२०८३ बैशाख १३

राजीनामा दिएका तीन मन्त्रीको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशिला कार्कीले सम्हाल्ने गरि तोकेका छन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन; सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिएको राजीनामा स्वीकृत गर्दै निजहरूले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।