२०८३ बैशाख १३

प्रधानमन्त्री शपथअघि बालेनको धमाकेदार ‘जय महाकाली’ र्‍याप गीत रिलिज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पद सम्हाल्ने तयारीकै बीच आफ्नो नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन्।

शुक्रबार प्रधानमन्त्रीको रूपमा शपथ लिन लागेका बालेनले त्यसको अघिल्लो दिन ‘जय महाकाली’ शीर्षकको र्‍याप आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकको ध्यान तानेको छ र अनलाइनमा तीव्र रूपमा हेराइ बढिरहेको देखिन्छ।

यस र्‍यापमा शब्द लेखनदेखि संगीत संयोजनसम्म बालेन स्वयंको सहभागिता रहेको छ, जसले उनको राजनीतिकसँगै सांगीतिक पक्ष पनि उजागर गरेको छ।