काठमाडौँ । झापा र भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भक्तपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने १९ वर्षीय साहिल बासुकलालाई गए राति प्रहरीले पक्राउ गरेको छ । साहिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर दुधापाटीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




