२०८३ बैशाख १३

केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगे कार्यवाहक सभापति खड्का लगायतका नेता

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन्। केही बेरअघि उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेका हुन्।

सानेपामा आज बस्ने भनिएको बैठकका लागि अन्य वरिष्ठ नेता तथा केन्द्रीय सदस्यहरू पनि क्रमशः कार्यालय पुग्ने क्रम जारी रहेको छ। बैठक आज बिहान ८ बजे सुरु गर्ने तयारी भए पनि हालसम्म बैठक औपचारिक रूपमा सुरु हुन सकेको छैन।

पार्टीभित्रका पछिल्ला राजनीतिक घटनाक्रम, संगठनात्मक विषय र आगामी कार्ययोजनाबारे छलफल हुने अपेक्षा गरिएको यस बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

नेताहरूको उपस्थितिसँगै बैठक सुरु हुने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ।