुले विद्यार्थी संगठनका सरचना हटाउन खोज्दा धम्की र आक्रमण खेप्नुपरेको गुनासो गरेका थिए । प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत निर्देशन दिए ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका सरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने जिकिर गरेका थिए ।

Read More

इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ ।

वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल समेतका देशहरूमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो। 

विभागले इराकबाहेक अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृती (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको जानकारी दिएको छ ।

Read More

सबैलाई एकसाथ महाधिवेशनसम्म लैजान्छौं- महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् ।

बाग्मती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजाने बताए । ‘हारजित हैन बाटो तय गर्ने स्थिती अदालतले बनाइदिएको छ,’ उनले भने,‘सबैलाई सँग सँगै एउटै बाटो हिंडाएर अधिवेशनसम्म लैजान्छौं ।’

अहिले सदस्यता अद्यावधिक चलिरहेको भन्दै उनले यसमा छनोटको सुविधा नभएको बताए । यसका लागि इमान्दारितापूर्वक काम गर्न उनले वडा सभापतिहरुसँग आग्रह गरे । ‘कसैले सदस्यता माग्यो भने इफ वा बट नभी दिनुहोला,’ उनले भने,‘छुटेकालाई नवीकरण गर्न लगाऔं ।’

क्रियाशिल सदस्य धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा क्रियाशिल बराबर वा त्योभन्दा कम भोट आएको स्मरण गर्दै महामन्त्री पौडेलले पहिले अन्त भोट हालेको व्यक्ति पार्टीमा आउन चाहँदा वातावरण तयार पार्न आग्रह गरे । आगामी वर्ष स्थानीय तहको निर्वाचन हुने भन्दै उनले डिजिटल प्रविधिबाट सदस्यता नवीकरणले नै जित्ने आधार तयार पार्ने दावी गरे ।

‘विभिन्न जिम्मेवारीमा रहेका हामी सबैले मेरो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर नलाग्ने हो भने हामीले स्थानीय चुनाव जित्न सक्दैनौं,’ उनले भने । नागरिकसँग कसरी जोडिने भनेर संगठनले योजना तय गरेको बताएका महामन्त्री पौडेलले आफू जोडिएको संगठन गतिशिल बनाएर अघि बढिदिन आग्रह गरे ।

‘संगठित संरचनाले अघि बढाउन सहयोग गरे छिटो र सजिलोसँग पार्टीलाई रुपान्तरण गर्न सकिनेछ,’ उनले भने,‘ तर यो जिम्मेवारी होइन भनेर हुँदैन ।’

Read More

भुपदेव साह रास्वपाको महामन्त्रीमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  महामन्त्रीमा भुपदेव साहलाई मनोनित गरेको छ ।

आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ ।

बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ ।

Read More